Sajhamanch Archive

प्रियंका भन्छिन् : ‘हलिउडमा म जस्तोलाई अवसर सीमित छ’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on प्रियंका भन्छिन् : ‘हलिउडमा म जस्तोलाई अवसर सीमित छ’.

अभिनेत्री प्रियंका चोपडाले हलिउडमा समेत आफ्नो बलियो उपस्थिति जनाइसकेकी छन् । तर, हलिउडको यात्रा उनका लागि सहज थिएन । हलिउडमा प्रवेश गरेको समयमा त्यहाँ आफूले पर्याप्त अवसर नपाएको उनी बताउँछन् । उनी अब निर्माता बनिसकेकी छन् । निर्माताको रूपमा उनी दक्षिण एशियालीको लागि आफ्नो कथामार्फत सामान्य चीजहरू बनाउन चाहन्छिन् । उनी भन्छिन्, ‘मैले आफूलाई एकै […]

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना निवेदन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना निवेदन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै एक निवेदन सर्वोच्चमा पुगेको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य प्रधानमन्त्रीजस्तो जिम्मेवार पदाधिकारीले अदालत र इजलासको सम्मान गर्नुपर्ने भए पनि इजलासलाई निन्दा र हास्यको विषय बनाइएको तर्क गर्दै निवेदन लिएर सर्वोच्च पुगेका हुन् । रिट निवेदन दर्ता हुने नहुने बारेमा भोलि ११ बजे […]

२७० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on २७० जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा ४०३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार १३७ पुगेको छ। त्यस्तै, कोरोना संक्रमणबाट थप ७ […]

माघ १४ गतेबाट कोरोनाको खोप लगाइने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on माघ १४ गतेबाट कोरोनाको खोप लगाइने.

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप माघ १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् । मन्त्री त्रिपाठीले […]

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई.

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग आज बिवाह गरेका हुन् । मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरुको सहभागिता रहेको थियो । मुख्यमन्त्री राईले ४९ वर्षको उमेरमा विवाह गरेका हुन् भने बेहुली जाङमु शेर्पा २३ वर्षीया हुन् । […]

भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी मुख्यमन्त्री बन्दै

Published: in विश्व समाचार by . Leave a Comment on भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी मुख्यमन्त्री बन्दै.

एजेन्सी । भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो । राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेकी हुन् ‌। उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएअनुसार गोस्वामी आज (आइतबार) एक दिनका लागि मुख्यमन्त्री नियुक्त हुनेछिन्‌ । […]

कोरोना खोप आज सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना खोप आज सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने.

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ । त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । सम्भवतः आगामी बुधबारदेखि नै खोप लगाउन सुरु […]

मित्रता : जीवनमा सफलता र खुसीका लागि

Published: in टिप्स/जानकारी by . Leave a Comment on मित्रता : जीवनमा सफलता र खुसीका लागि.

हामी जीवनमा सफलता हासिल गर्ने आकंक्षा राख्छौं । केही गर्न खोज्छौं । यसरी कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नका लागि हामीले यस्तो साथीहरुको सर्कल तयार गर्नुपर्छ, जसले हामीसँग सहयोग र समर्थनको हातेमालो गरोस् । हामी कुनै पेशा गर्छौं, त्यसमा थप उन्नती गर्न पनि हामीलाई साथी चाहिन्छ । हामी कुनै व्ययसाय वा उद्यम गर्न चाहन्छौं, त्यसका लागि […]

नेकपा स्थायी कमिटी बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा स्थायी कमिटी बैठक बस्दै.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पेरिसडाँडामा बस्ने बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुनेछ । नेकपाले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने […]

चिकित्सा शिक्षा आयोगको शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on चिकित्सा शिक्षा आयोगको शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन दिएका छन् । आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रूपैयाँबाट वृद्धि गरी ४८ […]