Sajhamanch Archive

कोरोना संक्रमणबाट झापामा १३१ जनाको मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट झापामा १३१ जनाको मृत्यु.

झापा । झापामा आज थप २ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १ जना महिला र १ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा मेचीनगर नगरपालिका वडा नं.७ र ८ का १ जना महिला र १ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए । झापामा हालसम्म कोरोना संक्रमणबाट १३१ […]

नवनियुक्त मन्त्रीहरुलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट 

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नवनियुक्त मन्त्रीहरुलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट .

काठमाडौं । नवनियुक्त मन्त्रीहरुलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति तथा हेरफेरविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । रिटमा नवनियुक्त मन्त्रीहरूलाई काम गर्न नदिनू भनी अन्तरिम आदेश माग गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयलाई […]

अष्ट्रेलिायामाथि भारतको सानदार जित

Published: in खेलकुद by . Leave a Comment on अष्ट्रेलिायामाथि भारतको सानदार जित.

एजेन्सी । भारतले अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट ८ विकेटले जितेको छ । जितका लागि अष्ट्रेलियाबाट पाएको ७० रनको सामान्य लक्ष्य भारतले १५.५ ओभर खेलदै २ विकेट गुमाएर पूरा गरेको हो । बोर्डर गावास्कर ट्रफी अन्तर्गतको पहिलो टेष्ट अष्ट्रेलियाले ८ विकेटले नै जितेको थियो । दोस्रो टेष्ट जित्दै भारतले चार खेलको सिरिजमा १-१ को बराबरी गरेको छ […]

२१ दिनभित्र सबै भुक्तानी नपाए फेरि आन्दोलनमा उत्रिन्छौं

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on २१ दिनभित्र सबै भुक्तानी नपाए फेरि आन्दोलनमा उत्रिन्छौं.

काठमाडौं । उखु किसानहरुले २१ दिनभित्र उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरि आन्दोलन गर्ने बताएका छन् । सरकार र आन्दोलनरत किसानबीच सोमबार साँझ २१ दिनभित्र उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ। सरकारले २१ दिन भित्रमा भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि विश्वास गरेर सम्झौता गरेको उखु किसानहरुले बताएका छन् । तर, तोकिएको समयभित्र […]

वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन् : प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on वैशाखपछि केपी ओली प्रधानमन्त्री रहँदैनन् : प्रचण्ड.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् । ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’ संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव […]

विप्लव समूहले तीन दलसँग मिलेर रणनीतिक संयुक्त मोर्चा बनाउने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लव समूहले तीन दलसँग मिलेर रणनीतिक संयुक्त मोर्चा बनाउने.

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएको छ । विप्लव समूहले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति […]

अमिताभसँग फिल्ममा काम गर्दै रश्मिका

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अमिताभसँग फिल्ममा काम गर्दै रश्मिका.

साउथकी सुपरस्टार नायिका रश्मिका मन्दनाले नायक सिद्धार्थ मल्होत्रासँग चलचित्र ‘मिसन मज्नु’मा काम गर्ने पक्का भैसकेको छ । यो चलचित्रबाट उनी बलिउडमा डेब्यू समेत गर्ने तयारीमा छिन् । नयाँ भाषाको चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित रहेको रश्मिकाले बताएकी छिन् । उनै, रश्मिका अब बलिउडका सुपरस्टार नायक अमिताभ बच्चनसँग पनि पर्दा शेयर गर्न तयार भएकी छिन् […]

नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए । […]

चिनियाँ टोलीले भेट्यो बाबुराम भट्टराईलाई

Published: in राजनीति by . Leave a Comment on चिनियाँ टोलीले भेट्यो बाबुराम भट्टराईलाई.

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोलगायत उनको टोलीले भेट गरेको छ । अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेको भट्टराईको सचिवालयले जनाएको छ । […]

ताप्लेजुङ आगलागी : पाथीभरा मन्दिर सुरक्षित, डढेलो भने फैलिँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ताप्लेजुङ आगलागी : पाथीभरा मन्दिर सुरक्षित, डढेलो भने फैलिँदै.

काठमाडौं । हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङको पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ । मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि सुरु भएको डढेलो मन्दिर परिसरमै पुगेपछि हिजो हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकप्टरले पाँच […]