Sajhamanch Archive

उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न मानवअधिकार आयोगको माग

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न मानवअधिकार आयोगको माग.

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै किसानको बक्यौता रकम उपलब्ध नगराउने उद्योगीहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन समेत सरकारसँग माग गरेका छन् । सरकार र उखु किसान संघर्ष समिति बीच […]

तातोपानी नाका तीन साताका लागि बन्द हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on तातोपानी नाका तीन साताका लागि बन्द हुने.

काठमाडौं । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि (२१ जनावरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार […]

३१८ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ३१८ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा ३८३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ । […]

राष्ट्रिय सभाको नमुना बैठक बसेर संसद विघटनको विरोध

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय सभाको नमुना बैठक बसेर संसद विघटनको विरोध.

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा राष्ट्रिय सभाको नमुना बैठक गरी बिरोध जनाइएको छ । नेपाल टिन लिडर्सको आयोजनामा बुधबार काठमाडौंमा राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो । नमुना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए । सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा […]

नेपाललाई भारतले दिने भयो १० लाख डोज कोरोनाको खोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपाललाई भारतले दिने भयो १० लाख डोज कोरोनाको खोप.

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए । मन्त्री त्रिपाठीले खोप ल्याउने […]

संसद विघटन : बहस गर्न आधा घण्टा समय तोकियो

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on संसद विघटन : बहस गर्न आधा घण्टा समय तोकियो.

काठमाडौं । संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ । प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिएका हुन् । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डासाबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौं ।’ वरिष्ठ अधिवक्ता […]

प्रमोदले ल्याए ‘उनको हात मेरो सिरानी’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on प्रमोदले ल्याए ‘उनको हात मेरो सिरानी’.

गायक प्रमोद खरेलको स्वर, महेश खड्काको संगीतमा तयार भएको ‘उनको हात मेरो सिरानी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रमेश घिमिरेको शब्द छ । यो गीतको भिडियोमा लक्ष्मी वर्देवा, दिना घिमिरे र गीतकार रमेश घिमिरेले अभिनय गरेका छन् । प्रिन्स्पन कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियोमा नरेश ऐरको छायांकन, नविन निरौलाको सम्पादन छ ।

सुनको मूल्य बढ्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य बढ्यो.

झापा । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि सामान्य […]

भारतले अनुदानमा दिने कोरोना विरुद्धको खोप याे हप्ता भित्रै नेपाल आइपुग्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भारतले अनुदानमा दिने कोरोना विरुद्धको खोप याे हप्ता भित्रै नेपाल आइपुग्ने.

काठमाडौं । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने कोरोना विरुद्धको खोप यो हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । खोप ल्याउने बारे थप जानकारी दिन आज दिउँसो स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा नै भारतबाट ल्याउने खोपको मात्रा […]

नवनिर्वाचित राष्ट्रपति बाइडेनले आज शपथ लिँदै

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on नवनिर्वाचित राष्ट्रपति बाइडेनले आज शपथ लिँदै.

एजेन्सी । अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि पदभार ग्रहण गर्दैछन् । नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ-ग्रहण गरेपछि उनीहरुको कार्यकाल सुरु हुनेछ । यहि जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सत्तारोहण समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । […]