Sajhamanch Archive

कोरोना भाइरसको रोकथामका लागि भारतले २३ हजार करोडको प्याकेजको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on कोरोना भाइरसको रोकथामका लागि भारतले २३ हजार करोडको प्याकेजको घोषणा.

काठमाण्डौ । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमितको उपचारका लागि भन्दै भारतले २३ हजार करोडको प्याकेजको घोषणा गरेको छ । नवनियुक्त केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मंडावियाले यो प्याकेजमार्फत जिल्लास्तरमा अक्सिजन, औषधि आपूर्ति र अस्पतालमा बेडको सङ्ख्या बढाइने बताउनु भएको छ । यस्तै भारतमा कोरोनाको तेस्रो लहरको जोखिम बढेको र यसले बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले […]

हैटीका राष्ट्रपतिको हत्यापछि प्रहरीद्वारा चार शङ्कास्पद व्यक्तिको गोली हानी हत्या

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हैटीका राष्ट्रपतिको हत्यापछि प्रहरीद्वारा चार शङ्कास्पद व्यक्तिको गोली हानी हत्या.

काठमार्डौं । हैटीका राष्ट्रपति जोभनेल मोइसीको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले चार जना शङ्कास्पद व्यक्तिको गोली हानेर हत्या गरेको छ । राष्ट्रपति मोइसीको हत्या आरोपमा राजधानी पोर्ट–अ प्रिन्समा चार जना मारिएको, दुई जनालाई पक्राउ गरिएको र बाँकी दुई जना संदिग्ध व्यक्तिको खोजी भइरहेको प्रहरी प्रमुख लियोन चार्ल्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । राष्ट्रपतिको हत्याले […]

हाइटीका राष्ट्रपति जोभिनेल मोइजको आफ्नै कमाण्डोद्वारा घरमै हत्या

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on हाइटीका राष्ट्रपति जोभिनेल मोइजको आफ्नै कमाण्डोद्वारा घरमै हत्या.

काठमाडौं । अफ्रिकी राष्ट्र हाइटीका राष्ट्रपति जोभिनेल मोइजको बुधबार बिहानै हत्या भएको छ । हाइटीको सरकारले राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेको छ । अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले राष्ट्रपति जोभिनेल मोइजलाई बुधवार आफ्नै कमाण्डोले आफ्नै घरमा हत्या गरेको पुष्टि गरेका छन् । एएफपी  

डेल्टा भेरियेन्ट नियन्त्रण गर्न सिड्नीमा ‘लकडाउन’ थपियो

Published: in विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on डेल्टा भेरियेन्ट नियन्त्रण गर्न सिड्नीमा ‘लकडाउन’ थपियो.

बीबीसी । सिड्नीका वासिन्दाहरु थप अर्को हप्ता ‘लकडाउन’मा रहनुपर्ने भएको छ । न्यु साउथ वेल्स सरकारले यसबारे जानकारी गराउँदै अधिक संक्रमक मानिएको डेल्टा भेरियेन्टविरुद्ध लड्न यस किसिमको कठिन निर्णय लिनुपरेको जनाएको छ । त्यहाँ गएको जुन २६ तारिखदेखि नागरिकहरुलाई घरैमा बस्ने निर्देशन जारी गरिएको थियो । तर, अतिआवश्यक कामका लागि बाहिरिएका केही मानिस भाइरसबाट संक्रमित […]

भारतलाई बंगलादेशको उपहार आँपः हसिनाले पठाइन् २६०० किलोग्राम

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on भारतलाई बंगलादेशको उपहार आँपः हसिनाले पठाइन् २६०० किलोग्राम.

नयाँदिल्ली । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द र पश्चिम बंगालका मुख्यमंत्री ममता बनर्जीलाई उपहारका रुपमा २६०० किलोग्राम आँप पठाएकी छन्।‌ रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको आँप आइतबार बेनापोल हुँदै भारत प्रवेश गरेको‌ हो। कोलकातास्थित बंगलादेशका उप उच्चायोगका प्रथम सचिव (राजनैतिक) मोहम्मद समीउल कद्दारले आँप ग्रहण गरेका थिए। बेनापोल भन्सार […]

कोरोना विरुद्धको खोप वितरणमा समानता होस् : बान कि मुन

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना विरुद्धको खोप वितरणमा समानता होस् : बान कि मुन.

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा […]

नेपाली श्रमिक लैजाने विषयमा कोरिया सकारात्मक

Published: in विश्व समाचार by . Leave a Comment on नेपाली श्रमिक लैजाने विषयमा कोरिया सकारात्मक.

काठमाडौं । दक्षिण कोरियाको मानव संसाधन विभाग एचआरडी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली श्रमिक लैजाने विषयमा सकारात्मक देखिएको छ । वैदेशिक रोजगार विभागका अनुसार निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजान विषयमा एचआरडी सकारात्मक भएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इपीएसबाट दक्षिण कोरिया जान सबै प्रक्रिया पूरा गरी बसेका नेपाली श्रमिक एचआरडीले तयार गरेको […]

फिलिपिन्समा सैनिक सवार विमान दुर्घटनाग्रस्त

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on फिलिपिन्समा सैनिक सवार विमान दुर्घटनाग्रस्त.

काठमाडौं । फिलिपिन्समा ९२ जना सैनिक सवार एउटा मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ । फिलिपिन्सको दक्षिण–पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा सी–३० विमान अवतरण गर्ने प्रयास गरिरहेको समयमा दुर्घटनाग्रस्त भएको खबर आइरहेका छन् । सुरक्षा बलका प्रमुख किरिलिटो सोबेजानाले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई उद्धार गरिएर अस्पताल पुर्‍याइएको र अहिलेसम्म दुर्घटनास्थलबाट १७ जनाको […]

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कुवेत दूतावास बन्द

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कुवेत दूतावास बन्द.

काठमाडौं । कुवेतमा रहेको नेपाली दूतावासले भौतिक उपस्थितिमा गर्नुपर्ने सेवा प्रवाह आजदेखि बन्द गरेको छ । दूतावासका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भौतिक रुपमा प्रवाह गरिने सेवा राहदानी नवीकरण, कागजात प्रमाणीकरण, कागजात जारी लगायतका काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द रहने दूतावासले जनाएको छ । यस अवस्थामा अत्यावश्यक सेवाबारे जानकारी लिनुपरेमा दूतावासको सम्पर्क नम्बर २५३२१६०३/२५३२१६०४/२५३२१६०५ […]

भारतीय अभिनेता आमिर खान र किरण राव सम्बन्ध विच्छेद गर्दै

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on भारतीय अभिनेता आमिर खान र किरण राव सम्बन्ध विच्छेद गर्दै.

झापा । बलिउड अभिनेता आमिर खान र किरण रावको सम्बन्ध विच्छेद हुने भएको छ । आमिर खानको जीवनमा यो दोस्रो सम्बन्ध विच्छेद हो । आमिर र उनको पहिलो श्रीमती रीना दत्ताबीच पनि सम्बन्ध विच्छेद भएको थियो । १५ वर्ष पति पत्निका रुपमा सहयात्रा गरेका आमिर र किरणले संयुक्त विज्ञप्ति निकालेर दुवैको बाटो अलग हुन लागेको […]