Sajhamanch Archive

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक.

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । राष्ट्रपतिले आज संसद विघटन गरेसँगै देशभर यसको विरोध भएको र पार्टीले चाल्ने आगामी कदमबारे छलफल गर्न कांग्रेसले बैठक डाकेको हो । केन्द्रीय समिति बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको कांग्रेसले जनाएको छ । आगामी ७ गते दिउँसो १ बजे […]

नवजात शिशुको लागि सम्पूर्ण आहार–स्तनपान

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on नवजात शिशुको लागि सम्पूर्ण आहार–स्तनपान.

भनिन्छ, स्तनपानले आमा र बच्चाबीचको ममतालाई अझ प्रगाढ बनाइदिन्छ । चिकित्सकले पनि हरेक आमालाई स्तनपान गराउन सल्लाह दिने कारणहरु मध्ये यो पनि एक हो । स्तनपान गराउनु शिशु र आमा दुबैलाई मानसिकका साथै स्वास्थ्यको हिसाबले पनि फाइदजनक हुन्छ । स्तनपानको गराउनुका धेरै फाइदा हुँदाहुँदै पनि अहिलेका आमाहरुले आफ्ना शिशुलाई विभिन्न कारणले गर्दा स्तनपान गराउँदैनन् । […]

प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६० जना डिस्चार्ज, ३७ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आइतबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा १६, इलाममा ७, झापामा ५, सुनसरी र संखुवासभामा २-२, ओखलढुंगामा १ र प्रदेश १ बाहिरका चारजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८, पथरीशनिश्चरेमा ३, बूढीगंगामा २, सुनवर्षी, कटहरी र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा ७, […]

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । यो प्रस्ताव पर्सि ७ गते बोलाइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद […]

झापामा थप २१ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २१ जनामा कोरोना.

बिर्तामोड । झापामा आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र ८ जना पुरूष रहेका छन् । संक्रमित हुनेहरुमा बिर्तामोडमा ७ महिलासहित ८ जना, दमकमा २ जना महिला र २ जना पुरुष, शिवसताक्षीका १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै […]

बच्चाको लागि नियमित शारीरिक अभ्यासको आवश्यकता

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on बच्चाको लागि नियमित शारीरिक अभ्यासको आवश्यकता.

व्यायाम हरेक व्यक्तिलाई फिट राख्नको लागि एक उत्तम विकल्प हो, जसको मद्दतले हामी धेरै रोगहरूबाट बच्न सक्छौं । व्यायाम सबै उमेर समूह र सबै वर्गका मान्छेको लागि अनिवार्य हुन्छ । बच्चाहरुले निरन्तर अभ्यासमा आसस्यता देखाउँदा उनीहरुमा मोटोपना जस्ता समस्याहरु सिर्जना हुने गर्छन् । सधैं फिट रहनको लागि बच्चाहरूलाई पनि व्यायाम, शारीरिक गतिविधि वा खेल जस्ता […]

राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । यसअघि नेकपामा अध्यक्षमेत रहेका ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटन् शनिबार बिहान खुमलटार पुगेका थिए। उनले त्यहाँ दाहाललाई भेटेर गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेका थिए । प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाभित्र यसले तरंग ल्याएको छ। अध्यादेशप्रति अध्यक्ष दाहाल […]

राप्रपाले पुस १७ गते प्रदर्शन गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राप्रपाले पुस १७ गते प्रदर्शन गर्ने.

काठमाडौं । हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस १७ गते उपत्यकामा प्रदर्शन गर्ने भएको छ । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफूहरुको पनि समर्थन रहेको बताए । राप्रपाले झापा, मकवानपुर लगायतका जिल्लामा […]

थप ७१० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ७१० जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर १ हजार १७५ जना डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म […]

कोरोना सङ्क्रमित अब १० दिन मात्रै क्वरेण्टीन वा आइसोलेशनमा बसे हुने

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमित अब १० दिन मात्रै क्वरेण्टीन वा आइसोलेशनमा बसे हुने.

काठमाडौं । सरकारले कोभिड-१९ सङ्क्रमितको क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । अब कोरोना सङ्क्रमण भए सङ्क्रमित १० दिनमात्रै क्वरेण्टीन तथा आइसोलेशनमा बसे हुने भएको हो । यसअघि सङ्क्रमित क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि १४ दिन रहेको थियो । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण नसर्ने देखाएपछि क्वरेण्टीन वा आइसोलेशनमा बस्नुपर्ने समय अवधि घटाइएको स्वास्थ्य […]