Sajhamanch Archive

बिर्तामोड खानेपानी निर्वाचन अपडेट: सुरुवाती क्षणमा लोकतान्त्रिक प्यानलतर्फका अध्यक्षका उम्मेद्वार गुरुङ अगाडी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिर्तामोड खानेपानी निर्वाचन अपडेट: सुरुवाती क्षणमा लोकतान्त्रिक प्यानलतर्फका अध्यक्षका उम्मेद्वार गुरुङ अगाडी.

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । बिर्तामोड खानेपानीमा नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस चुनावी मैदानमा उत्रिएका छन् । त्यसमा नेकपाको तर्फबाट ज्ञानुराम प्रसाई र कांग्रेसबाट जलकुमार गुरुङको नेतृत्वमा दुई प्यानल निर्वाचनमा होमिएको हो । हामीले यो समाचार तयार […]

स्वस्तिमालाई ह्याट्रिकको डर !

Published: in टिप्स/जानकारी by . Leave a Comment on स्वस्तिमालाई ह्याट्रिकको डर !.

यस वर्ष ब्रान्ड फिल्मका सिरिज र टिमका फिल्मले मात्र नाफाको व्यापार गर्न सफल भएका छन् । नयाँ नाममा बनेका फिल्मले हलमा दर्शकलाई आकर्षित गर्न नसकेको अवस्था छैन । बैशाखदेखि मंसिर तेस्रो सातासम्म ५० बढी फिल्म रिलिज भए पनि चार फिल्मले मात्र लगानी उठाए । बाँकी फिल्मले भित्तामा टाँस्नका लागि छापिएको पोस्टरको पैसा समेत उठाउन सकेनन् […]

बँदेलको आक्रमणबाट तीन जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बँदेलको आक्रमणबाट तीन जना घाइते.

चितवन । बँदेलको आक्रमणबाट चितवनमा तीन जना घाइते भएका छन्। भरतपुर महानगरपालिका वडा नंं.१३ गङानगरका ७६ वर्षीय केबी राई, ७१ वर्षीय कुमारी तामाङ र ३८ वर्षीय मोर्ते दर्जी घाइते भएका हुन्। तीनैजनाको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आफ्नै बारीमा काम गरिरहेका उनीहरूलाई बिहान १० बजे एक्कासि बँदेलले आक्रमण गरेको जनाइएको […]

भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी.

भद्रपुर । झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब ११ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल ग्यारेज, फर्निचर उद्योग र धानको परालमा बुधबार राति ३ घण्टाको अन्तरालमा आगलागीको घटना भएको हो। तीनवटै आगलागीका घटना नियोजित भएको प्रहरीको आशंका छ। वडा प्रहरी कार्यालय […]

दैनिक चार जनाभन्दा बढी लैङ्गिक हिंसाबाट पीडित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दैनिक चार जनाभन्दा बढी लैङ्गिक हिंसाबाट पीडित.

काठमाण्डौ । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहँदा दैनिक चार जनाभन्दा बढी यस्तै हिंसाबाट पीडित हुने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । इन्सेक (अनौपचारिक क्षेत्र सेवा केन्द्र) ले मङ्सिर ९ गतेदेखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा तयार पारेको तथ्याङ्कसहितको अध्ययन प्रतिवेदनमा यस्तो तथ्याङ्क समावेश गरेको हो । जिल्ला प्रतिनिधिहरूबाट प्रेषित भइ आएका […]

रुपन्देहीमा डोजरमा आगजनी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रुपन्देहीमा डोजरमा आगजनी.

रुपन्देही । रुपन्देहीमा आज बिहान ना.१ क ३३०० नम्बरको डोजरमा आगजनी भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नंं.७ मदनग्राम बस्ने चन्द्रकान्त खरेलको सामर्थ कन्ट्रक्सन कम्पनी अगाडि पार्किङ गरी राखिएको डोजरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । अनलाइनखबर

किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पुन्ही पर्व मनाउँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पुन्ही पर्व मनाउँदै.

काठमाण्डौ । आज किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पुन्ही पर्व मनाउँदै छन् । किराँत समुदायले खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । किराँतभित्रका विभिन्न जातजातिले यो पर्वलाई फरक फरक नाम दिए […]

नेकपामा सभामुखको छलफल साँघुरिदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपामा सभामुखको छलफल साँघुरिदै.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने छलफल अब दुई जनामा साँघुरिएको छ । नेकपाका एक सचिवालय सदस्यका अनुसार सुवास नेम्वाङ र अग्नि सापकोटामध्ये एक जना सभामुख हुने लगभग निश्चित छ । स्थायी कमिटीको बैठकका कार्यसूची तय गर्न एक-दुई दिनभित्रै बस्ने सचिवालय बैठकमा सभामुख कसलाई बनाउने भन्नेबारे नेताहरुबीच छलफल हुनेछ । […]

स्थानीय तहले अटेरी गरेर खर्च विवरण नपठाएको भन्दै कृषि मन्त्रालयले संघीय मन्त्रालयलाई ग¥यो पत्राचार

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on स्थानीय तहले अटेरी गरेर खर्च विवरण नपठाएको भन्दै कृषि मन्त्रालयले संघीय मन्त्रालयलाई ग¥यो पत्राचार.

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २६ स्थानीय तहले अटेरी गरेर खर्च विवरण नपठाएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजनाको आर्थिक वर्ष २०७५/०७६ को खर्च विवरण यथाशीघ्र माग्न आग्रह गर्दै कृषि मन्त्रालयले पत्र लेखेको हो । खर्च विवरण नपाउँदा आयोजनाको दातृ संस्था एसियाली […]

पीपीएलको खेल तालिका सार्वजनिक

Published: in खेलकुद by . Leave a Comment on पीपीएलको खेल तालिका सार्वजनिक.

कास्की । पोखरा प्रिमियर लिग (पीपीएल) फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन खेल यही २८ गते बिहान साढे ११ बजे पोखरा रंगशालामा हुनेछ । पहिलो खेलमा पोखरा पल्टन र काठमाण्डौ गोल्डेन्स प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको दोस्रो दिन दुई वटा खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे सुरु […]