काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३० जना महिला र १७३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा २८५ जना निको भएर […]
निर्देशक दिनेश राउत नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’को छायांकन फाल्गुणको दोश्रो साताबाट सुरु हुने निर्माणपक्षले बताएको छ । यसैविच, चलचित्रका लागि नायिका पनि फाइनल गरिएको छ । अडिसनबाट धनगढीकी रेनु योगीलाई निर्माणपक्षले नायिकाको रुपमा फाइनल गरेको हो । रेनुको प्रस्तुति र चरित्र मिल्ने भएपछि चलचित्रका लागि […]
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिक अगुवामाथि भएको दमनप्रति नेपाल पत्रकार महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । सोमवार नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी पत्रकार एवं लेखक नारायण वाग्ले, मानवअधिकारकर्मी कृष्ण पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गरेको भन्दै […]
काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारबाट शुरु हुँदैछ । खोप लगाउनको नामावली सरकारले तयार पारिसकेको छ । नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ । १५ वर्ष मुनिका बालबालिकामा कोभिड–१९ विरुद्धको खोप परीक्षण नभएकाले उनीहरुलाई खोप दिइने छैन । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार अस्थिर शारीरिक अवस्था भएका, […]
काठमाडौं । हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु नेपाल फर्किएका छन् । निर्मल पुर्जासहितको टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको छ । स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए । नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु […]
बलिउड अभिनेत्री करीना कपुर खान अहिले दोस्रो प्रेग्नेसीमा रमाइरहेकी छन् । हालै उनले एक हट फोटो सुट समेत गराएकी छन् । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ । सार्वजनिक केही तस्बिर मध्य पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छन् । यसका साथ उनले सुहाउदो ज्याकेट समेत लगाएकी छन् । तस्बिरमा उनले […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ । बैठक प्रतिनिधिसभा विघटनविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयका साथै प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ता, पार्टीको १४औं महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ । पुस ७ गते सुरु कांग्रेस […]
काठमाडौं । वैदेशिक रोजगार बोर्डका अनुसार रोजीरोटीकै लागि परदेश पुगेका तीन महिलासहित २५ जना कोमा (अचेत अवस्था) मा विदेशमै छन् । सरकारले कार्यविधि बनाएर त्यस्ता व्यक्तिलाई दुई वर्षदेखि फर्काउन पहल गरे पनि सफलता मिलेको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकमा कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधासम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति आपत्ति जनाएको छ । आइतबार प्रधानमन्त्री ओलीले अपांगता भएकाहरुसँगको कार्यक्रममा संसद विघटनको विरोधमा बोल्नेहरू देशद्रोही भएको बताएका थिए । साथै ओलीले पुराना वकिल तथा अदालतप्रति गरेको टिप्पणीप्रति कांग्रेसले अत्यन्तै आपत्तिजनक भएको बताएको छ । आज एक विज्ञप्ति नै जारी गर्दै कांग्रेसले फरक मत, आफ्नो […]
विराटनगर । संघीय सरकारले प्रदेश १ का लागि पठाएको कोरोना विरुद्धको भ्याक्सिन विराटनगर आइपुगेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार प्रदेश १ मा पहिलो चरणमा ३५ हजार ५७६ जनालाई खोप लगाउने कार्यक्रम छ । विराटनगर आइपुगेको खोप बुधबारबाट लगाउन सुरु गरिने उनले बताए । कुन जिल्लामा कति ? […]