Sajhamanch Archive

ग्लोरी बाल क्लबको अध्यक्षमा बजगाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ग्लोरी बाल क्लबको अध्यक्षमा बजगाई.

बिर्तामोड । बिर्तामोड ४ मा रहेको ग्लोरी इङलिस स्कुलमा रक्षा बजगाईंको अध्यक्षतामा ग्लोरी बालक्लब गठन गरिएको छ । यसैगरी क्लबको उपाध्यक्षमा दर्शन ओलि ,सचिव उषा सुवेदी, सह-सचिव, अरिफा अज्जल ,कोषाध्यक्ष डाईना केरुङ्ग रहेका छन। यस्तै सदस्यहरुमा गरिमा नेपाल,अंकित ओलि,श्रेया राजबंशी ,प्रनिशा पोख्रेल ,तृप्ती दाहाल,दिपिका अधिकारी ,रचना उप्रेती ,करिन खड्का ,रितिक यादब ,रोहन विष्ट,कंन्चन सुवेदी ,सुरज […]

‘दबंग ३’ बाट हटाइयो विवादित दृश्य

Published: (Updated: ) in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on ‘दबंग ३’ बाट हटाइयो विवादित दृश्य.

दबंग ३ को शीर्ष गीतका केही दृश्यले हिन्दु धर्मको भावना ठेस पुर्‍याएको भन्दै आपत्ति प्रकट भएपछि निर्माण पक्षले स्वेक्षिकरूपमा गीतबाट ती दृश्यहरू हटाएको छ। गीतको एक दृश्यमा साधुको भेषमा कलाकारहरूलाई नाच्दै गरेको देखाइएपछि ती समूहहरूले आपत्ति जनाएका थिए। सलमानको आधिकारिक ट्विटरबाट गीतबाट ती दृश्यहरू हटाइएको जानकारी दिइएको छ। गीत रिलिज भएपछि नोभेम्बर २९ मा महाराष्ट्र […]

ट्याक्सीको ठक्करबाट युवतीको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्याक्सीको ठक्करबाट युवतीको ज्यान गयो.

काठमाडौँ । ललितपुरको बालकुमारीस्थित खरिबोट नजिकै आज बिहान ट्याक्सीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बा२ज २८०६ नम्बरको ट्याक्सीले बिहान पौने ४ बजे अन्दाजी २५ बर्षीया युवतीलाई ठक्कर दिएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । महिलाको शवलाई पाटन अस्पतालमा राखिएको छ । मृककको सनाखत […]

आईपीएलको अक्सन आज

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएलको अक्सन आज.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अक्सन आज कलकत्तामा हुँदैछ । आईपीएलको १३ औं संस्करणका लागि १ सय ८६ भारतीय र १ सय ४६ गैरभारतीय खेलाडीबीच अक्सन हुन लागेको हो ।आईपीएलमा सहभागी ८ क्लबले बोलकबोलमा खेलाडी भित्र्याउने छन् । क्लबहरूसँग न्यूनतम १८ लाख डलरदेखि ६० लाख डलरसम्म अक्सनका लागि बाँकी छ । साविक […]

महराको निवेदनउपर उच्च अदालतमा आज सुनुवाइ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on महराको निवेदनउपर उच्च अदालतमा आज सुनुवाइ.

काठमाडौं । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत, पाटन पुगेका पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनमा आज सुनुवाइ हुँदैछ । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुन लागेको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने […]

रेमिट्यान्स भने घटेको घट्यै, वैदेशिक रोजगारीमा जाने दिन प्रतिदिन बढ्दै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on रेमिट्यान्स भने घटेको घट्यै, वैदेशिक रोजगारीमा जाने दिन प्रतिदिन बढ्दै.

काठमाडौं । कात्तिक महिनामा पनि विदेशमा रहेका नेपालीले पठाउने रकम (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को चौथो महिनासम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स निरन्तर ओरालो लागेको तथ्यांक दिएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चौथो महिना अर्थात कात्तिक मसान्तसम्म ३ खर्ब ४ अर्ब ९७ […]

चर्चित कलाकारले औधोगिक मेला तताउने

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चर्चित कलाकारले औधोगिक मेला तताउने.

मेचीनगर । झापाको धुलाबारीमा हुने तेस्रो औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव २०७६ का लागि आउने कलाकारहरु तय भएका छन् । मेची उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा आउने राष्ट्रिय स्तरका कलाकारहरु तय भएका छन् । सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक ध्रुव कनालका अनुसार पुस ९ देखि […]

पोखरा प्रिमियर लिगः काठमाडौं गोल्डेन्स वारियर्ससँग एक्सपर्ट धनगढी स्तब्ध

Published: (Updated: ) in खेलकुद, लोकप्रिय by . Leave a Comment on पोखरा प्रिमियर लिगः काठमाडौं गोल्डेन्स वारियर्ससँग एक्सपर्ट धनगढी स्तब्ध.

कास्की । पोखरा प्रिमियर लिग क्रिकेटमा काठमाडौं गोल्डेन्स वारियर्सले पहिलो जित निकालेको छ । कप्तान ज्ञानेन्द्र मल्लको शतकको मद्दतले १८६ रनको विशाल लक्ष्य दिएको काठमाण्डौले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको हो । धनगढी १६ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो । विशाल लक्ष्य पछ्याएको धनगढीको सुरुआत भने राम्रो हुन सकेन । टिमले २ […]

उपचारको नाममा अस्पतालले चलाएको धन्दा

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on उपचारको नाममा अस्पतालले चलाएको धन्दा.

राष्ट्रिय ट्रमा सेन्टरमा खुट्टा सम्बन्धी समस्या लिएर इमर्जेन्सी वार्डमा आएका नुवाकोटका मनोज तिमल्सिनाले ट्रमा सेन्टरमा बेड नपाएपछि सबै स्वास्थ्य परीक्षणको रिपोर्ट बोकेर अर्को निजी अस्पतालको खोजीमा भौतारिए । मोटरसाइकल दुर्घटनामा परी खुट्टामा गम्भीर चोट लागेपछि काठमाडौंकै एक निजी अस्पतालमा उनले सिट त पाए । तर, त्यहाँ अस्पताल प्रशासनले ट्रमा सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणले केही काम […]

बोहोराटारमा कांग्रेसको अलमल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बोहोराटारमा कांग्रेसको अलमल.

काठमाडौँ । बिहीबारदेखि जारी काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ । बरिष्ठ नेता पौडेल पक्षका नेताहरु उनको निवास बोहोराटारबाट सानेपा नगएपछि बैठक स्थगित भएको हो । यसअघि सोमबार पनि पौडेल पक्ष उपस्थित नभएपछि काँगे्रस बैठक स्थगित भएको थियो । काँग्रेस प्रवक्ता विश्वप्रकाश शार्माले पूर्ण सहमतिको खोजिका लागि आजको बैठक स्थगित […]