Sajhamanch Archive

बिर्तामोडमा हस्पिटालिटी र रिटेलको करियर काउन्सिलिङ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा हस्पिटालिटी र रिटेलको करियर काउन्सिलिङ.

बिर्तामोड । नोभा फाउण्डेसन प्रालिको आयोजनामा हस्पिटालिटी र रिटेलको करियर काउन्सिलिङ कक्षा आज बिर्तामोडमा सप्पन्न भएको छ। लामो समयदेखि बिर्तामोडमा करियर काउन्सिलका क्षेत्रमा कार्य गर्दै आएको फाउन्डेसनले प्रदेश १ मै पहिलोपल्ट यस किसिमको काउन्सिलिङ कक्षा आयोजना गरेको फाउन्डेसनका मेनेजिङ डाइरेक्टर ताराप्रकाश भट्टराईले बताए । उक्त करियर काउन्सिलिङको सहजीकरण एकडेमिक एण्ड केरियर ट्रानिङ सेन्टर (काठमाडौ) का […]

बस दुर्घटना हुँदा १८ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बस दुर्घटना हुँदा १८ जना घाइते.

सल्यान । सल्यानमा गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् भने पाँचको अवस्था गम्भीर छ। सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको गाडी दुर्घटनामा परेको सल्यान प्रहरीले जनाएको छ। आज बिहान छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका वडा नं.११ को बालुवा संग्रही नजिक दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते हुनेमा चालक […]

रौतहटमा स्काभेटरमाथि आगजनी

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on रौतहटमा स्काभेटरमाथि आगजनी.

रौतहट । रौतहटको गुजरा नगरपालिका वडा नंं.३ मा आज बिहान स्काभेटरमाथि आगजनी भएको छ । हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । आगजनीबाट स्काभेटरका महत्त्वपूर्ण भाग जलेको प्रहरीले जनाएको छ । आगजनीमा संलग्नबारे अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आगजनी गरिएको स्काभेटर हुलाकी राजमार्गअन्तर्गत […]

जनताका नेताले प्रतिनिधि छान्नुहोस् पार्टीका नेता नबन्न आग्रह : राष्ट्रियसभाका उमेदवार घिमिरे

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जनताका नेताले प्रतिनिधि छान्नुहोस् पार्टीका नेता नबन्न आग्रह : राष्ट्रियसभाका उमेदवार घिमिरे.

बिर्तामोड । राष्ट्रियसभाका लागि नेपाली काङ्ग्रेसका उमेदवार राजेन्द्र घिमिरेले जनताका नेताले प्रतिनिधि छान्नुहोस् पार्टीका नेता नबन्न आग्रह गरेका छन् । आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाली कांग्रेसबाट उमेदवारी दर्ता गराएका घिमिरेले आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्र निर्दसनका लागि हो वा सहकार्यका लागि हो भनी प्रश्न समेत गरेका छन् । घिमिरेले विधि […]

‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा.

दिनेश पाल्पाली (दिन्श) को निर्देशन रहेको फिल्म ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म जेठ १६ बाट प्रदर्शनामा आउने निश्चित भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्मले पेश गर्ने बताइएको छ । फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् […]

जुटेन ओली–दाहालबीच सहमति

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जुटेन ओली–दाहालबीच सहमति.

काठमाडौं । प्रतिनिधिसभाको बैठक पुस २७ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । तर, बैठक बस्छ कि बस्दैन अझै टुंगो छैन । यसअघि पुस ११ र १६ गते दुईपटक बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । स्थगनको मुख्य कारण थियो, रिक्त सभामुख पदका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद । नेकपाले सभामुख […]

प्रहरीबाट कुटिए विद्युत् प्राधिकरणका कर्मचारी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीबाट कुटिए विद्युत् प्राधिकरणका कर्मचारी.

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि प्रहरीले कुटपिट गरेको छ । मादक पदार्थ सेवन गरेका प्रहरीको कुटपिटबाट दुई कर्मचारी घाइते भएका छन् । मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका प्राधिकरणका दुई कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (सई) प्रवीण राई र हवल्दार छवीन्द्र राईले कुटपिट गरेको जोरपाटी […]

दबंग ३’लाई ‘गुड न्यूज’ले उछिन्यो

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दबंग ३’लाई ‘गुड न्यूज’ले उछिन्यो.

बलिउडमा अहिले बक्स अफिसमा कसको राज चल्छ ? यसको जवाफ एक साताको अन्तरमा रिलिज भएका दुई चलचित्रको व्यापारले पनि दिनेछ । डिसेम्बर २० तारिखमा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’को व्यापारलाई डिसेम्बर २७ तारिखमा रिलिज भएको नायक अक्षय कुमार र नायिका करिना कपुर अभिनित चलचित्र ‘गुड न्यूज’ले उछिनेको छ । ‘दबंग ३’ले […]

तीन तहका सरकारबीच समन्वय र संवाद हुन सकेन :मुख्यमन्त्री राई

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on तीन तहका सरकारबीच समन्वय र संवाद हुन सकेन :मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारबीच कानुन निर्माणमा समन्वय हुन नसक्दा विकास प्रभावित बनेको बताएका छन् । नेपाल नगरपालिका संघ संघले आज विराटनगरमा गरेको अन्तर सरकार–संवाद कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘‘समन्वय अभावमा तीन लेयर सरकारको संघीयताको गाडी तीव्र गतिमा दौडन सकेको छैन । अब आसपी मेलमिलापमा गाडीलाई तीव्र गतिमा दौडाउनुपर्छ […]

सिम्रिक साकोसले गोलधाप सेवाकेन्द्रमा कृषि प्राविधिक तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसले गोलधाप सेवाकेन्द्रमा कृषि प्राविधिक तालिम.

बिर्तामोड । झापा जिल्लाभर कार्य क्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गोलधाप सेवाकेन्द्रमा कृषि प्राविधिक तालिम सञ्चालन गरेको छ । शिक्षा उपसमितिका सदस्य मेहरमान विष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन रहेका थिए । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले संस्थाको संक्षिप्त जानकारी दिनुका साथै तालिम आयोजना गर्नुको उद्देश्यका बारेमा प्रष्ट पारेका […]