Sajhamanch Archive

मुम्बईको एक बहुतले भवनमा आगलागी हुँदा सातको मृत्यु, १९ घाइते

Published: in विश्व समाचार, by . Leave a Comment on मुम्बईको एक बहुतले भवनमा आगलागी हुँदा सातको मृत्यु, १९ घाइते.

एजेन्सी– भारतको मुम्बईस्थित एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। आगलागीमा परी १९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बीस तले भवनमा भएको आगलागीमा परी मृत्यु हुनेमध्ये छ जना वृद्धवृद्धा रहेको समाचारमा उल्लेख छ। आगो तान्डदेव इलाकाको कमला सोसाइटीको १८औं तलामा लागेको हो। करिब पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। […]

अबुधाबी एयरपोर्टमा ड्रोन हमला, दुई भारतीयसहित तीनजना मारिए

Published: in विश्व समाचार, by . Leave a Comment on अबुधाबी एयरपोर्टमा ड्रोन हमला, दुई भारतीयसहित तीनजना मारिए.

एजेन्सी, संयुक्त अरब इमिरेट्सको अबुधाबी एयरपोर्ट नजिकै सोमबार दिउँसो ड्रोन हमला भएको छ। समाचार अुनसार यस हमलामा तीनजनाले ज्यान गुमाएका छन्। जसमा दुईजना भारतीय नागरिक रहेका छन्। यमनको हुती विद्रोहीले यस हमलाको जिम्मेवारी लिएका छन्। अबुधाबी पुलिसले एयरपोर्ट नजिकै मुसाफा औद्योगिक क्षेत्रमा ३ तेलका ट्याङ्करमा विस्फोट भएको जनाएको छ। त्यसपछि अबुधाबी इन्टरनेशनल एयरपोर्टको निर्माण क्षेत्रमा […]

परपुरुषसँग सम्बन्ध राखेकी महिलामाथि दमन, सय कोर्राको सजाय

Published: in विश्व समाचार, by . Leave a Comment on परपुरुषसँग सम्बन्ध राखेकी महिलामाथि दमन, सय कोर्राको सजाय.

एजेन्सी,इन्डोनेशियामा विवाहित महिलाले गैरपुरुषसँग शारीरिक सम्पर्क राखेको भन्दै ती महिलालाई सार्वजनिक रूपमा सय कोर्रा हानिएको छ। ती महिलाले अपराध स्वीकार गरेपछि महिलालाई सार्वजनिक रूपमा यो सजाय दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। ती पुरुष पनि विवाहित नै थिए। तर, उनलाई भने १५ कोर्रा मात्र हानिएको थियो। महिलालाई लगातार १०० पटक पिट्ने क्रममा उनले पीडा सहन नसकेपछि […]

उत्तर प्रदेशमा सांँसद र नेताहरूले छाडन थाले भाजपा

Published: in विश्व समाचार, by . Leave a Comment on उत्तर प्रदेशमा सांँसद र नेताहरूले छाडन थाले भाजपा.

काठमाडौं- पछिल्लो २४ घण्टामा भारत, उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारका दुई शीर्ष मन्त्रीले राजीनामा दिए। पहिला स्वामी प्रसाद मौर्य र त्यसपछि दारा सिंह चौहानले। दुवै नेताले आफ्नो राजीनामामा सरकारले किसान, पिछडिएका, शोषित र पीडितको उपेक्षा गरेको आरोप लगाएका छन्। दुवै भारतीय जनता पार्टी (भाजपा) उत्तर प्रदेशका महत्वपूर्ण नेता थिए। बिहीबार उत्तर प्रदेशमा भाजपाका अर्का विधायकले […]

भारतमा एकैदिन थपिए २ लाख ४५ हजार कोरोना संक्रमित, ३७९ जनाको मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on भारतमा एकैदिन थपिए २ लाख ४५ हजार कोरोना संक्रमित, ३७९ जनाको मृत्यु.

