Sajhamanch Archive

राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाऊँ भनौं : अध्यक्ष थापा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाऊँ भनौं : अध्यक्ष थापा.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको कार्यक्रममा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए । उनले उक्त आन्दोलनलाई उत्सुकतापूर्वक हेरिएको पनि बताएका छन् । “राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाउँ भनौं,” […]

बलात्कार मुद्दामा सिद्धबाबाले जिल्ला अदालतबाट पाए सफाइ

Published: in समाज by . Leave a Comment on बलात्कार मुद्दामा सिद्धबाबाले जिल्ला अदालतबाट पाए सफाइ.

विराटनगर । बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सिद्धबाबाले सफाइ पाउने ठहर भएको जानकारी दिए । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता […]

थप १०१४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १०१४ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२२० परीक्षणमा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १६२८ जना डिस्चार्ज भएका छन् । […]

निद्रा लिनुहोस् : न धेरै, न थोरै

Published: in टिप्स/जानकारी by . Leave a Comment on निद्रा लिनुहोस् : न धेरै, न थोरै.

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका बदलिदिएको छ । राति अबेरसम्म काम गर्नु वा रात्रिकालीन काम गर्नु अब धेरैको बाध्यता बनेको छ । […]

नेपालमा हेलिकप्टर सेवा : १० वर्षमा १४ दुर्घटना

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमा हेलिकप्टर सेवा : १० वर्षमा १४ दुर्घटना.

काठमाडौं । छिनछिनमा परिवर्तन हुने मौसम, पहाडी तथा हिमाली भेगको अप्ठ्यारो भूगोल र पाइलटले लिने साहसिक निर्णयका कारण नेपालमा हेलिकप्टर उडान असुरक्षित बन्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा नेपालमा १४ वटा हेलिकप्टर दुर्घटना भएका छन् । यी दुर्घटनामा कुनै न कुनै प्रकारको क्षति भएको छ । प्राधिकरणले सन् […]

डिजेल–पेट्रोल रोकिए पनि ऊर्जा संकट नआउने गरी काम गर्दैछौं : मन्त्री पुन

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on डिजेल–पेट्रोल रोकिए पनि ऊर्जा संकट नआउने गरी काम गर्दैछौं : मन्त्री पुन.

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सबै प्रकारका अप्ठ्यारोमा समेत ऊर्जा संकट नआउने गरी सरकारले काम गरिरहेको बताएका छन् । नाकाबन्दीका समयमा डिजेल–पेट्रोलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत उत्पादन र वितरण हुने भएकाले आगामी दिनमा पेट्रोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने उल्लेख गरे । सरकारले […]

क्षुद्र ग्रहबाट ल्याइएको चट्टान अध्ययनका लागि जापान पठाइयो

Published: in विश्व समाचार by . Leave a Comment on क्षुद्र ग्रहबाट ल्याइएको चट्टान अध्ययनका लागि जापान पठाइयो.

एजेन्सी । ड्युगु नामक क्षुद्र ग्रहबाट संकलन गरिएको चट्टानको नमुना बोकेको जापानी अन्तरिक्ष यानको एक भाग दक्षिण अस्ट्रेलियाबाट संकलन गरी अध्ययनका लागि निरीक्षणपछि जापान पठाइएको छ। जापानी अन्तरिक्ष यान हायाबुसा–२ ले ड्युगुबाट संकलन गरेका ती नमुनालाई यानबाट छुट्टाएर शनिबार पृथ्वीतर्फ झारिएको थियो। सो यानले एक वर्ष सो क्षुद्र ग्रहको अध्ययन गरेको थियो। हासावुसा–२ लाई सन् […]

‘काेराेना खाेप अरू देशका नागरिकले प्रयाेग गर्ने अवस्थामा नेपालीले पनि पाउँछन्, ढुक्क हुनुस्’

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ‘काेराेना खाेप अरू देशका नागरिकले प्रयाेग गर्ने अवस्थामा नेपालीले पनि पाउँछन्, ढुक्क हुनुस्’.

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप अरु देशका नागरिकले प्रयोग गर्ने अवस्थामा नेपालका नागरिकले पनि प्रयोग गर्न पाउनेमा ढुक्क हुन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म पूर्ण भरपर्दो खोप आविष्कार भइनसकेको र भरपर्दो खोप अरु देशका नागरिकले प्रयोग गर्ने अवस्थामा नेपालका नागरिकले पनि प्रयोग गर्न पाउने कुरालाई सरकारले […]

नयाँ परराष्ट्र नीति : छिमेकीसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध, असंलग्न नीतिमा दृढ

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ परराष्ट्र नीति : छिमेकीसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध, असंलग्न नीतिमा दृढ.

काठमाडौं । सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको छ । आइतबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो नीति सार्वजनिक गरेका हुन् । विभिन्न क्षेत्रमा छरिएका विभिन्न नीतिहरुलाई एकीकृत गर्दै र आन्तरिक र वाह्य परिवेशमा आएको परिवर्तनलाई दृष्टिगत गदै सो नीति सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । सो नीतिमा […]

अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी सिरिज भारतलाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अष्ट्रेलियाविरुद्धको टि–ट्वान्टी सिरिज भारतलाई.

एजेन्सी । भारतले अस्ट्रेलियाविरुद्धको टी२० सिरिज एक खेल अगावै जितेको छ । तीन खेलको ओडिआई सिरिज २-१ ले हारेको भारतले टी२० मा भने लगातार दुई खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो । सिड्नी क्रिकेट ग्राउण्डमा आइतबार भएको दोस्रो टी२० मा घरेलु टोली अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले टी२० सिरिज आफ्नो पक्षमा पारेको हो […]