Sajhamanch Archive

अफगानिस्तानमा शक्तिशाली विस्फोटमा ३४ को मृत्यु, ६८ जना घाइत

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा शक्तिशाली विस्फोटमा ३४ को मृत्यु, ६८ जना घाइत.

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा आज भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन् । विस्फोटपछि सम्भावित तालिबान आतंककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतंकारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । […]

राष्ट्रिय चलचित्र अवार्ड असार २७ गते

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on राष्ट्रिय चलचित्र अवार्ड असार २७ गते.

काठमाडौं । तीन वर्षदेखि राकिएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ यही असार १७ गते हुने भएको छ । चलचित्र विकास बोर्डका अनुसार असार २७ गतेका लागि अवार्डको मिति तय भइसकेको छ । इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डका लागि समय र पैसा खर्च गर्ने तर नेपालको राष्ट्रिय अवार्ड वितरणमा सरकार उदासिन भएको भन्ने चौतर्फी आलोचना भइरहेकाबेला अवार्ड […]

डोनल्ड ट्रम्पले उत्तर कोरियाका जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेट

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on डोनल्ड ट्रम्पले उत्तर कोरियाका जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेट.

प्योङयाङ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग दुई कोरियाको सीमास्थित गैरसैन्य क्षेत्रमा भेट गरेका छन् । गत वर्ष हनोई शिखर सम्मेलन विनानिश्कर्ष टुंगिएपछि दुई नेताबीच पहिलो पटक भेट भएको हो । कुनै पनि वहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको भूमि टेकेको यो पहिलो पटक हो । किमको उपस्थितिमा पत्रकारहरुसँग कुरा गर्दै […]

महाराष्ट्रको पुणेमा पर्खाल भत्किँदा १५ जनाको गयो ज्यान

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on महाराष्ट्रको पुणेमा पर्खाल भत्किँदा १५ जनाको गयो ज्यान.

एजेन्सी । भारतको महाराष्ट्र प्रदेशको पुणेमा घरको पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । ठूलो वर्षाका कारण पुणेको कोढवामा घरको पर्खाल भत्किएको हो । घरको कम्पाउण्डको पर्खाल भत्किनुमा निर्माण कम्पनीको दोष रहेको अधिकारीहरुले जनाएका छन् । ज्यान गुमाउनेहरुमा धेरैजसो बिहार पश्चिम बंगालबाट आएका मजदुर रहेको दैनिक जागरणले उल्लेख गरेको छ । निर्माणाधीन हाउजिङसँगै मजदुरहरु […]

श्रीमानले शारिरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on श्रीमानले शारिरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या.

भारत । भारतको नयाँ दिल्लीको एम्स अस्पतालमा काम गर्ने डाक्टर प्रिया बेदीले आफ्नो श्रीमानले शारिरिक सम्बन्ध नराखेको भन्दै आत्महत्या गरेकी छिन् । उनको विवाह ५ वर्षअघ डाक्टर कमल बेदीसँग भएको भए तापनि श्रीमान् समलिङ्गी भएको र उनको अन्य पुरुषसँग सम्बन्ध रहेको उल्लेख छ । प्रियाले आफूलाई भावनात्मकरुपमा पनि तड्पाएको उल्लेख गरेकी छिन् । आफ्नो मृत्युको […]

मोदी र  ट्रम्पबीच भेटवार्ता

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on मोदी र  ट्रम्पबीच भेटवार्ता.

एजेन्सी । जापानमा आयोजित जी २० सम्मेलनको साइडलाइनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेट वार्ता भएको छ । सो सम्बन्धी जानकारी भारतको विदेश मन्त्रालयका प्रवक्ता रभीसकुमारले ट्विट गर्दै केही गराएका छन् । उनले भेटमा फाइभ जीमा सहयोग, रक्षा मामिला, सुरक्षा र व्यापार लगायत आपसी चासोका विषयमा कुराकानी भएको जनाएका छन् । […]

माडगास्करमा भागदौडमा परी १६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on माडगास्करमा भागदौडमा परी १६ जनाको मृत्यु.

एजेन्सी । देशको स्वतन्त्रता दिवस मनाउन र‌ंगशाला पुगेका सर्वासाधारणको भागदौडमा किचिएर पूर्वी अफ्रिकी देश माडगास्करमा १६ जनाको मृत्यु भएको छ। स्वतन्त्रता दिवसको परेडपछि मानिसहरू कार्यक्रम आयोजित रङ्गशालाबाट बाहिर जान खोज्दा प्रहरीले ढोका बन्द गरिदिएपछि भाग दौड मच्चिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । स्वतन्त्रता दिवस समारोह हेर्न हजारौँ मानिस भेला भएका थिए। परेडपछि सुरक्षाकर्मीले दर्शकहरू बाहिर […]

टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले उपाधि दावेदार इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदैछन् । लर्डस्मा हुन लागेको खेलमा इङल्यान्डले टस जितेको छ र पहिले बलिङ गर्ने भएको छ । अस्ट्रेलियाले केहिबेरमा इङ्ल्यान्डविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै विश्वकपमा बलियो हुने योजनामा छन् । जारी विश्वकपमा इङ्ल्यान्ड अहिलेसम्म ६ […]

किन गए अमेरिकी विदेश मन्त्री पोम्पियो भारत ?

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on किन गए अमेरिकी विदेश मन्त्री पोम्पियो भारत ?.

अमेरिकी विदेश मन्त्री माइक पोम्पियो सोमबार भारत पुग्नेछन् । उनले भारतीय विदेश मन्त्रीका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नेछन् । पोम्पियो यस्तो समयमा भारत पुग्दैछन्, जुनबेला इरान र अमेरिकाबीचको तनाव युद्धको मुखको नजिक पुगेको छ । यद्यपि, पोम्पियोको भारत भ्रमणको तिथि पहिला नै निर्धारित थियो । उनको भारत भ्रमणबारे बीबीसी संवाददाताले मध्यपूर्व तथा अन्तरराष्ट्रिय […]

अफगानिस्तान र बंगलादेशबीचमा कसले मार्ला बाजी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तान र बंगलादेशबीचमा कसले मार्ला बाजी.

काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । बंगलादेश तेस्रो जितको खोजीमा हुँदा अफगानिस्तान भने पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । विश्वकपबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तानको लागि जित हात पार्ने यो राम्रो अवसर हो । अफगानिस्तानले […]