Sajhamanch Archive

लागूऔषध चरेससहित एक जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लागूऔषध चरेससहित एक जना पक्राउ.

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागूऔषध चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज १९ बस्ने ६० वर्षीय रामबालक बैठा पक्राउ परेका हुन् । उनको साथबाट ११ किलो ८ सय ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बैठा जीतपुरतर्फबाट वीरगञ्जतिर साइकलमा आउँदै गर्दा चरेशसहित पक्राउ परेका थिए । उनलाई आवश्यक कारबाहीका लागि […]

१४ फागुनमा हरहालतमा स्ववियु चुनाव हुन्छ : अनेरास्ववियू सहसंयोजक तामाङ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on १४ फागुनमा हरहालतमा स्ववियु चुनाव हुन्छ : अनेरास्ववियू सहसंयोजक तामाङ.

धनगढी । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले आगामी फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउने बताएका छन् । तामाङले विद्यार्थीको एकमात्र निर्वाचित संस्था कुनै हालतमा अवरुद्घ हुन नहुने बताए । आज धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आयोजित कैलाली जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै तामाङले भने, ‘हामी आउँदो फागुन १४ गते जुनसुकै मूल्यमा पनि स्ववियु […]

दोलखाका सीडीओमाथि अख्तियारले थाल्यो छानविन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दोलखाका सीडीओमाथि अख्तियारले थाल्यो छानविन.

काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसूरका अभियुक्तसँग घुस लिएको सार्वजनिक भएपछि गृह मन्त्रालयमा तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । रिजालले मेलुङ गाउँपालिका वडा नं. ४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका वडा नं.१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको […]

त्रिदेब नेबिसंघको कोसेली भाग्य कोर्न कलम

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिदेब नेबिसंघको कोसेली भाग्य कोर्न कलम.

मेचीनगर । त्रिदेब नेबिसंघ इकाई समितिले नवआगन्तुक विद्यार्थीलाई आज स्वागत गरेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं १३ चारआलीमा स्थित त्रिदेव बहुमुखी क्याम्पसमा शिक्षा एवम् व्यवस्थापन संकायको पहिलो वर्षमा अध्ययन गर्न आउने नवआगन्तुक विद्यार्थीहरुलाई त्रिदेब नेविसंघ इकाई समितिले भाग्य कोर्न कलम दिएर स्वागत गरेको हो । नेविसंघ त्रिदेब एकाई सभापति आइतहाङ चेम्जोङको सभापतित्वमा भएको […]

दमकको पृथ्वी आधारभुत विद्यालयबाट ल्यापटप र कम्प्युटर चोरियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दमकको पृथ्वी आधारभुत विद्यालयबाट ल्यापटप र कम्प्युटर चोरियो.

झापा । झापाको दमक नगरपालिका वडा नं.७ स्थित एक विद्यालयमा सोमबार राती चोरी भएको छ । दमकस्थित पृथ्वी आधारभुत विद्यालयबाट ल्यापटप र कम्प्युटरसहितका विद्युतीय उपकरण चोरिएको हो। सामान चोरिएको विद्यालय परिसरमा पर्खाल छ भने भित्र–बाहिर आवतजावत गर्न प्रवेशद्वार पनि छ। प्रवेशद्वार बन्द गरिएपनि विद्यालय चोरिएको हो। चोरीको घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख […]

सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सेनाको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो.

रामेछाप । रामेछाप नगरपालिका वडा नं.८ भंगेरीमा आज बिहान सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन् । रामेछापबाट मन्थली तर्फ आइरहेको बा १ झ १०७० नम्वरको नेपाली सेना नयाँ गोरखगणको गाडीले विपरित दिशाबाट आइरहेको बा ३८ प ३९४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल […]

जोजिबिनीलाई ‘मिस यूनिभर्स’को ताज

Published: in टिप्स/जानकारी by . Leave a Comment on जोजिबिनीलाई ‘मिस यूनिभर्स’को ताज.

यो बर्षको ‘मिस यूनिभर्स’को ताज दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले पहिरिएकी छिन् । आइतबार राती आयोजना भएको ‘मिस यूनिभर्स’मा विश्वभरबाट सहभागी भएका अन्य देशका सुन्दरीलाई पछि पार्दै जोजिबिनीले टाइटल जितिन् । स्विमसुट, गाउन राउन्ड र प्रश्नोत्तर राउन्डपछि उनले यो ताज जितिन् । प्रश्नोत्तर राउण्डमा उनले भनिन्–‘म यस्तो दुनियाँमा हुर्किएकी हुँ, जहाँ एकजना महिला म जस्तो देखिन्छिन् […]

राष्ट्रियसभामा कांग्रेस ६ सिटमा खुम्चिँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियसभामा कांग्रेस ६ सिटमा खुम्चिँदै.

काठमाडौं । उपनिर्वाचनको परिणामबाट केही उत्साही भएको प्रमुख विपक्षी नेपाली कांग्रेसका लागि राष्ट्रियसभाको निर्वाचन भने निराशाजनक हुँदैछ । माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउने देखिन्छ । राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने १९ जना सांसदमध्ये कांग्रेसका ७ जना छन् । ५९ सदस्यीय राष्ट्रियसभामा १३ सिट पाएको […]

दशरथ रंगशालाको गेट बाहिर फुटबल समर्थक कुटिए

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दशरथ रंगशालाको गेट बाहिर फुटबल समर्थक कुटिए.

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । आज १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो । उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ […]

हात्तिको आक्रमणबाट बालकको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हात्तिको आक्रमणबाट बालकको ज्यान गयो.

सिरहा । सिरहामा हात्तिको आक्रमणबाट एक बालकको ज्यान भएको छ । एक जना घाइते भएका छन् । हात्तिको आक्रमणबाट घाइते भएका सिरहा मिर्चैया नगरपालिका वडा नं.७ रामपुरका श्रमवण महतोका १० वर्षीय छोरा रविन्द्र महतोको उपचारको क्रममा ज्यान गएकोे हो । हात्ति आएको हल्ला सुनेर घर छोडेर सबै भागे पनि रातको समयमा रविन्द्र पछि परेकाले हात्तिले […]