Sajhamanch Archive

भारतको महाराष्ट्रमा लगातार वर्षा : १५ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतको महाराष्ट्रमा लगातार वर्षा : १५ जनाको मृत्यु.

काठमाडौं । लगातारको वर्षाका कारण भारतको महाराष्ट्रमा जनजीवन अस्तव्यस्त भएको छ । वर्षासँगै महाराष्ट्रको विभिन्न ठाउँमा घर र पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । उद्धारकर्ताहरू प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रका विभिन्न ठाउँ जलमग्न भएका छन् । स्थानीय रेल सेवा ठप्प भएको छ […]

कोरोनाबाट ज्यान गुमाउने साढे ४० लाख नाघे

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट ज्यान गुमाउने साढे ४० लाख नाघे.

एजेन्सी । दक्षिण कोरियाले गत साता कोरोना भाइरसको चौथो चरणको नयाँ भेरियन्ट देखापरेको समाचार सार्वजनिक गरेको थियो । दक्षिण कोरियामा देखिएको यो नयाँ भेरियन्ट प्रारम्भिक अवस्थामा डरलाग्दो नभए पनि कोरियन अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । कोरियाले यस भेरियन्टबाट कति व्यक्तिको ज्यान गयो भन्ने अझैसम्म पुष्टि गरेका छैन । तर, विश्वमा कोरोनाको पहिलोदेखि तेस्रो लहर चल्दासम्म ४० लाख ६८ […]

इराककी अस्पतालमा आगलागी, ६० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on इराककी अस्पतालमा आगलागी, ६० जनाको मृत्यु.

काठमाडौं । इराकको नसिरिया शहरस्थित एक आईसोलेशन वार्ड रहेको अस्पतालमा आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । आगलागीको कारण प्रष्ट भइनसके पनि अक्सिजन टयाङ्क विष्फोट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल खदिमीले अस्पतालका सञ्चालकलाई पक्राउ गर्न आदेश दिएका छन्। इराकी सञ्चारमाध्यमहरुले भने कम्तीमा ६४ जनाको मृत्यु […]

इदका लागि बङ्गलादेशमा एक हप्ता लकडाउन खुला गर्ने

Published: in विश्व समाचार by . Leave a Comment on इदका लागि बङ्गलादेशमा एक हप्ता लकडाउन खुला गर्ने.

काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरूको इद उल अजहालाई लक्षित गरेर बङ्गलादेशमा एक हप्ता लकडाउन हटाइने भएको छ । बङ्गलादेशमा जुलाई १५ देखि २२ सम्म लकडाउन खुला गर्ने निर्णय भएको हो । इस्लाम धर्मावलम्बीहरूको चाड इद उल अजहा बङ्गलादेशमा यस वर्ष जुलाई २१ सम्म मनाइने भएको छ । लकडाउन खुला गरे पनि कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण […]

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on इराकको कोभिड अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचार हुने इराकको एक अस्पतालमा आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ । इराकको नसिरिया शहरको दक्षिणमा अवस्थित अल-हुसेन अस्पतालमा सोमबार राति आगलागी भएको हो । तीन महिना अघि मात्र निर्माण गरिएको सो अस्पतालमा अक्सिजन प्लान्ट विष्फोट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरुले बताएका छन् । समाचार एजेन्सी […]

चट्याङ्ग लागेर भारतमा २८ जनाको ज्यान गयो

Published: in विश्व समाचार by . Leave a Comment on चट्याङ्ग लागेर भारतमा २८ जनाको ज्यान गयो.

काठमाण्डौ । भारतमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको छ । भारतको उत्तर प्रदेशका विभिन्न ठाउँमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको हो । केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चार/चार लाख रुपैयाँ दिने घोषणा गर्नु भएको छ । यस्तै, राजस्थानमा पनि चट्याङ्ग […]

भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी

Published: in विश्व समाचार by . Leave a Comment on भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी.

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् । उत्तराखण्ड, आन्ध्रप्रदेश, बिहारलगायत केही राज्यले आउँदो हप्तादेखि विद्यालय खुलाउने तयारी गरेका हुन् । दिल्लीमा भने सङ्क्रमणको जोखिम नै रहेकाले तत्काल विद्यालय नखुल्ने त्यहाँको सरकारले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डमा आउँदो सोमवारदेखि कक्षा १ देखि १२ […]

भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको मृत्यु.

काठमाण्डौ । भारतको राजस्थान र उत्तराखण्डमा प्राकृतिक विपद्मा परेर १० जनाको मृत्य भएको छ । उत्तराखण्डको बागेश्वर जिल्लामा भारी वर्षा पछि पहिरो जाँदा एउटा घर भत्किएको छ । घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्य भएको छ । यस्तै, राजस्थानको कोटा जिल्लामा चट्याङ्ग लागेर चार जनाको मृत्य भएको छ । यस्तै, धौलपुरमा पनि चट्याङ्ग लाग्दा […]

डेल्टा भेरियन्ट बेलायतमा तीव्र गतिमा फैलिदैँ

Published: in विश्व समाचार by . Leave a Comment on डेल्टा भेरियन्ट बेलायतमा तीव्र गतिमा फैलिदैँ.

काठमाण्डौ । कोरोना भाइरसको डेल्टा भेरियन्ट बेलायतमा तीव्र रुपले बढेको छ । पछिल्लो एक हप्तामा ३२ प्रतिशतले डेल्टा भेरियन्टको सङ्क्रमण बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाएकालाई भन्दा खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टको समस्या देखिएको अनुसन्धानले देखाएको छ । अघिल्लो हप्तादेखि लकडाउन खुकुलो भएपछि बेलायतमा डेल्टा भेरियन्ट तीव्र रुपमा फैलिएको छ । सङ्क्रमण फैलिरहे […]

जायन्ट पान्डालाई चीनले सङ्कटापन्न सूचीबाट हटायो

Published: in विश्व समाचार by . Leave a Comment on जायन्ट पान्डालाई चीनले सङ्कटापन्न सूचीबाट हटायो.

काठमाण्डौ । जायन्ट पान्डालाई चीनले सङ्कटापन्न सूचीबाट हटाएको छ । जायन्ट पान्डाको सङ्ख्या एक हजार आठ सय पुगेपछि लोपोन्मुख प्रजातिबाट जोखिममा रहेको सूचीमा राखिएको हो । लोपोन्मुख प्रजातिमा नरहे पनि जोखिममा भने रहेको चिनियाँ अधिकारीले बताएका छन् । विज्ञहरूका अनुसार चीन जायन्ट पान्डाको बासस्थान बढाउने सहितका लामो प्रयासबाट संरक्षण गर्न सफल भएको हो । अन्तर्राष्ट्रिय […]