यमन । यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक हवाई कारबाही गरिएको जनाएको छ । यसक्रममा ५० जना मारिएका र १०० भन्दा बढी घाइते भएका छन् । मन्त्रालयले घटनास्थलमा पुरिएका, मृतक वा घाइतेको […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू सही समयमा इरानका राष्ट्रपति हसन रुहानीसँग भेट्न चाहेको बताए । आइतबार अचानक इरानका विदेशमन्त्री फ्रान्समा आयोजित जीसेभेनको बैठकमा पुगे । त्यसपछि ट्रम्पको यो बयान आएको हो । इरानका परमाणु गतिविधिमाथि अंकुश लगाउने सन् २०१५ को सम्झौताबाट गत वर्ष अमेरिका एकतर्फी रुपमा हटेपछि दुई देशबीचको सम्बन्धमा निकै तनाव आएको […]
भारतका पूर्व अर्थ मन्त्री तथा भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता अरुण जेटलीको आज निधन भएको छ । उनी ६६ वर्षका थिए । गएको नौ दिनदेखि दिल्लीमा रहेको एम्स अस्पतालमा उनको उपचार भैरहेको थियो । एम्स अस्पतालकी प्रवक्ता आरती विजका अनुसार जेटलीको निधन आज मध्यान्ह १२ बजेर ७ मिनेट जाँदा भएको हो । पछिल्लो […]
गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ । केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा दिने केही खाताहरुलाई बन्द गरेको थियो । […]
वर्तमान समयमा हरकोही मानिसहरु इन्टरनेटको प्रयोग गरेर फरक–फरक किसिमका चीजहरु खोज्ने गर्दछन् । साथै युट्युब हेरेर पनि धेरैले नयाँ नयाँ कुरा थाहा पाउने गर्दछन् । यही सन्दर्भमा अमेरिकामा सबैलाई हैरान बनाउने खबर सार्वजनिक भएको छ । अमेरिकामा एक महिलाले युट्यूबमा भिडियो देखेर ३ दशमलव ७२ क्यारेटको हिरा फेला पारेकी छिन् । ती २७ वर्षीया महिलाको […]
भारत । भारत उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा भएको हेलिकोप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । उत्तराखण्डमा भएको भारी वर्षाका कारण आएको बाढी प्रभावितका लागि राहत सामग्री बोकेर उडेको हेलिकोप्टर बुधबार दुर्घटना भएको हो । उक्त हेलिकोप्टर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको एनडीटीभीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा हेलिकोप्टरका पाइलट कपताल लाल, को-पाइलट शहीलेह […]
एजेन्सी । अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् । हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए । उनले अशान्त एस्कामिस जिल्लाका सयौं […]
भारतको बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्राको सोमबार निधन भएको छ । पछिल्लो केही दिनदेखि मिश्रा दिल्लीको एक अस्पतालमा उपचाररत थिए । ८२ वर्षीय मिश्रा तीनपटक बिहारको मुख्यमन्त्री बनेका थिए । १९७५ मा पहिलो पटक, १९८० मा दोस्रोपटक र १९९० मा तेस्रोपटक उनी मुख्यमन्त्री बनेका थिए । उनको निधनप्रति बिहारका मख्यमन्त्री नितिश कुमारले दुःख व्यक्त गरेका […]
होन्डुरसको राजधानी टिगुसिगाल्पामा शनिबार फुटबल म्याचअघि समर्थकबीच दोहोरो झडप हुँदा तीन जनाको ज्यान गएको छ । मोटागुवा र ओलिम्पियाबीचको म्याच हुनुभन्दा केही समय अघि समर्थहरुबीच झडप हुँदा थप १० जना घाइते भएका छन् । शनिबार साँझ मोटागुवाको टिमबसमा एक समूहले ढुंगा प्रहार गरेपछि झडप सुरु भएको थियो । खेलाडी चढेको बसमा ढुंगा हान्दा बसका सिसा […]
बैंकक । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् । भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरु सवार थिए । उनीहरु सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका थिए । राजमार्गमा […]