Sajhamanch Archive

सिक्किममा भारत–चीन सेनाबीच झडप

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on सिक्किममा भारत–चीन सेनाबीच झडप.

एजेन्सी । भारतको सिक्किमस्थित भारत–चीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको छ । टाइम्स अफ इन्डियाका अनुसार तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप भएको हो । समाचारमा उल्लेख गरिएअनुसार उक्त झडपमा दुवै पक्षका सेनाहरु घाइते भएका छन् । झडपमा चीनका २० सैनिक  र भारतका चार जवान घाइते भएका छन् । यद्यपि, भारतीय सेनाले घाइतेको कुनै […]

नागरिक आन्दोलनमाथि पानीको फोहोरा र लाठीचार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नागरिक आन्दोलनमाथि पानीको फोहोरा र लाठीचार्ज.

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध मार्चपासमा रहेका नागरिक अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ । मार्चपास गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि जाने क्रममा प्रहरीले टङ्गालको भाटभटेनी नजिकै लाठीचार्ज र पानीको फोहरा हान्दा १३ जना घाइते भएका छन् । लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसी, लेखक युग पाठक, सञ्जिव उप्रेतीलगायत सयौँ […]

कोरोनाले स्वास्थ्य मन्त्रालयकै कर्मचारीको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाले स्वास्थ्य मन्त्रालयकै कर्मचारीको मृत्यु.

काठमाडौं । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत गोदावरी, ललितपुरका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको हो । वीर अस्पतालमा उपचाररत श्रेष्ठको सोमबार दिउँसो मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठको निधनप्रति समवेदना प्रकट गरेको छ ।

जब आमाबुवाले सम्बन्ध विच्छेद गर्छन्

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जब आमाबुवाले सम्बन्ध विच्छेद गर्छन्.

सम्बन्ध-विज्ञहरु भन्छन्, ‘बुवाआमाले बनाउने दोस्रो सम्बन्धलाई स्विकार्न त्यती सजिलो हुँदैन । किनभने त्यो सम्बन्ध कुनै पुरानो सम्बन्धलाई बिस्थापित गर्नका लागि आएको हुन्छ । कुनैपनि बच्चालाई आफ्नो पुरानो याद र भावनालाई मेटेर नयाँ सम्बन्ध जोड्न निकै गाह्रो हुन्छ ।’ हामी जन्मदेखि जसको सामिप्यतामा हुर्कन्छौं, उनीहरुसँग खास भावनात्मक लगाव हुन्छ । शारीरिक, भावनात्मक रुपले एकाकार भएका हुन्छौं […]

प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन, अधिकारकर्मी पक्राउ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीविरुद्ध प्रदर्शन, अधिकारकर्मी पक्राउ.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको अवस्थामा अध्यक्ष कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगरलगायत २६ जनालाई प्रहरीले […]

सलमानकी नयाँ प्रेमिका प्रज्ञा

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सलमानकी नयाँ प्रेमिका प्रज्ञा.

मुम्बई । बलिउड स्टार सलमान खान र आयुष शर्माको फिल्म ‘अन्तिमस् द फाइनल ट्रुथ’को अहिले लगातार चर्चा छ । केही दिनअगाडि टिजर समेत सार्वजनिक भएको फिल्ममा सलमान सिख पुलिस अधिकारीको भूमिकामा देखिँदैछन् । आयुष भने फिल्ममा ग्याङ्स्टारको रुपमा प्रस्तुत हुँदैछन् । फिल्मका लागि हिरोइन समेत चयन भएको छ । साउथकी अभिनेत्री प्रज्ञा जायसवाल यस फिल्ममा […]

काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौँ–मधेस द्रुतमार्गमा अप्टिकल फाइबर.

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले काठमाडौँलाई तराईलगायत अन्तर्राष्ट्रिय सूचना महामार्गसँग जोड्न तथा काठमाडौँको सूचना प्रविधिलाई अहिलेको भन्दा […]

सुन तोलाको २ सय रूपैयाँले सस्तियो

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on सुन तोलाको २ सय रूपैयाँले सस्तियो.

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा २०० रुपैयाँले घटेको हो । अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रहेको छापावाल सुनको मूल्य सोमबार ९२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य […]

निर्धक्क कोरोनाविरुद्धको खोप लगाउन मन्त्री त्रिपाठीको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on निर्धक्क कोरोनाविरुद्धको खोप लगाउन मन्त्री त्रिपाठीको आग्रह.

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा नेपाल महत्वपूर्ण चरणमा पुगेको बताएको छ । भारतबाट उपलब्ध खोप लगाउने अभियानको तयारी सकिएको भन्दै सरकारले जनतालाई कारोना खोप निःशुल्क दिने कार्यमा महत्वपूर्ण चरणमा आइपुगेको बताएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना अपडेटसम्बन्धी आजको नियमित प्रेस ब्रिफिङमार्फत खोप अभियानको सबै तयारी पूरा भएको र […]

ओलीलाई साधारण सदस्यता समेत नरहने गरी निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओलीलाई साधारण सदस्यता समेत नरहने गरी निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो । संसद विघटनलगत्तै प्रचण्ड–माधवको नेतृत्वमा नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्य बसेर ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चुनेको थियो । स्थायी कमिटीले संविधान, लोकतन्त्र, जनता र पार्टीविरुद्ध गतिविधि गरेकाले […]