Sajhamanch Archive

तोलामा ८ सयले घट्यो सुनको भाउ

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on तोलामा ८ सयले घट्यो सुनको भाउ.

काठमाडौं । सुनचाँदीको भाउ घट्नेक्रम सोमबार पनि जारी रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पुनः ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । हिजो आइतबार तोलाको ९३ हजार […]

हामीले व्यहोरेको राजनीति कति इमान्दार छ : पूर्वराजा शाह

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on हामीले व्यहोरेको राजनीति कति इमान्दार छ : पूर्वराजा शाह.

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताको निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै शाहले जनचाहनाअनुसार अघि बढ्नु नै शाहवंशीय राजपरम्पराको विशेषता भएको बताएका छन् । आफ्नो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन भएको भन्दै उनले भनेका छन्, ‘तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र […]

प्रधानमन्त्रीलाई प्रचण्ड–माधव समूहको चेतावनी : पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याऊ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीलाई प्रचण्ड–माधव समूहको चेतावनी : पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याऊ.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ । संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वक्तव्य जारी गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै आएका छन् । आइतबार मात्र राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै आलोचना गरेका थिए । नेकपा प्रचण्ड–माधव […]

तेस्राे टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on तेस्राे टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने.

एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने भएको छ । ४०७ रनको लक्ष्य पछ्याएको भारतले चौथो दिनको समाप्तीमा २ विकेट गुमाएर ९८ रन बनाएको छ । अब अन्तिम दिन भारतले जितका लागि ३०९ रन बनाउनु पर्नेछ । रोहित शर्मा ५२ र शुभमन गिल ३१ रन बनाएर आउट भए । चेतेश्वर […]

कोरोनापछि २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास) by . Leave a Comment on कोरोनापछि २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए.

काठमाडौं । कोरोनाको कारण स्थगित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्र २६ हजार ४९ जना जना नेपाली भिजिट भिसामा बाहिरिएका छन् । कोरोनाको असर नेपालमा देखिन सुरु भएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो […]

प्रदेश १ मा २३ कोरोना संक्रमित थपिए, ३५ जना डिस्चार्ज

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २३ कोरोना संक्रमित थपिए, ३५ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आइतबार २३ कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुम र इलाममा १-१ र प्रदेश १ बाहिरका दुईजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश राजधानी विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १-१, सुनसरीको इटहरीमा ३ र बराह क्षेत्रमा १, झापाको गौरादह र […]

ऋतिकको जोडी दीपिका

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ऋतिकको जोडी दीपिका.

अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण पहिलो पटक सिल्भर स्क्रिनमा एकसाथ देखिने भएका छन् । ‘वार’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’ मा उनीहरुको जोडी बाँधिएको छ । आइतवार ऋतिकको जन्मदिनमा अवसरमा यो फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो । निर्देशक अनन्दले एक भिडियोमार्फत् फिल्मको घोषणा गरेका हुन् । ऋतिकले फिल्मको मोसन […]

प्रदेश १ र २ मा आंशिक बदली, जाडो बढ्ने पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ र २ मा आंशिक बदली, जाडो बढ्ने पूर्वानुमान.

झापा । मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका विभिन्न भूभागमा मौसम बदली भइ जाडो बढ्ने बताएको छ । महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ । महाशाखाले आज बिहान मौसमसम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न […]

प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् । आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख गरिएको छैन । तर, प्रधानमन्त्री ओलीले आफैं […]

बुधबारे जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on बुधबारे जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न.

बुद्धशान्ति । बुधबारे जेसीजको आठौं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । बुधबारे जेसीज बर्ष २०२० का अध्यक्ष जेसी नन्दु राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल रहेका थिए । पद हस्तान्तरण समारोहमा जेसीजले विवेचना दैनिकका सह सम्पादक तीर्थ तिम्सिनासहित बर्ष उत्कृष्ट जेसीका रुपमा बिनोद रिजाल, जग्गादाता ज्ञानेन्द्र […]