Sajhamanch Archive

अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिन : प्रधानमन्त्री ओली

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिन : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट पारेका छन् । शनिबार दिउँसो चार घण्टा चलेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने बताएका हुन् । “तपाईंहरूले विधि, पद्धति, प्रक्रिया बैठक भन्दै बहस गरिरहनुभएको छ । तलतल पनि बहस लगिराख्नुभएको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवालयका नेताले […]

झापामा थप ३८ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ३८ जनामा कोरोना.

झापा । झापामा आज थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १३ महिला र २५ जना पुरुष रहेका छन् । संक्रमण पुष्टि भएकाहरुमा कनकाईका ५ महिला र ६ पुरुष, बिर्तामोडका ४ महिला र ५ पुरुष, शिवसताक्षीका १ महिला र ६ पुरुष, अर्जुनधाराका २  महिला र २ जना पुरुष रहेका छन् । […]

फिल्म क्षेत्र खुलाउने सञ्चार मन्त्रीको आश्वासन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on फिल्म क्षेत्र खुलाउने सञ्चार मन्त्रीको आश्वासन.

कोरोनाको संक्रमण रोकथामका लागि सरकारले सबैभन्दा अगाडि सिनेमा हल सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । यसको केही दिनमा सिंगो देश लकडाउन भयो । यसपछि फिल्म निर्माण पनि रोकियो । दशैंदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन भइरहेका छन् । तर, आठ महिनादेखि बन्द रहेका सिनेमा हल खोल्न सरकारले कुनै चासो देखाएको छैन । काठमाडौं कोरोनाको हटस्पट […]

प्रदेश १ मा ९२ संक्रमित थपिए, १६८ जना डिस्चार्ज,

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९२ संक्रमित थपिए, १६८ जना डिस्चार्ज,.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ९२ जना कोरोना संक्रमित थपिएका छन् । जसमा झापामा ४४, सुनसरीमा २८, मोरङमा ८, इलाममा ५, सोलुखुम्बुमा ४, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। झापाको कनकाईमा ११, विर्तामोडमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ७–७, अर्जुनधारामा ४, भद्रपुरमा ३, […]

दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ । नेकपा सचिवालयको शनिबार बसेको बैठकले पूर्वनिर्धारित समय भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ । ‘पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ […]

चीन–अमेरिका सम्बन्ध बाइडेन कार्यकालमा कसरी अघि बढ्ला ?

Published: in विश्व समाचार by . Leave a Comment on चीन–अमेरिका सम्बन्ध बाइडेन कार्यकालमा कसरी अघि बढ्ला ?.

एजेन्सी । चीनलाई नियन्त्रित गर्नका लागि अमेरिकाले अघि सारेका अति कडा नियमहरु जे बाइडेनको कार्यकालमा घट्दै जाने विज्ञहरुले अनुमान गरेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सको वार्षिक फोरममा बोल्दै उनीहरुले चीनप्रतिको अमेरिकी रणनीति आधारभूत रुपमा भने निकट भविष्यमै परिवर्तन नहुने धारणा राखे । ‘बाइडेनले कार्यकाल सुरु गरेपछि अनिश्चिततालाई चिर्दै चीन–अमेरिका सम्बन्ध स्थिर अवस्थामा पुुग्नेछ […]

थप १०२४ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १०२४ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा २२०६ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । […]

जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, सातजना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, सातजना घाइते.

सुर्खेत । हुम्लाको सिमकोटमा बोलेरो जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एक बालकसहित सातजना घाइते भएका छन् । जिल्लाको सिमकोट गाउँपालिका वडा नं.७,ओख्रेनीमा शुक्रबार राति लु २ च २१०२ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए । डीएसपी सुवेदीका अनुसार मृत्यु हुनेमा […]

दुई दर्जन हेलिकोप्टर ९ महिनादेखि विमानस्थलमै थन्किए

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on दुई दर्जन हेलिकोप्टर ९ महिनादेखि विमानस्थलमै थन्किए.

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये नागरिक उड्डयन लकडाउन खुकुलो भएसँगै क्रमशः चलायमान हुने अवस्थामा छ । तर, यस भित्रको पनि हेलिकोप्टर व्यवसाय भने चरम संकटमा छ । नेपालमा हेलिकोप्टरका मुख्य यात्रु विदेशी पर्यटक हुन् । यसमा पनि पर्वतारोहण र पदयात्रा निस्केका यात्रुले हेलिकोप्टर बढी प्रयोग गर्छन् । तर, कोरोना भाइरसको विश्वव्यापी […]

पाँचबुँदे सहमतिपछि वीर अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पाँचबुँदे सहमतिपछि वीर अस्पतालका कर्मचारीको आन्दोलन फिर्ता.

काठमाडौं । पाँच बुँदे सहमति भएपछि वीर अस्पतालका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार भएको वार्तामा सहमति जुटेको हो । कोभिड भत्ता नपाएको लगाएतका विषयहरु उठाउँदै बीरका कर्मचारीहरु ४६ दिनदेखि आन्दोलनमा थिए । कोभिड भत्ता वितरणमा देखिएका त्रुटी सम्बन्धमा अस्पताल प्रशासन र आन्दोलनरत पक्षको प्रतिनिधिसमेतको समिति […]