एजेन्सी, भारतमा कोरोना संक्रमणदर घट्न सकेको छैन । २४ घण्टामा मात्र त्यहाँ २ लाख ४५ हजार ५२५ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा ८४ हजार ४७९ जना निको हुँदा ३७९ संक्रमितको भने मृत्यु भएको छ । दैनिक भास्करका अनुसार हालसम्म भारतमा ३ करोड ६३ लाख व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ […]

अमेरिकाबाट चीन जाने उडान रद्द गरिएपछि बेइजिङसँग न्युयोर्क क्रुद्ध, बदला लिने चेतावनी

Published: in विश्व समाचार, by . Leave a Comment on अमेरिकाबाट चीन जाने उडान रद्द गरिएपछि बेइजिङसँग न्युयोर्क क्रुद्ध, बदला लिने चेतावनी.

न्युयोर्क– अमेरिकाबाट चीनका लागि उड्ने उडान बेइजिङले रद्द गरेपछि अमेरिकाले त्यसको विरोध गरेको छ । कोभिडको कारण देखाउँदै चीनले अमेरिकाबाट छुट्ने उडान बुधबार रद्द गरेको थियो । अमेरिकाबाट चीन आएको विमानका केही यात्रुमा कोभिड पोजेटिभ देखिएपछि चीनले उडान रद्द गरको हो । बेइजिङको कदमपछि अमेरिकी राष्ट्रपतिको कार्यलयले चीनविरुद्ध बदला लिने चेतावनी दिएको छ । चीनमा […]

पृथ्वी जयन्तीः अष्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस

Published: in परदेश (प्रवास), मुख्य समाचार, राजनीति, विश्व समाचार by . Leave a Comment on पृथ्वी जयन्तीः अष्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस.

न्यूसाउथवेल्स (अष्ट्रेलिया) । अष्ट्रेलियामा बस्ने नेपालीहरूले कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोनको प्रभाव बढेको कारण ३००औं पृथ्वी जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली दिवस भर्चुअल रूपमा मनाएका छन्। नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाएका हुन्। जुम मार्फत भर्चुअल बनेको कार्यक्रममा अष्ट्रेलियाका विभिन्न […]

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार, by . Leave a Comment on सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण.

एजेन्सी, मासु खानका लागि विश्वभर सुँगुरको उपयोग त हुँदै आएको कुरा सबैलाई विदितै छ । अब त सुँगुरको मुटु खानको लागि मात्र होइन, मानवलाई सास फेर्नको लागि समेत उपयोग हुने भएको छ । मेरिल्याण्ड विश्वविद्यालय मेडिकल सेन्टरमा तीन दिन अघि गरिएको शल्यक्रियामा सुँगुरको मुटु मानवलाई प्रत्यारोपण गरिएपछि मुटुको पर्खाइमा वर्षौदेखि बसिरहेका मानिसहरु हर्षित भएका छन् […]

कजाकस्तानमा प्रदर्शनमा १६४ जनाको मृत्यु, पाँच हजारभन्दा बढी पक्राउ

Published: in विश्व समाचार, by . Leave a Comment on कजाकस्तानमा प्रदर्शनमा १६४ जनाको मृत्यु, पाँच हजारभन्दा बढी पक्राउ.

एजेन्सी, कजाकिस्तानमा हिंसात्मक उथलपुथलमा कम्तीमा १६४ व्यक्तिको मृत्यु भएको छ भने ५,००० भन्दा बढीलाई हिरासतमा राखिएको छ । कजाकस्तानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आइतबार राज्य सञ्चालित टिभी स्टेसन खबर २४ ले प्रकाशित गरेको मृत्युको संख्यामा उल्लेख्य वृद्धि भएको पनि सीएनएनले रिपोर्ट गरेको छ। कजाकस्तानको सरकारी सञ्चारमाध्यमका अनुसार कजाकस्तानमा भएको विरोध प्रदर्शनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म […]

न्युयोर्कको अर्पाटमेन्टमा भएको आगलागीमा ९ बालबालिकासहित कम्तिमा १९ को मृत्यु

Published: in विश्व समाचार, by . Leave a Comment on न्युयोर्कको अर्पाटमेन्टमा भएको आगलागीमा ९ बालबालिकासहित कम्तिमा १९ को मृत्यु.

एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना बालबालिका छन् । आगलागीमा दर्जनौं घाईते भएका छन् । आइतबारको आगलागीलाई अमेरिकी इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लाग्न सुरु भएको थियो । ‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको […]