Sajhamanch Archive

पूर्णिमा कृषि सहकारीको सातौं वार्षिक साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on पूर्णिमा कृषि सहकारीको सातौं वार्षिक साधारणसभा सम्पन्न.

बिर्तामोड । बिर्तामोडस्थित पूर्णिमा कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष छबिलाल बिश्वाकर्माले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा २ करोड २५ लाख १ हजार २९५ रुपैयाँको वासलात बनाएको उल्लेख छ […]

जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको छ : परराष्ट्रमन्त्री ज्ञवाली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको छ : परराष्ट्रमन्त्री ज्ञवाली.

काठमाडौं । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले नेपालमा भएका प्रकृतिक प्रकोप पछि जापान सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको बताएका छन् । ‘दक्षिण एसियामा प्राकृतिक प्रकोपः हस्तक्षेप, राम्रो अभ्यास र चुनौतिहरु’ विषयमा आज जाइकाले गरेको अन्तर्राष्ट्रिय सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालको विकास साझेदारको रुपमा जाइकाले २०७२ सालको भूकम्पपछिको पुनः निर्माणमा गरेको सहयोग महत्वपूर्ण भएको बताएका छन् […]

बैंकहरुको काम गराई देखेर मलाई लाज लाग्यो  : गभर्नर नेपाल

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बैंकहरुको काम गराई देखेर मलाई लाज लाग्यो  : गभर्नर नेपाल.

काठमाडौं । गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकहरुको काम गराई देखेर आफूलाई लाज लागेको बताएका छन् । आज जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरपछिको उद्घाटन समारोहलाई सम्वोधन गर्दै गभर्नर नेपालले बैंकहरुको पछिल्लो काम गराइ नै लाजमर्दो भएको टिप्पणी गरेका हुन् । बैंककै कर्मचारीका कारण खाताको रकम चोरी भएको भन्दै उनले यसले आफूलाई अचम्म लागेको […]

मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा श्रेष्ठ

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा श्रेष्ठ.

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुन लागेको ‘मिस वर्ल्ड’मा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् । अहिले ‘मिस वर्ल्ड’को लागि भोटिङ चलिरहेको छ । विभिन्न देशका सुन्दरीहरु आफ्नो भोट बढाइरहेका छन् । यस्तैमा नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो […]

ट्याक्टर दुर्घटनामा घाइते चार जनामध्ये एक जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्याक्टर दुर्घटनामा घाइते चार जनामध्ये एक जनाको ज्यान गयो.

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका वडा नं.३ केराबारीमा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनामध्ये एकको मृत्यु भएको छ। २ त ४३५९ नंबरको ट्याक्टर अनियन्त्रित हुँदा घाइते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। दुर्घटनाबाट घाइते चैनपुर नगरपालिका वडा नं.११ लुवाकोटका ३१ वर्षीय सुकल राईको मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ। […]

कम्युनिष्ट पार्टीले चलाइरहेका स्थानीय तहमा सुशासन छैन : प्रवक्ता शर्मा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कम्युनिष्ट पार्टीले चलाइरहेका स्थानीय तहमा सुशासन छैन : प्रवक्ता शर्मा.

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहदेखि बालुवाटारसम्म हुने भ्रष्टाचारमा कांग्रेसले आवाज उठाउने बताएका छन् । आज नेपाली कांग्रेस क्षेत्र नं. २ ले कागेश्वरी मनहरा नगरपालिकामा भएको अनियमितताविरुद्ध आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “कांग्रेसले स्थानीय तहमा भएको भ्रष्टाचार,अनियमितताबारे पनि बोल्छ । बालुवाटारमा भएको भ्रष्टाचारमा पनि बोल्छ ।” नेता शर्माले कम्युनिष्ट पार्टीले चलाइरहेका […]

स्कूल हिँडेकी बालिका बलात्कृत

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्कूल हिँडेकी बालिका बलात्कृत.

गुल्मी । गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बालिका बिहीबार विहान स्कुल जान दाजुहरुसँगै गाडी चढेकी थिइन् । तर, चालकले दाजुलाई एक ठाउँमा छोडेर बालिकालाई अर्कै ठाउँमा लिएर बलात्कार गरेको डीएसपी मिनबहादुर घलेले बताए । बलात्कृत बालिकाका दाजुले बहिनीलाई अन्यत्र […]

घुस लिएको आरोपमा दोलखाका सीडीओ जिम्मेवारीबाट हटाइए

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on घुस लिएको आरोपमा दोलखाका सीडीओ जिम्मेवारीबाट हटाइए.

दोलखा । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ । घुस लिएको आरोप लागेपछि गृह मन्त्रालयले रिजाललाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा बोलाएको हो । रिजालले बिहानै दोलखा छाडिसक्नुभएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । तत्कालका लागि दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठलाई निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको पनि प्रवक्ता […]

१३ औँ साग : आज २३ खेल हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on १३ औँ साग : आज २३ खेल हुँदै.

काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज पनि विभिन्न २३ वटा खेलहरु हुँदैछन् । काठमाडौ, पोखरा र जनकपुरमा सुरु भएको प्रतियोगिता अन्तर्गत खेल हुन लागेका हुन् ।  आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला […]

सिद्धबाबालाई प्रहरीले अस्पतालबाट अदालत लग्यो

Published: in विविधा by . Leave a Comment on सिद्धबाबालाई प्रहरीले अस्पतालबाट अदालत लग्यो.

विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाट अदालत लगेको छ । अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको […]