Sajhamanch Archive

नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक आज

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक आज.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रचण्ड–माधव नेपाल पक्षको बैठक विहान साढे ११ बजे बबरमहलस्थित एक ब्याङ्क्वेटमा बस्नेछ । बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्ने नेतृ पम्फा भुषालले जानकारी दिइन् । यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार […]

तीन नेपाली खेलाडीले टि१० लिग खेल्ने

Published: in खेलकुद by . Leave a Comment on तीन नेपाली खेलाडीले टि१० लिग खेल्ने.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने आगमी संस्करणको टि टेन लिग खेल्ने भएका छन् । बुधबार राती सम्पन्न ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका छन् । सोमपाल मराठा अरेवियन्समा अनुबन्ध भएका छन् । टि टेन सोमपालको दोस्रो […]

गृहमन्त्री बादल प्रधानमन्त्री ओलीतिर नजिकिए, वामदेव अलमलमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गृहमन्त्री बादल प्रधानमन्त्री ओलीतिर नजिकिए, वामदेव अलमलमा.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनमा तटस्थ देखिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नजिकिएका छन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको आ-आफ्नो केन्द्रीय कमिटी बैठकमा बादल गएका थिएनन् । तर उनले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् […]

कांग्रेस बैठक : निर्वाचनमा जाने कि विरोध गर्ने अन्योल कायमै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस बैठक : निर्वाचनमा जाने कि विरोध गर्ने अन्योल कायमै.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चार नेताले आफ्नो धारणा राखेसँगै भोलिसम्मको लागि स्थगित भएको छ । हिजोदेखि जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै संस्थागत धारणा बनाउने बताइएको छ । आजका बैठकमा रामशरण महत, बलबहादुर केसी, गगनकुमार थापा र आनन्द ढुंगानाले आ-आफ्नो धारणा व्‍यक्त गरे। हिजो […]

११ दिनसम्म आन्दोलन गर्दा पनि उखु किसानको माग पूरा भएन

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on ११ दिनसम्म आन्दोलन गर्दा पनि उखु किसानको माग पूरा भएन.

काठमाडौं । उखु किसानले आज (बुधबार) ११ औँ दिन पनि काठमाडौंको माइतीघरमा आन्दोलन गरेका छन् । उखु बेचेको रकम भुक्तानीको माग गर्दै किसानले बुधबार हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । गएको मङ्सिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाडौं आएर सङ्घर्ष गरिरहेका किसानले उखुको पैसा हात नपरेसम्म काठमाडौं नछाड्ने अडान लिएका छन् । […]

भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार नाघ्यो.

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ७५ हजार ११६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ५५६ संक्रमित थपिएको तथ्यांक छ । सोही अवधीमा ३०१ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा […]

तुम्बाहाम्फेद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on तुम्बाहाम्फेद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार.

ताप्लेजुङ । संविधानसभाका सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । ओली समूहको केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम समेत समावेश भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले आफू प्रचण्ड-माधव समूहमा रहेको बताएका हुन् । बुधबार एक प्रेस विज्ञप्ति जारी […]

नयाँ कोरोना भाइरस : बेलायतबाट आएकाले १० दिन क्‍वारेन्टाइन बस्‍नैपर्ने

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नयाँ कोरोना भाइरस : बेलायतबाट आएकाले १० दिन क्‍वारेन्टाइन बस्‍नैपर्ने.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै नयाँ प्रकारको कोरोना भाइरस देखा परेका ठाउँबाट नेपाल आउने नागरिकलाई अनिवार्य १० दिन होटल क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ। मन्त्रालयको कोरोना अद्यावधिक विवरणमा बुधबार मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले भाइरस संक्रमण तथा रोकथामका लागि यस्तो अनुरोध गरेका हुन्। संयुक्त अधिराज्य बेलायतमा हालै नयाँ प्रकारको कोरोना भाइरस देखा परेको […]

किन अमेरिका पुगे झरना र सुहाना ?

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on किन अमेरिका पुगे झरना र सुहाना ?.

सरकारले चैतमा लकडाउन घोषणा गरेपछि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन अनिश्चितकालका लागि रोकियो । ८ महिनासम्म फिल्म छायांकन खुल्ला नभएपछि निर्माण टिमले बाध्य भएर सरकारको निर्णयलाई चुनौती दिँदै यस वर्षको दशैंदेखि फिल्मको छायांकन सुरु गरेको थियो । मंसिर दोस्रो सातासम्म चलेको फिल्मको छायांकन दुई महिनाका लागि स्थगित गरिएको छ । कोरोना संक्रमणका कारण […]

बाल संजालको अध्यक्षमा खेमराज

Published: in शिक्षा, समाज by . Leave a Comment on बाल संजालको अध्यक्षमा खेमराज.

८ पुस । झापा । खेमराज चापागाईलाई अध्यक्षमा चयन गर्दै कनकाई नगरस्तरिय बाल संजालको तेश्रो अधिवेशन सम्पन्न भएको छ । जेसिस भवन सुरुङ्गामा बुधबार सम्पन्न तेश्रो अधिवेशनले चापागाईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संजालको उपाध्यक्षमा हिमाल थापा मगर, सचिव प्रतिमा आचार्य, सहसचिव सार्थक निरौला, कोषाध्यक्ष प्रिती रिजाल, सदस्यहरुमा अभिषेक मिश्र, अनुप भट्टराई, नविना आचार्यलाई […]