Sajhamanch Archive

तातोपानी नाका फेरि बन्द हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on तातोपानी नाका फेरि बन्द हुने.

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख नाका तातोपानी नाका फेरि बन्द हुने भएको छ । भूकम्पपछि अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको जनाइएको छ । भोटेकोशी नदीमा बर्खाको बाढीका कारण पुलको जगमा क्षति पुगेको छ । पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गर्ने […]

कांग्रेसको बैठक सर्‍यो

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसको बैठक सर्‍यो.

काठमाडौं । नेपाली कांग्रेसको यही पुस २७ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठक माघ ६ गतेका लागि सारिएको छ । प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शनको राखेको छ । २५ गतेको प्रदर्शनमा नेताहरु सहभागी हुने भएकाले फर्कन समय […]

दम्पतीबीच फाटेको सम्बन्धलाई कसरी जोड्ने ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on दम्पतीबीच फाटेको सम्बन्धलाई कसरी जोड्ने ?.

प्रत्येक सम्बन्धमा एक समय यस्तो आउँछ जब तपाईंको साथीले तपाईंलाई आपत्तिजनक लाग्ने व्यवहारहरू गरिरहेको हुन सक्छ । यस्तो अवस्थामा तपाईंमा चोट पुगेको हुन सक्छ या तपाईंको व्यवहारले तपाईंको साथीलाई चोट पुर्‍याइरहेको हुन सक्छ । धेरै चोटि तपाईं यी चीजहरूलाई बेवास्ता गर्न सक्नुहुन्छ वा यी कुराहरू तपाईंले मतलब नगरिरहेको हुन सक्नुहुन्छ । हुनसक्छ तपाईं भित्रैदेखि धेरै […]

५५४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ५५४ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ८५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार […]

कतारमाथिको नाकाबन्दी हटेकोमा नेपालद्वारा स्वागत

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कतारमाथिको नाकाबन्दी हटेकोमा नेपालद्वारा स्वागत.

काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने निर्णय गरेकोमा स्वागत गर्दै यसलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘सो कदमले काउन्सिलका सदस्य मुलुकहरुको बीचमा रहेका महत्वपूर्ण विषय […]

बाबुराम भट्टराई भन्छन्- ओली इमानदार तानाशाह

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बाबुराम भट्टराई भन्छन्- ओली इमानदार तानाशाह.

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन् । झापा विद्रोहपछि जेलबाट निस्केका ओली त्यसपछिका दिनमा सधैं परिवर्तन विरोधी रहेको भट्टराईको आरोप छ । नेकपा प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओली गणतन्त्रदेखि संघीयतासम्मको विरोधी भएको आरोप लगाए […]

के हो यौन लत ? यसबाट कसरी पाउने छुटकारा ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on के हो यौन लत ? यसबाट कसरी पाउने छुटकारा ?.

कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो । यसैगरी यौनको लत अर्थात् बार-बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उत्‍तेजित हुनु पनि मानसिक समस्या हो भन्ने चिकित्सकहरू बताउँछन् । एक शोधका अनुसार जो मान्छेले यस मामलामा आफैँले आफैँलाई काबुमा राखेको हुँदैन उसले आफैँलाई नोक्सानी ब्यहोराएर बसिरहेको हुन्छ । मनोवैज्ञानिकहरू यस […]

प्रदेश १ मा लाइसेन्सको ट्रायलको जिम्मा निजी क्षेत्रलाई

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश १ मा लाइसेन्सको ट्रायलको जिम्मा निजी क्षेत्रलाई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सवारी लाइसेन्स परीक्षाका लागि लिने प्रयोगात्मक परीक्षा (ट्रायल) को जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेका छन् । सरकारले सञ्चालन गरिरहेको ट्रायल सेन्टर बन्द गरेर निजीलाई दिने निर्णय गरेका हुन् । प्रदेश १ मा यातायात व्यवस्था कार्यालय झापा र सुनसरीले जग्गा भाडामा लिएर निशुल्क रुपमा ट्रायल सेन्टर सञ्चालन […]

४०९ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ४०९ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ९५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार १६१ […]

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीले दिए राजीनामा

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीले दिए राजीनामा.

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले पदबाट राजीनामा दिएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरका हुन् । विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको पनि उनले बताए । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् […]