Sajhamanch Archive

बार्सिलोनालाई हराउदै बिल्वाओ च्याम्पियन

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोनालाई हराउदै बिल्वाओ च्याम्पियन.

एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । बिल्बाओका लागस ओस्कार डे मार्कोस, असियर भिलालिब्रे र एनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरे । […]

प्रतिनिधिसभा विघटन मुद्दा : आज पनि सुनुवाइ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभा विघटन मुद्दा : आज पनि सुनुवाइ.

काठमाडौं .। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ । संवैधानिक इजलासमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि नियमित सुनुवाइ हुन लागेको हो । हिजो रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा […]

चारआली जेसिजको आठौं साधारणसभा सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on चारआली जेसिजको आठौं साधारणसभा सम्पन्न.

मेचीनगर । चारआली जेसिजको आठौं साधारणसभा तथा नयाँ नेतृत्व चयन कार्यक्रम शनिबार सम्पन्न भएको छ । चारआली जेसिज वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौलाको सभापतित्वमा भएको कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष विष्णु रिमाल, पूर्व अध्यक्ष राजेश गिरी, तीर्थ घिमिरे, धनबहादुर तामाङ, रोहित दाहाल र जेसिजका सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा वर्ष २०२० का अध्यक्ष […]

प्रतिनिधिसभा विघटनको रिटमाथि आजको सुनुवाइ सकियो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभा विघटनको रिटमाथि आजको सुनुवाइ सकियो.

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको सुनुवाइ सकिएको छ । संविधानविद् भीमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता सुनीलकुमार पोख्रेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गरेका थिए । दुवैले प्रतिनिधिसभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने भन्दै विघटन असंवैधानिक भएको जिकिर गरेका थिए । प्रधानमन्त्री संसद्‌मा नगएको र प्रतिनिधिसभाले प्रधानमन्त्रीलाई असहयोग पनि नगरेको अवस्था रहेकाले संसद् […]

२६६ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on २६६ जनामा कोरोना संक्रमण.

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ […]

जन्मदिनमा निश्चलले घोषणा गरे ‘जिन्दाबाद’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on जन्मदिनमा निश्चलले घोषणा गरे ‘जिन्दाबाद’.

निर्देशक तथा अभिनेता निश्चल बस्नेत आइतवारबाट ४० वर्षका भएका छन् । पहिलो पटक फिल्म ‘लुट’ निर्देशन गरेपछि चर्चामा आएका उनी श्रीमती स्वस्तिमा खड्का र निर्देशक हेमराज विसीसँग जन्मदिन मनाउन मकवानपुरको चित्लाङ पुगेका छन् । ‘लुट’ बाट नेपाली फिल्मको धार नै परिवर्तन गरेका निर्देशक बस्नेतले यसपछि ‘टलकजंग भर्सेज टुल्के र लुट २’ निर्देशन गरेका थिए । […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता.

काठमाडौं । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच के के कुराकानी भएको भन्ने बाहिर आइसकेको छैन् । संसद विघटनपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तालाई बाक्लो बनाउँदै आएका छन् । संसद विघटनपछि सत्तारुढ दल नेकपामा समेत […]

बाइडनको शपथग्रहण अगाडि प्रदर्शनको आशंका

Published: in विश्व समाचार by . Leave a Comment on बाइडनको शपथग्रहण अगाडि प्रदर्शनको आशंका.

एजेन्सी । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले यही जनवरी २० ( माघ ७ गते) शपथ ग्रहण गर्दैछन् । ६ जनवरीमा अमेरिकी संसद क्यापिटल […]

सुनको भाउ तोलामा ७०० ले ओरालो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ तोलामा ७०० ले ओरालो.

झापा । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । शुक्रबार ९२ हजार ५ सयमा करोबार भएको सुनको भाउ आइतबार ९१ हजार ८ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबारका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार […]

१० नेपालीद्वारा के टू हिमालको सफल आरोहण, विश्व रेकर्ड कायम

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १० नेपालीद्वारा के टू हिमालको सफल आरोहण, विश्व रेकर्ड कायम.

काठमाडौं । १० जना नेपाली आरोहीहरुको समूहले पाकिस्तानमा रहेको के टू हिमालको सफल आरोहण गरेको छ । अत्यन्तै खतरनाक मानिने के टू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन । सबैभन्दा कम समयमा विश्वका १४ वटै हिमाल आरोहणको रेकर्ड बनाएका आरोही निर्मल पूर्जासहितको टोली शनिबार बेलुकी सवा पाँच बजे शिखरमा पुगेको टोलीमा सहभागी मिङ्मा डेभिड […]