Sajhamanch Archive

प्रदेश–१ कांग्रेस संसदीय दलको बैठक सुरु

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रदेश–१ कांग्रेस संसदीय दलको बैठक सुरु.

विराटनगर । प्रदेश नम्बर–१ सरकारविरुद्ध परेको अविश्वासको प्रस्ताव र संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सरकारमा सामेल हुने/नहुने अथवा तटस्थ बस्ने भन्ने निर्धारण गर्न दलको बैठक बसेको प्रमुख सचेतक केदार कार्कीले बताए । यसबारे बैठकमा छलफल हुने उनको भनाइ छ । कांग्रेसको बैठक प्रदेशसभा सचिवालयमा […]

ओलीलाई स्पष्टीकरणको पत्र बोकेर ‘तीन भाइ’ बालुवाटारमा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओलीलाई स्पष्टीकरणको पत्र बोकेर ‘तीन भाइ’ बालुवाटारमा.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको छ । नेकपाको स्थायी कमिटी बैठकको निर्णयअनुसार ओलीलाई आज पत्र बुझाएको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल पत्र बोकेर बालुवाटार पुगेका थिए । “पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने […]

कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार.

एजेन्सी । कोरोना भाइरसको महामारीका बीच सन् २०२० मा चीनको अर्थतन्त्रमा सुधार आएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२० मा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २ दशमलव ३ प्रतिशतले बढेको उल्लेख गरिएको छ । चीनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा चालेको प्रभावकारी कदम र अन्य व्यापार व्यवसायका लागि आपत्कालीन राहतको […]

पूर्व मुख्यसचिव रेग्मी राजदूत नियुक्त

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पूर्व मुख्यसचिव रेग्मी राजदूत नियुक्त.

काठमाडौं । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । रेग्मीले गत असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए । रेग्मीलाई सरकारले उनले राजीनामा गरेकै दिन बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट तीन सांसदले लिए हस्ताक्षर फिर्ता

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट तीन सांसदले लिए हस्ताक्षर फिर्ता.

झापा । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश १ का तीनजना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् । सांसदहरु झापाकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु उपयुक्त नठानेको भन्दै फिर्ता लिएको बताएका छन् । उनीहरुले प्रदेशसभाका सचिवलाई पत्र लेखेर भनेका छन् ‘प्रदेश सरकारका विरुद्ध त्यहाँ कार्यालयमा […]

३२२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ३२२ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७४ जना निको भएर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । […]

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश.

काठमाडौं । निर्वाचन आयोगले आयोगबाट वर्षभरि गरिएका कामकारबाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन् । संवैधानिक निकायले आफ्नो कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अमेरिकामा गोली चल्दा एकको मृत्यु, ६ घाइते

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकामा गोली चल्दा एकको मृत्यु, ६ घाइते.

एजेन्सी । अमेरिकाको एरिजोनास्थित फिनिक्स सहरमा आइतबार गोली चलेको छ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहको पूर्वसन्ध्यामा अमेरिकी सहरमा गोली चलेको हो । फिनिक्स पुलिस डिपार्टमेन्टका अनुसार एक नाइटक्लबमा गोली चलेको हो । घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीले दिएको जानकारीअनुसार घटनास्थलमा सातजना मानिसहरु गोली लागेर […]

नेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस.

काठमाडौं । बेलायतबाट आएका तीन नेपाली नागरिकमा नयाँ ‘भेरियन्ट’भाइरस देखा परेको पुष्टि भएको छ । दुई पुरुषसहित ( उमेर ६७ र ३२) एक महिलामा (उमेर २८) उक्त भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आएका नागरिकको स्वास्थ्य परीक्षण गर्नलाई विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो […]

नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन.

काठमाडौँ । आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिए । चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा नयाँ […]