Sajhamanch Archive

दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट, विभिन्‍न देशले लगाए उडानमा प्रतिबन्ध

Published: in विविधा, विश्व समाचार, समाज by . Leave a Comment on दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट, विभिन्‍न देशले लगाए उडानमा प्रतिबन्ध.

काठमाडौँ । दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखापरेको छ । बेलायतका विज्ञहरुका अनुसार उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको दाबी गरेका छन् । दक्षिण अफ्रिकामा कोभिड १९ को नयाँ भेरिएन्ट देखिएपछि बेलायती पर्यटकहरू दक्षिण अफ्रिकाबाट घर फर्कँदै । त यो भेरियन्टलाई बी.१.१.५२९ु नाम दिइएको छ । मंगलबार पुष्टि भएको यो भेरियन्ट […]

चीन विश्वकै धनी देश, पछि पर्‍याे अमेरिका

Published: in विश्व समाचार by . Leave a Comment on चीन विश्वकै धनी देश, पछि पर्‍याे अमेरिका.

काठमाण्डौ । चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडि देखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन सन् २००१ को डिसेम्बर ११ तारिखमा डब्लूटीओको सदस्य भएको थियो […]

विश्व जलवायु सम्मेलनलाई डाइनोसरको सम्बोधन !

Published: in विश्व समाचार, समाज by . Leave a Comment on विश्व जलवायु सम्मेलनलाई डाइनोसरको सम्बोधन !.

काठमाडौं । करिब ६ करोड ६० लाख वर्षअघि नै पृथ्वीबाट लोप भइसकेको भीमकाय जन्तु डाइनोसर स्कटल्याण्डमा जारी विश्व जलवायु सम्मेलन (कोप–२६) मा एकाएक देखियो । स्कटल्याण्डको ग्लास्गोमा जारी विश्व जलवायु सम्मेलनको क्रममा डाइनोसरले सम्बोधन गरेको झण्डै २ मिनेट ३२ सेकेन्डको भिडियो अहिले विश्वभर चर्चाको विषय बनेको छ । जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पति […]

कसरी सफल भयो सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण ?

Published: in विविधा, विश्व समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कसरी सफल भयो सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण ?.

सन् १९२० देखि १९९० को बीचमा संसारभर चिकित्सा क्षेत्रको विकासमा निकै धेरै कामहरु भए । यही बीचमा नै मानव शरीरको कुनै अंगले काम नगर्दा त्यसको विकल्प खोज्ने विषयमा धेरै खोजीहरु भए । मानव अंगको अभाव पूर्तिका लागि जनावरको अंगलाई मान्छेमा प्रत्यारोपण गर्ने बारेमा धेरै प्रयास भए । तर अहिलेसम्म सबै काम सफल हुन सकेनन् । […]

सेनाको ‘कू’ पछि सुडानलाई आर्थिक सहयोग रोक्ने विश्व बैंकको घोषणा

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on सेनाको ‘कू’ पछि सुडानलाई आर्थिक सहयोग रोक्ने विश्व बैंकको घोषणा.

काठमाडौं । विश्व बैंकले सुडानलाई आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ । सुडानमा सेनाले ‘कू’ गरी सत्ता लिएपछि भईरहेको प्रदर्शनका क्रममा गरिएको दमनलाई लिएर अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भइरहेको बेला विश्व बैंकले सुडानलाई दिंदै आएको सहयोग रोक्ने बताएको हो । सेनाले असंवैधानिक तरिकारले सत्ता कब्जा गरेकै भन्दै अफ्रिकन युनियनले समेत सुडानलाई आफ्नो समूहबाट निलम्बन गरेको छ […]

क्षयरोग उन्मूलनको प्रयासलाई पुनः गति दिने स्वास्थ्य मन्त्रीहरूको प्रतिबद्धता

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on क्षयरोग उन्मूलनको प्रयासलाई पुनः गति दिने स्वास्थ्य मन्त्रीहरूको प्रतिबद्धता.

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका देशका स्वास्थ्य मन्त्रीहरूले क्षयरोग उन्मुलन प्रयासहरूलाई पुनः गति दिने प्रतिबद्धता जनाएका छन् । कोरोना महामारीका कारण क्षयरोग उपचार सेवाहरूमा आएका गतिरोध र पहिले नै उच्च भार भएका क्षेत्रमा रोगका घटनामा भएका वृद्धिलाई ध्यानमा राख्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । क्षयरोग प्रतिकार्यको पुनःथालनीका लागि उच्चस्तरीय बैठक सुरु […]

सुडानमा ‘सैन्य कु’ : प्रधानमन्त्री र मन्त्रीहरू गिरफ्तार

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on सुडानमा ‘सैन्य कु’ : प्रधानमन्त्री र मन्त्रीहरू गिरफ्तार.

काठमाडौँ । सुडानमा ‘सैन्य कु’ भएको रिपोर्टहरू सार्वजनिक भएसँगै त्यहाँका प्रधानमन्त्री र मन्त्रीहरूलाई गिरफ्तार गरिएको छ । प्रधानमन्त्री अब्दुल्लाह हमदोक र केही मन्त्रीहरूलाई पहिचान नखुलेका सिपाहीहरूले घरमै नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ । सेनाले अहिलेसम्म ‘कु’ बारे केही प्रतिक्रिया नदिए पनि तर प्रजातन्त्र पक्षधर समूहले भने नागरिकलाई सडक आन्दोलनका लागि आह्वान गरेका छन् । सन् […]

दर्जन अफगानी नागरिक काठमाडौंको एक होटलबाट पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on दर्जन अफगानी नागरिक काठमाडौंको एक होटलबाट पक्राउ.

काठमाडौं । प्रहरीले काठमाडौंबाट ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ। सिनामंगलको एक होटलबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको सीआईवीका प्रवक्ता श्यामकुमार महतोले बताएका छन् । ‘सिनामंगलको एक होटलमा विदेशी नागरिक लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेका हौं’ उनले भने, ‘अहिले सोधपुछको क्रम चलेको छ। के गर्ने भन्ने टुंगो लाग्दैछ।’ अफगानिस्तानमा तालिवानले […]

रोहिंग्या क्याम्पमा फायरिङ, सात जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on रोहिंग्या क्याम्पमा फायरिङ, सात जनाको मृत्यु.

काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा सात जनाको मृत्यु भएको छ । रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चार जनाको घटनास्थलमै तथा तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ । शुक्रबार बिहान ४ बजे हमला भएको हो । जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक […]

फेसबुक कम्पनीलाई रिब्राण्डिङ गरिने

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on फेसबुक कम्पनीलाई रिब्राण्डिङ गरिने.

झापा । विश्वविख्यात सामाजिक सञ्जाल फेसबुक चलाउँदै आएको कम्पनीले अब आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमा असर पारेको आरोप लागिरहेका बेला फेसबुकले रिब्रान्डिङ गर्न लागेको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिटै नै फेसबुकले आफ्नो कर्पोरेट […]