Sajhamanch Archive

काबुल विमानस्थलबाहिर विष्फोट

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on काबुल विमानस्थलबाहिर विष्फोट.

काठमाडौं । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीवार पुष्टि गरेको छ । अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिबान समूहले चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एसियाली देशका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका […]

अफगानिस्तानलाई दिँदै आएको अनुदान  विश्व बैंकद्वारा निलम्बन

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on अफगानिस्तानलाई दिँदै आएको अनुदान  विश्व बैंकद्वारा निलम्बन.

काठमाडौं । विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको अनुदान निलम्बन गरेको छ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले अफगानिस्तानका परियोजनाहरूको सहयोग रकम रोक्का गरेको हो । बैंकले सन् २०२१ मा अफगानिस्तानको लागि ७८४ डलर विकास कोषको प्रतिबद्धता गरेको थियो । तालिबानको नियन्त्रणले देशको विकासका सम्भावनाहरू, विशेषगरी महिलाका लागि कस्तो प्रभाव पार्नेछ भन्ने चासोको विषय भएको […]

मेक्सिकोमा भीषण ‘ग्रेस’ आँधी, कम्तिमा ८ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on मेक्सिकोमा भीषण ‘ग्रेस’ आँधी, कम्तिमा ८ जनाको मृत्यु.

काठमाडौं  । मेक्सिकोमा आएको भीषण आँधीका कारण कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ । पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनाएको छ । आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको छ । आँधीमा ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । वैज्ञानिकहरुले […]

ट्रम्पद्वारा राष्ट्रपति बाइडेनको राजीनामा माग

Published: in विश्व समाचार by . Leave a Comment on ट्रम्पद्वारा राष्ट्रपति बाइडेनको राजीनामा माग.

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन् । अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उनले बाइडेनको राजीनामा मागेका हुन् । अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्न र तालिबान लडाकूहरुलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ । आइतबार जारी […]

अफगानको विमानस्थलमा अमेरिकी सैनिकले चलाए गोली

Published: in विश्व समाचार by . Leave a Comment on अफगानको विमानस्थलमा अमेरिकी सैनिकले चलाए गोली.

बीबीसी । अफगानिस्तानमा तालिवानी विद्रोही समूहले कब्जा गरेसँगै अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार अमेरिकी सेनाले हावामा गोली चलाएको छ । उक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो । सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ । भीड अनियन्त्रित भएपछि गोली चलाएको बताइएको […]

हाइटीको भूकम्पमा मृतकको संख्या १३०० पुग्यो, सरकारद्वारा आपतकालको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on हाइटीको भूकम्पमा मृतकको संख्या १३०० पुग्यो, सरकारद्वारा आपतकालको घोषणा.

एजेन्सी। गत शनिबार हाइटीमा गएको ७.२ माग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब १३०० पुगेको छ । बीबीसीका अनुसार आज बिहानसम्म एक हजार २९७ जनाको मृत्यु भएको पुष्टि भएको छ । सरकारी अधिकारीका अनुसार पाँच हजार ७०० जना घाइते भएको र सयौँको अवस्था अज्ञात रहेकाले मृतकको संख्या अझै बढ्ने देखिएको छ । भूकम्पका कारण ठूलो […]

ह्वाइट हाउस बाहिर बाइडेनविरुद्ध प्रदर्शन

Published: in विश्व समाचार by . Leave a Comment on ह्वाइट हाउस बाहिर बाइडेनविरुद्ध प्रदर्शन.

एजेन्सी। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर जो बाइडेनविरुद्ध प्रदर्शन भएको छ । राष्ट्रपति बाइडेनका कारण विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको भन्दै अफगान नागरिकहरूले उनीविरुद्ध प्रदर्शन गरेको समाचार संस्था एएनआईले जनाएको छ । प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई धोका दियौ । यो सबको जिम्मेवार तिमी हौ’ जस्ता नारा लगाएका छन् । आइतबार तालिबानले राजधानी […]

रक्तपातबाट देशलाई बचाउन देश छोडेँ: राष्ट्रपति घानी

Published: in मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on रक्तपातबाट देशलाई बचाउन देश छोडेँ: राष्ट्रपति घानी.

काठमाण्डौ । अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् । तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति घानीले भने, – ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेँ ।’ उनले आफ्नो फेसबुक पेजमा देश […]

अफगानी राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on अफगानी राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे.

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ । तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् । अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल प्रवेश गरेको विवरणहरू प्राप्त हुन थालेका छन्। समाचार संस्था रोएटर्सले आन्तरिक मामिला मन्त्रीलाई […]

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान.

काठमाडौं । अफगानिस्तानको विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने बताएको छ । काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो । उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको […]