Sajhamanch Archive

ओली, देउवा र दाहालबीच भेटवार्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली, देउवा र दाहालबीच भेटवार्ता.

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको जमघट भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी छलफल गर्न नेकपा र कांग्रेसका नेताहरु आज भेला भएका हुन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी छन् […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो.

दाङ । दाङको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा शान्तिनगर गाउँपालिका वडा नं. ५ कासिपुरका ४५ वर्षीय चोपिलाल केसीको ज्यान गएको छ । बिहीबार राति पश्चिम हापुरेबाट रगैँजातर्फ जाँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका वडा नं.६ को चिसापानीमा दुर्घना हुँदा मोटरसाईकल चालक केसीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका […]

काकाको हत्या गरेको अभियोगमा राईलाई जन्मकैद

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काकाको हत्या गरेको अभियोगमा राईलाई जन्मकैद.

भोजपुर । जिल्ला अदालत भोजपुरले साइनोमा काका पर्ने ६३ वर्षीय बलबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई जन्मकैदको फैसला गरेको छ । अदालतले बलबहादुरको हत्यामा संलग्न भोजपुर नगरपालिका वडा नं.१० भैँसीपङ्खाका ४३ वर्षीय शङ्खराज भनिने श्रीकृष्ण राईलाई जन्मकैदको सजाय सुनाएको हो । अभियुक्त राईले कुटपीट गरी बलबहादुरलाई मारेको अभियोगमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको […]

नागरिकलाई सचेत बनाउन सके समृद्धिको आधार बन्छ : गृहमन्त्री थापा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकलाई सचेत बनाउन सके समृद्धिको आधार बन्छ : गृहमन्त्री थापा.

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विपतलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभिभारा पूरा गर्न सकिने बताएका छन् । २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा उनले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सके दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने बताए । ‘सुरक्षित पूर्वाधारमा पहिलो […]

दाङमा डोजरले ठक्कर दिँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दाङमा डोजरले ठक्कर दिँदा एक जनाको ज्यान गयो.

दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नंं. १ मा डोजरको ठक्करबाट ६६ वर्षीय लालबहादुर थापाको ज्यान गएको छ । बुधबार राति साढे ९ बजेतिर पश्चिम दाङको पेदीखोलाबाट शान्तिनगरतर्फ आउँदै गरेको रा १ क ३१५ नम्बरको डोजरले शान्तिनगरको हारिचारमा थापालाई ठक्कर दिएको थियो । डोजरको ठक्करबाट थापाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ […]

गायिका राउतले गरिन प्रहरीलाई तथानाम गाली

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on गायिका राउतले गरिन प्रहरीलाई तथानाम गाली.

भद्रपुर । गायिका आस्था राउत विवादमा तानिएकी छन्। आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन्। उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन भिडियोमा बोलेकी छन्। उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप […]

ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा लक्षित गरी बम विस्फोट,

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा लक्षित गरी बम विस्फोट,.

काठमाण्डौको । काठमाण्डौको सानो भर्‍याङमा शोभाकान्त ढकालको घरलाई लक्षित गरी बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान र संलग्नको खोजी अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिए। बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा बुधबार बेलुका भएको विष्फोटको जिम्मा नेत्रविक्रम चन्द […]

सहकारीकर्मीलाई सुरक्षा तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारीकर्मीलाई सुरक्षा तालिम.

भद्रपुर । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक अपराध, कानूनी प्रक्रिया र प्रहरी कार्यहरूको सुरक्षाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा भद्रपुर सेवा केन्द्रमा आयोजित प्रशिक्षण कार्यक्रमको अध्यक्षता संस्थाका सचिव तथा शिक्षा उपसमितिका संयोजक सुवास भट्टराईले गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय […]

जीवन र मृत्युको दोसाधमा छट्पटाइरहेकी खुममाया

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on जीवन र मृत्युको दोसाधमा छट्पटाइरहेकी खुममाया.

मेचीनगर । जीवनमा कसैले पनि म बेसहारा हुन्छु, पिडामा पर्छु र बाल्यकालमा नै विधवा बन्छु भनेर कहिल्यै सोच्दैनन् । सुन्दर सपनाका फूलहरु सजाँउदै कल्पनामा रमाउदै जीवनको रथ हाँक्न हरकोही उत्साहित हुन्छन् । सायद यस्तै सपना र सुन्दर भविस्य बनाउने चाहना खुममाया खनालको पनि थियो होला ! बि.स. १९९० साल असार १५ मा जन्मिएकी खुममाया यतिबेला […]

बुद्धचित्त र रुद्राक्षको मालासहित मकवानपुरबाट तीन जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुद्धचित्त र रुद्राक्षको मालासहित मकवानपुरबाट तीन जना पक्राउ.

काठमाडौं । मकवानपुरको मनहरीबाट रुद्राक्ष र बुद्धचित्तको माला तथा दानासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे जिल्लाको साविक तिमाल गाविस-२ का ४२ वर्षीय जगत लामा तामाङ र तेमाल-६ का ४८ वर्षीय सूर्यमान तामाङ रहेका छन् । उनीहरुको साथबाट १ हजार ७ सय ७० थान […]