Sajhamanch Archive

बर्खास्तमा परेका मन्त्रीले दिए मुख्यमन्त्री राईलाई धन्यवाद !

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on बर्खास्तमा परेका मन्त्रीले दिए मुख्यमन्त्री राईलाई धन्यवाद !.

विराटनगर । पदमुक्त गरिएका प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन् । प्रदेश सरकारमा काम गर्ने अवसर दिएको भन्दै उनले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका हुन् । ‘‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा दुई वर्ष १० महिना काम गर्ने अवसर दिनुभएकोमा मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु,’’ उनले […]

कोरोनाका नयाँ प्रकार युरोपेली देशमा पनि धमाधम देखिन थाल्यो

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाका नयाँ प्रकार युरोपेली देशमा पनि धमाधम देखिन थाल्यो.

एजेन्सी । नयाँ प्रकारको कोरोनाभाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ वटा मुलुकमा नयाँ प्रकारको कोरोनाभाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र […]

कांग्रेस सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्‍न अपिल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्‍न अपिल.

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरका छन्। कांग्रेसले संसद् विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ । उनले आज एक अपिल जारी गर्दै पार्टीका सदस्य, शुभचिन्तक र सबै […]

कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीका लागि नयाँ परीक्षा तालिका सार्वजनिक

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीका लागि नयाँ परीक्षा तालिका सार्वजनिक.

काठमाडौं । कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । कक्षा १२ […]

आत्मनिर्भर महिला सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on आत्मनिर्भर महिला सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न.

बिर्तामोड । बिर्तामोडस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । प्रदेश नं.१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ५० लाख ६९ हजार ४३४ रुपैयाँको खुद नाफा गरेको […]

कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस केन्द्रीय समिति बैठक १९ गतेसम्मका लागि स्थगित.

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक आगामी १९ गतेसम्मका लागि स्थगित भएको छ । १३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि सभापति शेरबहादुर देउवाले बैठक स्थगनको प्रस्ताव गरेपछि १९ गतेसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधसभा विघटनविरुद्ध कांग्रेसले आगामी १३ गते देशव्यापी प्रदर्शन गर्ने यसअघि नै निर्णय […]

वर्ष २०२० : काजलदेखि नेहासम्म यी सेलिब्रेटीले गरे विवाह

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on वर्ष २०२० : काजलदेखि नेहासम्म यी सेलिब्रेटीले गरे विवाह.

मुम्बई । वर्ष २०२० बलिउडका लागि कयौं कारणले सम्झिनु पर्ने हुन्छ । यो वर्ष कयौं बलिउड सेलिब्रेटीले बिदा लिएका छन् । यसै वर्ष कयौं सेलिब्रेटीको घरबार समेत भएको छ । आज अर्थात २५ डिसेम्बरमा बिग बोस फेम गौहर खानले प्रेमीसँग विवाह गरेर २०२० मा विवाह गर्ने सेलिब्रेटीको सूचीमा आफुलाई पनि उभ्याएकी छन् । यो वर्ष […]

पुस १४ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पुस १४ गतेदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने.

काठमाडौं । बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवदेन पुस १४ गतेदेखि खुल्ने भएको छ । गत चैत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय भएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार कोरोना भाइरस (कोभिड-१९) विरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको […]

पार्टी कार्यालयहरु हाम्रो हुनेछन् : माधव नेपाल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पार्टी कार्यालयहरु हाम्रो हुनेछन् : माधव नेपाल.

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नाममा भएका सम्पत्तिहरुमा दाबी गरेका छन् । शुक्रबार बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले आफू नेतृत्वको पार्टी नै वैधानिक नेकपा भएको भन्दै पार्टीको सम्पत्तिमा दावी गरेका हुन् । ‘सम्पत्तिको बारेमा पनि कुरा क्लियर छ । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हो । नेकपाका नाममा भएका जति […]

मन्त्रिपरिषद् विस्तारको तयारी

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषद् विस्तारको तयारी.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । स्रोतका अनुसार नयाँ मन्त्रीको शपथ आजै बेलुका सात बजे राष्ट्रपति कार्यालयमा हुँदैछ । राष्ट्रपति कार्यालयले पनि शपथको तयारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सात मन्त्रीले राजीनामा दिएका थिए । सोही रिक्त स्थानमा नयाँ मन्त्रीहरुलाई थप गर्न लागिएको हो ।