Sajhamanch Archive

परिवारमा थियो ९ भोट, पाए ५ भोट 

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on परिवारमा थियो ९ भोट, पाए ५ भोट .

पञ्जाव। यहाँको जालन्धर लोकसभा सिटमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारलाई परिवारकै सदस्यले भोट नदिएपछि क्‍वाँ क्‍वाँ रोएका छन्। चुनावी मैदानमा उत्रिएर उनलाई परिवारकै सबै सदस्यले भोट हालेनन्। कुल ८४० भोट ल्याएका उम्मेदवारको नाम हो निटु । यहाँको टान्डा सडकमा यिनको सटरको कारोबार छ। जालन्धर मात्रै नभएर आसपासको इलाकामा पनि निटु शटरावालाको नाममा चर्चित छन्। उनी […]

बेलायतकी प्रधानमन्त्री टेरिजा मेद्धारा पदबाट राजीनामाको घोषणा

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बेलायतकी प्रधानमन्त्री टेरिजा मेद्धारा पदबाट राजीनामाको घोषणा.

लण्डन । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजीनामाको घोषणा गरेकी छन्। उनले ७ जुनमा कन्ज़र्भेटिभ पार्टीको नेताको पदबाट पनि राजीनामा दिने भएकी छन्। अर्को प्रधानमन्त्रीको टुंगो नलागुन्जेल उनी यथावत रहनेछिन्। भावुक बनेकी टेरिजाले डाउनिङ्ग स्ट्रिटमा सम्बोधन गर्दै सन् २०१६ मा भएको जनमतसंग्रहको परिणामको सम्मान गर्नका लागि आफ्नो तर्फबाट पूरा कोशिश गरेको बताएकी छन्। उनले सम्बोधनका […]

सिक्किमः २५ वर्षमा सत्ता पलट

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on सिक्किमः २५ वर्षमा सत्ता पलट.

सिक्किम । सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता उल्टिएको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले नराम्रोसँग पराजय व्यहोरेको छ । सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (पी.एस. गोले) नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । जबकी […]

मोदीको जितमा वीरगञ्जमा विजय जुलुश

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मोदीको जितमा वीरगञ्जमा विजय जुलुश.

वीरगञ्ज ।भारतमा लोकसभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि नेपालको वीरगञ्जमा विजय जुलुश निकालिएको छ । विश्व हिन्दू संगठनले वीरगञ्जमा बिहीबार साँझ जुलुश निकालएको हो । सहर परिक्रमा गर्दै दीप प्रज्वलन पनि गरिएको थियो भने मिठाई समेत बाँडिएको थियो । र्‍यालीमा सहभागीहरुले ‘हर हर मोदी, घर घर मोदी’, ‘मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा […]

मोदीलाई प्रचण्ड बहुमत, समृद्ध भारत बनाउने संकल्प

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मोदीलाई प्रचण्ड बहुमत, समृद्ध भारत बनाउने संकल्प.

नयाँदिल्ली। भारतको लोकसभा चुनाव–२०१९ मा भारतीय जनता पार्टी र उसँगको गठबन्धन नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडिए) ले प्रचण्ड बहुमत हासिल गर्ने निश्चित भएको छ । दुई तिहाईको नजिक पुगेको चुनावी नतिजापछि मोदीले दिल्ली मुल्ख्यालयमा आयोजित समारोहमा उक्त जितको दिन आफ्ना समर्थहरुलाई स्वतन्त्रताका सिपाहीहरुको स्मरण गर्न र देशलाई समृद्ध राष्ट्र बनाउने सकल्प गर्ने दिन भएको बताए । […]

कांग्रेसका तर्फबाट शत्रुघ्न सिन्हाले लज्जाजनक पराजय व्यहोर्ने छाँट

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on कांग्रेसका तर्फबाट शत्रुघ्न सिन्हाले लज्जाजनक पराजय व्यहोर्ने छाँट.

कांग्रेसका तर्फबाट बिहारको पटना साहिबबाट चुनाव लडिरहेका अभिनेता शत्रुघ्न सिन्हाले लज्जाजनक पराजय व्यहोर्ने छाँट देखाएका छन्। अहिलेसम्मको मतगणनामा उनी बिजेपीका रविशंकर प्रसादभन्दा १ लाख ३३ हजार ९५९ मतले पछाडि छन्। भारतीय लोकसभा निर्वाचनको परिणाम एकपछि अर्को गर्दै अगाडि आइरहँदा बिहीबार दिउँसोसम्म बिजेपी नेतृत्व गठबन्धनले ३३९ स्थानमा अग्रता लिएको छ।

सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत.

नयाँ दिल्ली। भारतमा लोकसभा निर्वाचनमो मतगणना धमाधम भइरहेको छ । जारी मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत देखिएको छ । मतगणनाको प्रारम्भिक परिणाममा भारतीय जनता पार्टीसहितको गठबन्धनले ३२५ भन्दा बढी सिटमा अग्रता लिएको छ । भारतीय जनता पार्टी एक्लैले आवश्यक बहुमत हासिल गर्ने संकेत प्रारम्भिक नतिजाले गरेको छ । भारतीय […]

भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदै

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदै.

काठमाडौं । भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणता आजदेखि सुरु हुन लागेको हो । विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले आज साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय निर्वाचन आयोगले […]

इण्डोनेसियामा नव निर्वाचित राष्ट्रपति विरोध प्रदर्शन

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on इण्डोनेसियामा नव निर्वाचित राष्ट्रपति विरोध प्रदर्शन.

इण्डोनेसियामा नव निर्वाचित राष्ट्रपति विरोध प्रदर्शन इण्डोनेसियाका नव निर्वाचित राष्ट्रपति जोको विडोडोको विरोधमा पुन निर्वाचनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सत्र्चार माध्यमले जनाएका छन् । २ सयजना भन्दा बढी घाइते भएका छन् । राजधानी जकार्तामा राष्ट्रपति विडोडोको विरोधमा मंगलबारसम्म शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । तर मंगलबार आन्दोलनले […]

क्यारेबियन प्रिमियर लिगको खेलाडी ड्राफ्ट आज

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on क्यारेबियन प्रिमियर लिगको खेलाडी ड्राफ्ट आज.

वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग सीपीएलको खेलाडी ड्राफ्ट आज हुँदैछ । आगामी सिजनको सीपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटका लागि आज साँझ नेपाली समय अनुसार पौने ८ बजे लण्डनमा खेलाडी ड्राफ्ट हुन लागेको हो । सीपीएलको ड्राफ्टमा यस पटक चार नेपाली खेलाडी सूचीमा परेका छन् । यस पटकको ड्राफ्टमा कीर्तिमानी ५३६ विदेशी खेलाडीले स्थान बनाएका छन् […]