Sajhamanch Archive

इस्तानबुलबाट ७ सय ९ आप्रवासी पक्राउ

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on इस्तानबुलबाट ७ सय ९ आप्रवासी पक्राउ.

काठमाण्डौ । टर्कीमा सात सय भन्दा धेरै आप्रवासी पक्राउ परेका छन् । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७ सय ९ जना अवैध आप्रवासी पक्राउ परेका हुन् । टर्कीमा प्रहरीले आप्रवासीलाई खोज्ने अभियान चलाएको छ । जुलाई १५ देखि सुरु भएको अभियानको दश दिनमै इस्तानबुल र वरपरका ११ जिल्लाबाट उनीहरु पक्राउ परेका इस्तानबुल प्रहरी बलले जनाएको […]

तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तालिबानको आक्रमण विफल, २८ आतंककारी मारिए.

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान सहरमा तालिबान लडाकुले गरेको आक्रमण विफल भएको छ । ती लडाकुहरु सो सहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ । सो आक्रमणको क्रममा २८ जना आतंककारी मारिएका सरकारी स्रोतले मंगलबार जानकारी दिएको छ । सेनाका प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान सहरलाई विभिन्न दिशाबाट आक्रमण […]

ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद भङ्ग

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद भङ्ग.

काठमाडौं । ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गरेका छन् । यस्तै, उनले संसद पनि भङ्ग गरेका छन् । ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला उनले संसद भङ्ग गरेका हुन् । ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति […]

तालिबानको आक्रमण बढेपछि अफगानिस्तानको ३१ प्रान्तमा निषेधाज्ञा

Published: in विश्व समाचार by . Leave a Comment on तालिबानको आक्रमण बढेपछि अफगानिस्तानको ३१ प्रान्तमा निषेधाज्ञा.

काठमाण्डौ । तालिबानहरुको आक्रमण बढेसँगै अफगानिस्तानमा निषेधाज्ञा लागू भएको छ । हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन रातमा निषेधाज्ञा लगाइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । ३४ प्रान्तमध्ये ३१ प्रान्तमा राति १० बजेदेखि बिहान ४ बजेसम्म निषेधाज्ञा लागू भएको हो । तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने धेरैजसो जिल्लामा कब्जा गरेको […]

महाराष्ट्रको बाढी–पहिरो: ज्यान गुमाउनेको संख्या १२९ पुग्यो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on महाराष्ट्रको बाढी–पहिरो: ज्यान गुमाउनेको संख्या १२९ पुग्यो.

नयाँदिल्ली । भारतको महाराष्ट्रमा केही दिनयताको लगातार मुसलधारे बर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२९ पुगेको छ । कयौं मानिसहरु पहिरोमा फसिरहेका छन् । पहिरोमा फसिरहेकाहरुको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका लागि हेलिकप्टरको सहयोग लिइएको स्थानीय अधिकारीले जनाएका छन् । पहिरोका कारण रेल सेवा प्रभावित भएको छ […]

रुसमा कोरोनाको डेल्टा भेरियन्टसँगै गामा भेरियन्टको खतरा

Published: in विश्व समाचार by . Leave a Comment on रुसमा कोरोनाको डेल्टा भेरियन्टसँगै गामा भेरियन्टको खतरा.

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण रुसमा फेरि पनि बढ्न थालेको छ । कोरोनाको डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको पनि खतरा बढेको छ । अहिले डेल्टासँगै गामा भेरियन्ट फैलिरहेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। धेरै सङ्क्रामक मानिएको डेल्टा र गामा दुवै भेरियन्ट फैलिरहेकाले चिन्ता थपिएको खबरमा उल्लेख छ। यस्तै, […]

भारतमा दैनिक भास्करको कार्यालयमा छापा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा दैनिक भास्करको कार्यालयमा छापा.

काठमाडौं । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा आज बिहीवार बिहान सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको छ । सीबीडीटीका प्रवक्ता सुरभि अहलूवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेकी छन् । सुरभीले भनीन्, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेशन चलिरहेको छ । यसबारेमा हामी अहिले यतिमात्र बताउन सक्छौँ ।’ दैनिक भास्करका नेशनल […]

अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो, घरसहित १६० भौतिक संरचना नष्ट

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो, घरसहित १६० भौतिक संरचना नष्ट.

काठमाण्डौ । अमेरिकाका १३ राज्यका ८० ठाउँमा डढेलो लागेको छ । डढेलोले लाखौँ हेक्टर जमिनमा नोक्सानी भएको छ भने घरसहित एक सय ६० वटा भौतिक संरचना नष्ट भएका छन् । अमेरिकाको ओरिगनमा इतिहासकै भयानक डढेलो लागेको त्यहाँका सरकारी अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डढेलोका कारण त्यहाँका हजारौँ नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको […]

नाइजेरियामा अपहरणमा परेका एक सय जना अपहरण मुक्त

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on नाइजेरियामा अपहरणमा परेका एक सय जना अपहरण मुक्त.

काठमाडौं । अफ्रिकी देश नाइजेरियामा बन्दुकधारी समूहको अपहरणमा परेका एक सय जना अपहरण मुक्त भएका छन् । गएको जुन ८ मा नाइजेरियाको जामफरा प्रान्तबाट अपहरणमा परेका स्वास्थ्यकर्मी महिला र बालबालिका अपहरणमुक्त भएका हुन् । अपहरणमुक्त गर्ने क्रममा विद्रोहीसँग झडप भएको र त्यस क्रममा चार जना मारिएका त्यहाँको सरकारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । नाइजेरियामा […]

चीनमाथि साइबर आक्रमणको आरोप

Published: in विश्व समाचार by . Leave a Comment on चीनमाथि साइबर आक्रमणको आरोप.

काठमाण्डौ । अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र बेलायतको भनाइ छ । बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै […]