Sajhamanch Archive

घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक पंजियारविरुद्ध विशेष अदालतमा मुद्धा दायर

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक पंजियारविरुद्ध विशेष अदालतमा मुद्धा दायर.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक कालीचरण पंजियारविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । सवारी दुर्घटनामा क्षतिपूर्ति दिलाई दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिएको भन्दै धनुषाको इलाका प्रहरी कार्यालय यज्ञभूमि (धारापानी) मा कार्यरत पंजियारविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । क्षतिपूर्ति दिलाइ दिएवापत […]

चिनी मिल सञ्‍चालक कनौडियाले बुझाए १२ करोड,६ करोड बाँकी

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिनी मिल सञ्‍चालक कनौडियाले बुझाए १२ करोड,६ करोड बाँकी.

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका प्रदेश ५ संसदीय दलका उपनेतासमेत रहेका चिनी मिल सञ्‍चालक विरेन्द्र कनौडियले उखु किसानको १२ करोड रुपैयाँ भुक्तान गरेका छन् । महालक्ष्मी उखु मिलका सञ्‍चालक कनौडियाले उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेका हुन् । नेता कनौडियाले उखु किसानको १२ करोड रुपैयाँ बैक खातामा जम्मा गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले […]

मनाङ र मच्छिन्द्रका ६ खेलाडी आर्थिक जरिबानासहित प्रतिबन्धमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मनाङ र मच्छिन्द्रका ६ खेलाडी आर्थिक जरिबानासहित प्रतिबन्धमा.

काठमाण्डौ । मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्रका तीन–तीन जना खेलाडी प्रतिबन्धमा परेका छन् । मनाङका जगजित श्रेष्ठ, अशोक बराल र रञ्जन विष्ट तथा मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल प्रतिबन्धमा परेका हुन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को अनुशासन कमिटीले मनाङ र मछिन्द्रका खेलाडीलाई आर्थिक जरिबानासहित प्रतिबन्ध लगाएको हो । एन्फाका अनुसार […]

ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो.

चितवन । पूर्वी चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका वडा नं.४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङ रहेका छन् । राप्ती नगरपालिका वडा नंं.६ हर्दीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नम्बरको ३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई […]

आज राति ‘पेनम्ब्रल’ चन्द्रग्रहण ! के हो ‘पेनम्ब्रल’ चन्द्रग्रहण ?

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आज राति ‘पेनम्ब्रल’ चन्द्रग्रहण ! के हो ‘पेनम्ब्रल’ चन्द्रग्रहण ?.

आज राति चन्द्रग्रहण लाग्ने खगोलविद्ले बताएका छन् । राति १० बजेर ५२ मिनेटमा सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्य हुने र राति २ बजेर ५७ मिनेटमा सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएको उनले बताए । यो ग्रहणको बेलाका तस्बिरको वैज्ञानिक परीक्षण […]

उपसभामुख तुम्बाहाङ्फे प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई भेट्न बालुवाटारमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपसभामुख तुम्बाहाङ्फे प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई भेट्न बालुवाटारमा.

काठमडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेकी छन्। आज बिहान पौने १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेकी तुम्बाहाङ्फे र दुई अध्यक्षबीच करिब एक घण्टा वार्ता भएको दाबी स्रोतले गरेको छ।रिक्त प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको मिति पर सरिरहेका बेला तुम्बाहाङ्फेलाई बोलाएर दुई […]

पाँचथरमा ओछ्यानमा सुतिरहेकी किशोरीलाई झ्यालबाट छिरेर बलात्कार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा ओछ्यानमा सुतिरहेकी किशोरीलाई झ्यालबाट छिरेर बलात्कार.

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका वडा नं.४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।किशोरीले भनिन्, ‘भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले […]

भरुवा बन्दुकको छर्राले लागेर घाइते भएका घर्तीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भरुवा बन्दुकको छर्राले लागेर घाइते भएका घर्तीको ज्यान गयो.

बागलुङ । बागलुङको तमान खोलामा आफ्नै भरुवा बन्दुकको छर्राले लागेर घाइते भएका एक व्यक्तिको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ। तमानखोला गाउँपालिका वडा नंं.१ बोंगादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीको बिहिबार राति उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। घरछेउको जंगलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती […]

श्रीस्वस्थानी व्रत आजबाट सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on श्रीस्वस्थानी व्रत आजबाट सुरु.

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास […]

नक्कली सुनसहित एकजना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नक्कली सुनसहित एकजना पक्राउ.

 काठमाडौं । नेपाल प्रहरीले तीन किलोग्राम नक्कली सुनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले तीन किलोग्राम नक्कली सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई आज बिहान गोंगबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ […]