Sajhamanch Archive

टी–२० विश्वकपमा ओमानको शानदार सुुरुवात

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on टी–२० विश्वकपमा ओमानको शानदार सुुरुवात.

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा ओमानले शानदार सुरुवात गरेको छ । आज आइतबार भएको पहिलो खेलमा घरेलु टोली ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले हराएको हो । ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा पपुवा न्यूगिनीले दिएको १३० रनको लक्ष्य घरेलु टोलीले मात्र १३ दशमलव ४ ओभरमा विकेट नगुमाई भेट्टायो । उसका लागि जितेन्दर सिंहले अविजित ७३ रन बनाउँदा […]

मंगल ग्रहमा पहिले जीव थियो–थिएन यसरी हुँदैछ खोजी

Published: in विविधा, विश्व समाचार, समाज by . Leave a Comment on मंगल ग्रहमा पहिले जीव थियो–थिएन यसरी हुँदैछ खोजी.

काठमाडौं । मंगल ग्रह मिसनअन्तर्गत अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको पर्सिभिअरन्सले त्यहाँ जीवको अवशेष पत्ता लगाउने प्रयास गरिरहेको छ । त्यसका लागि पर्सिभिअरन्स सही स्थानमा पुगेको वैज्ञानिकले दाबी गरेका छन् । बीबीसीका अनुसार ‘पर्सी’ उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता उक्त उपकरणले त्यहाँका धेरैवटा तस्बिर पृथ्वीमा पठाएको छ […]

पाकिस्तानमा शक्तिशाली भूकम्प

Published: in विश्व समाचार, समाज by . Leave a Comment on पाकिस्तानमा शक्तिशाली भूकम्प.

काठमाडौं । पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा आज ९बिहीबार० बिहान भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार भूकम्पले धेरै संरचनाहरु भत्किएकाले मृतकको संख्या अझ बढ्न सक्ने देखिएको छ । भूकम्पपछि क्वेटा शहरमा मानिसहरु सडकमा निस्केका बीबीसीले जनाएको छ । प्रारम्भिक रिपोर्टहरूका अनुसार ५।७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ । […]

फेसबुक ६ घण्टा अबरुद्ध हुँदा संस्थापक जुकरबर्गलाई ६ अर्ब डलर नोक्सानी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार, by . Leave a Comment on फेसबुक ६ घण्टा अबरुद्ध हुँदा संस्थापक जुकरबर्गलाई ६ अर्ब डलर नोक्सानी.

काठमाडौं । फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्म सोमबार घण्टौंसम्म अबरुद्ध भएको घटनामा माफी मागेका छन् । फेसबुक, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम सोमबार करिब ६ घण्टा अबरुद्ध हुँदा विश्वका साढे ३ अर्ब भन्दा धेरै प्रयोगकर्ता प्रभावित भएका थिए । मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण सोसल मिडिया प्लाटफर्म अबरुद्ध भएको भन्दै […]

जहाज दुर्घटनामा रोमानियाका अर्बपतिसहित ८ जनाको मृत्यु

Published: (Updated: ) in विविधा, विश्व समाचार by . Leave a Comment on जहाज दुर्घटनामा रोमानियाका अर्बपतिसहित ८ जनाको मृत्यु.

काठमाडौं । इटालीको उत्तरी शहर मिलानमा एक निजी जहाज दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । उक्त निजी जहाज मिलानस्थित एउटा खाली घरमा ठोक्किएको बीबीसीले जनाएको छ । सो विमानको टिनाटे विमानस्थलबाट सार्डिनिया टापुका लागि उडेको थियो । विमानस्थलबाट जहाज उड्ने बित्तिकै तल झरेको हो । घटनामा रोमानियाका अर्बपति डान पेट्रेस्कुसहित उनका पत्नी र […]

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै.

काठमाडौँ । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्धन गर्दै नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यले अमेरिकामा पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड–१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाई चलायमान बनाउने उद्देश्य र नेपाली चलचित्रको गरिमालाई उच्च बनाउनका लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म […]

हाइटीका प्रधानमन्त्रीलाई प्रतिबन्ध, राष्ट्रपतिको हत्यामा संलग्न भएको आशंका

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हाइटीका प्रधानमन्त्रीलाई प्रतिबन्ध, राष्ट्रपतिको हत्यामा संलग्न भएको आशंका.

काठमाडौं । हाइटीका प्रधानमन्त्री एरियल हेनरीमाथि प्रतिबन्ध लागेको छ । राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा तानिएपछि प्रधानमन्त्री हेनरीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो । हत्या प्रकरणमा छानबिन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेनरीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् । राष्ट्रपति मोइसको हत्यामा शंकास्पद एक व्यक्तिले घटना भएको केही घण्टापछि प्रधानमन्त्री हेनरीलार्ई टेलिफोन गरेको प्रमाण भेटिएपछि […]

सर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाऔंः विश्व स्वास्थ्य सङ्गठन

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on सर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाऔंः विश्व स्वास्थ्य सङ्गठन.

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका आफ्ना सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई अझ तीव्र बनाउन अपिल गरेको छ । यस क्षेत्रमा हुने मृत्युहरू मध्ये दुई–तिहाइ मृत्युहरू नसर्ने रोगका कारणले हुने गरेका छन् र तिनले गम्भीर कोभिड–१९ को जोखिम पनि बढाएका छन् । “कोभिड–१९ महामारीले नसर्ने रोगसहित बाँचिरहेका व्यक्तिहरूको […]

भारतको उत्तर प्रदेशमा पहिचान नखुलेको ज्वरोका कारण ५० भन्दा धेरैको ज्यान गयो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतको उत्तर प्रदेशमा पहिचान नखुलेको ज्वरोका कारण ५० भन्दा धेरैको ज्यान गयो.

काठमाडौं । भारतको उत्तर प्रदेशका केही जिल्लामा एक हप्ताभन्दा बढी समयदेखि फैलिएको पहिचान नखुलेको रोगका कारण ५० जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरै बालबालिका रहेका छन् । बालबालिकाहरूमा उच्च ज्वरो आउने, पसिनामा भिजेर बिउँझिने, जोर्नी दुख्ने, टाउको दुख्ने, शरीरमा पानी कम हुने र रिँगटा लाग्ने लक्षण देखिएको छ । केहीको भने हातखुट्टामा […]

काबुल एयरपोर्टलाई लक्षित गरी रकेट आक्रमण

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on काबुल एयरपोर्टलाई लक्षित गरी रकेट आक्रमण.

काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्टलाई लक्षित गरी पाँचओटा रकेट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ । अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ । मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ । […]