काठमाडौं । प्रतिनिधि सभा विघटनबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि निर्वाचन आयोगले चुनावको लागि आवश्यक तयारी अघि बढाएको छ । आउँदो वैशाख १७ र २७ गते चुनावको मिति घोषणा भइसकेकाले त्यसअनुसार तयारी थालिएको आयोगले जनाएको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी प्रक्रियासँगै मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम सुरु गरेको हो । […]
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले लगालग फिल्ममात्रै खेलिरहेका छैनन् । आफ्नो फिल्मको जोखिम रकम रहन्छ र फाइदा कमाउने अवसर धेरै छ भन्ने दृष्टान्त पनि पेश गरिरहेका छन् । यसैबीच उनले आफ्नो पारिश्रमिक पनि निकै बढाएका छन् । मिशन मंगलको शान्दार सफलतापछि अक्षयले यस फिल्मका निर्देशक जगन शक्तिसँग मिलेर साईन्स–फिक्सन थ्रिलर मुभी गर्ने योजना बनाइरहेका […]
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ५२१ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ६९९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका […]
एजेन्सी । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । जानकारीका अनुसार उक्त वार्डमा करिब १७ शिशु भर्ना गरिएको थियो […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ । पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ गएका थिए । पाँच दिन मुम्बइमा पत्नीसँगै रहेका प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् । लामो समयदेखि पत्नी सीता दाहाल बिरामी छिन् । […]
काठमाडौं । चीनले दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, अफगानिस्तान, नेपाल, श्रीलंका र बंगलादेशसँग कोभिड–१९, गरिवी निवारण र अन्य क्षेत्रिय विषयमा छलफल गरेको छ । यसबाहेक कोरोना महामारीका कारण अवरुद्ध भएको व्यापार र आर्थिक सम्बन्धको बारेमा पनि छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होउ थुनयिङले जनवरी ६ मा महानिर्देशक वर्किङ […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले देश र विदेशका कम्युनिष्ट विरोधीहरूलाई हसाउँदै शुरू भएको लडाई बन्द गर्न र एकतामा फर्कन नेताहरूलाई आग्रह गरेका छन्। नेकपा राष्ट्रिय एकता अभियानका संयोजकको हैसियतबाट गौतमले अपील जारी गरेका हुन्। विज्ञप्तिमा उनले पार्टी विभाजनउन्मुख हुनु नेताहरूको अयोग्यता कारक भएको पनि उल्लेख गरेका छन्। आफू दुबै […]
काठमाडौं । चारजना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको बताएका छन् । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधि सभा विघटन संवैधानिक नभएको बताएका हुन् । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा त्यो प्रयोजनबाहेक अर्को अवस्थामा संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै आकर्षित नहुने धारा […]
काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले केपी शर्मा ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित जनप्रतिनिधि भेलामा नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका हुन् । उनले सूर्य चिह्न कसको हुन्छ भन्ने कुरामा समेत […]
एजेन्सी । भारतविरुद्धको तेस्रो टेष्टको दोस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले २४२ रनको अग्रता बनाएको छ । अस्ट्रेलियाले पहिलो इनिङ्समा ३३८ रन बनाएपछि दोस्रो दिनमै पहिलो इनिङ्स सुरु गरेको भारतले २ विकेट गुमाएर ९६ रन बनाएको हो । भारतका चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहानले ५ रनमा अविजित छन् । ओपनर शुभमन गिलले ५० रन बनाए […]