Sajhamanch Archive

मोटरसाइकलबाटै थुतेर महिलालाई बाघले लग्यो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मोटरसाइकलबाटै थुतेर महिलालाई बाघले लग्यो.

बर्दिया । बर्दियामा पाटेबाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार ती महिलामाथि पाटे बाघले आक्रमण गरेको हो। महिला अझैसम्म फेला परेकी छैनन्‌। कैलालीको लम्किचुहा नगरपालिका वडा नं.४ कि ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ। […]

आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै प्रचण्ड-नेपाल समूह.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । यसअघि काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न गरेको प्रचण्ड–नेपाल समूहले सरकारको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अनौपचारिक […]

दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने तयारीमा नेपाल

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने तयारीमा नेपाल.

काठमाडौँ । सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीतिको कार्यान्वयनका रूपमा नेपाल दूरसञ्चार प्राधिकरणले भू–उपग्रह राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, कानुनी संरचना, ढाँचा, व्यावसायिक ढाँचा, प्राविधिक आवश्यकता (टेक्निकल रिक्वायरमेन्ट), बिड डकुमेन्ट तयार गर्ने प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । त्यसक्रममा सम्पूर्ण नीति तयार […]

म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

Published: in खेलकुद by . Leave a Comment on म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित.

एजेन्सी । एन्थोनी मार्सियाल र ब्रुनो फर्नान्डेसको गोल सहयोगमा पछिल्लो समय उच्च लयमा रहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गरेको छ । युनाइटेडले एस्टन भिल्लामाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको हो । भिल्लाका बर्टान्ड ट्राओरेले गरेको गोल सान्त्वना बन्यो । ओल्डट्राफोर्डमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको ४०औं मिनेटमा मार्सियालको […]

मौसम पूर्वानुमानः हिमपात र वर्षाको सम्भावना

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मौसम पूर्वानुमानः हिमपात र वर्षाको सम्भावना.

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले देशमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको जनाएको छ । यसैगरी महाशाखाले आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश […]

आन्दाेलन छाडेर चुनावकाे तयारीमा लाग्नुस् : सञ्चारमन्त्री गुरुङ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आन्दाेलन छाडेर चुनावकाे तयारीमा लाग्नुस् : सञ्चारमन्त्री गुरुङ.

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरूलाई आगामी वैशाखमा हुने चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् । शुक्रबार नेपाल सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलन गर्ने राजनीतिक दलहरूलाई आगामी वैशाखमा घोषणा भएको चुनावको तयारीमा लाग्न अनुरोध गरेका हुन् । उनले […]

जब बुवाआमा झगडा गर्छन्

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on जब बुवाआमा झगडा गर्छन्.

सन् २०१२ मा अमेरिकन जर्नल चाइल्ड डेभलोपमेन्टमा प्रकासित एक रिपोर्ट अनुसार सानै उमेरदेखि बुवाआमाको झगडा झेल्दै आएका बच्चाहरुमा पछि मानसिक समस्या देखापर्ने गर्छ । उनीहरुमा डिप्रेसन, एन्जाइटी जस्ता समस्या निम्तने भय रहन्छ । त्यती मात्र होइन, बुवाआमाको झगडाको कारण उनीहरुमा केही नयाँ सिक्ने र बुझ्ने क्षमतामा पनि कमी आउँछ । उनीहरु इमोशनली डिस्टब्र्ड हुनपुग्छन् । […]

प्रधानमन्त्रीलाई बालबालिकाको प्रश्न– सरकारले कोरोनाको भ्याक्सिन कहिले ल्याउँछ ?

Published: in राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्रीलाई बालबालिकाको प्रश्न– सरकारले कोरोनाको भ्याक्सिन कहिले ल्याउँछ ?.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालबालिकाले कोरोनाको भ्याक्सिन कहिले आउँछ भन्दै प्रश्न गरेका छन् । बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनीहरुले प्रधानमन्त्री ओलीलाई कोरोनाको भ्याक्सिन कहिले आउँछ भन्दै प्रश्न गरेका थिए । “हामी अझै पनि विद्यालय जान सकेका छैनौँ । हाम्रो देशमा कोरोनाको भ्याक्सिन आउला ? शान्त वातावरणमा स्कुल जान कहिले पाइएला ?,” एक छात्राको प्रश्न […]

युनियन लाइफ इन्स्योरेन्सद्वारा फुयाललाई एमडिआरटी सम्मान

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on युनियन लाइफ इन्स्योरेन्सद्वारा फुयाललाई एमडिआरटी सम्मान.

मेचीनगर । युनियन लाइफ इन्स्योरेन्स कम्पनी भद्रपुर शाखाले नेपालको पहिलो एकदिने एमडिआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले होटेल मेची क्राउन धुलाबारीको सभाहलमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी बिर्तामोड नगरपालिका निवासी बिमला फुयाललाई एमडिआरटी सम्मान गरेको हो । कोभिड-१९ को यस विषम परिस्थतीमा पनि एकैदिनमा मिलियन डलर राउन्ड टेबलको सदस्य बनेको अवसरमा कम्पनीले फुयाललाई […]

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ मा बस्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय सभाको अर्को बैठक पुस २३ मा बस्ने.

काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते बस्ने भएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक पुस २३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी बोलाएका छन् । आज बसेको बैठकमा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी दलका नेताहरूले दलका तर्फबाट धारणा राखेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विषयमा […]