Sajhamanch Archive

जोन्सन एण्ड जोन्सनले निर्माण गरेको खोप डेल्टा भेरियेन्टविरुद्ध पनि प्रभावकारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on जोन्सन एण्ड जोन्सनले निर्माण गरेको खोप डेल्टा भेरियेन्टविरुद्ध पनि प्रभावकारी.

वासिङटन । जोन्सन एण्ड जोन्सनले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपले कम्तीमा ८ महिनासम्म इम्युनिटी प्रदान गर्न सक्ने र अति संक्रामक डेल्टा भेरियेन्ट विरुद्ध पनि प्रभावकारी रुपमा सुरक्षा दिलाउन सक्ने अध्ययनमा पत्ता लागेको छ । जोन्सन एण्ड जोन्सन खोप, एउटा मात्र डोजको खोप हो । कम्पनीले बिहिबार राति यसबारे जानकारी दिँदै भनेको छ , “पछिल्लो […]

उत्तर कोरियामा खाद्य सङ्कट : गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on उत्तर कोरियामा खाद्य सङ्कट : गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित.

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामा बढ्दै गएको खाद्य सङ्कटप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घको सुरक्षा परिषद्ले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो । लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ […]

क्यानडामा अत्यधिक गर्मीले निम्त्याएको तातो हावाबाट २३० को मृत्यु, हालसम्मकै उच्च तापक्रम

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on क्यानडामा अत्यधिक गर्मीले निम्त्याएको तातो हावाबाट २३० को मृत्यु, हालसम्मकै उच्च तापक्रम.

काठमाडौं । क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ । यसैकारण ती नागरिकको मृत्यु भएको हो। यहाँका विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध […]

चीन कसैको धम्कीले डराउँदैन : सी जिनपिङ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीन कसैको धम्कीले डराउँदैन : सी जिनपिङ.

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले कसैको धम्कीले नडराउने चेतावनी दिएका छन् । राष्ट्रपति सीले विदेशी शक्तिले चीनलाई धम्क्याउन वा नकारात्मक प्रभाव पार्न खोजे उल्टै प्रहार हुने चेतावनी दिएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीका अवसरमा बेइजिङमा भएको समारोहलाई सम्बोधन गर्दै उनले आफूमात्रै असल भनेर अरूलाई दिने उपदेशलाई नसहने बताएको बीबीसीले जनाएको छ । व्यापार, […]

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा, चीनमा उत्सवको तयारी

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा, चीनमा उत्सवको तयारी.

काठमाडौं । चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा जिनपिङले समाजवादले मात्र चीनलाई बचाउन सक्ने बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी चीनको विकासको कहानीको केन्द्रमा रहेको बताए […]

‘हिट डोम’ का कारण अमेरिका र क्यानडामा अत्यधिक गर्मी

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ‘हिट डोम’ का कारण अमेरिका र क्यानडामा अत्यधिक गर्मी.

एजेन्सी । अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानडा इतिहासकै सबैभन्दा उखरमाउलो गर्मीको केन्द्रविन्दु बनेको छ, मौसमविद् स्कट डन्कन भन्छन्। मध्य दिन हुनुअघि सर्वाधिक तापक्रमको कीर्तिमान तोडिएका छन्। भोलि झन् गर्मी। पर्सी अझै गर्मी…. मैले जे देखिरहेको छु त्यो विश्वास गर्न सकिरहेको छैन उनले आफ्नो ट्विटरमा लेखेका छन्। अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानडाको […]

१२०औँ मिनेटमा गोल गर्दै युक्रेन क्वार्टरफाइलनमा, स्वीडेन बाहिरियो

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on १२०औँ मिनेटमा गोल गर्दै युक्रेन क्वार्टरफाइलनमा, स्वीडेन बाहिरियो.

काठमाडौं । युक्रेन १६औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्कटल्यान्डमा भएको खेलमा स्वीडेनलाई पराजित गर्दै युक्रेन अन्तिम आठमा पुगेको हो । मंगलबार राति भएको प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २–१ ले हराउँदै युक्रेनले अघिल्लो चरणमा स्थान बनायो । ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एकरएक गोल गरे […]

टर्कीले नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान रोक्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on टर्कीले नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान रोक्यो.

काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । यसले यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ । नेपाल सरकारले उडान खुला गरेपनि टर्की सरकारले भने […]

भारतद्वारा अग्नि पीको सफल परीक्षण

Published: in विश्व समाचार, by . Leave a Comment on भारतद्वारा अग्नि पीको सफल परीक्षण.

नयाँदिल्ली । भारतले सोमबार बालासोरको ओडिशाको तटमा रहेको डा. एपीजे अब्दुल कलाम टापुबाट परमाणु सक्षम मिसाइलको नयाँ संस्करण अग्नि पीको सफल परीक्षण गरेको छ। रक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर भनेको छ, ‘पूर्वी तटस्थित विभिन्न टेलिमेट्री र रडार स्टेशनहरूले मिसाइलको निगरानी गरेको थियो। मिसाइलका लागि निर्धारण गरिएको सम्पूर्ण नियमको अनुसरण गर्दै अभियानको उद्देश्यको पनि […]

उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on उत्तरी अफगानिस्तानमा सैनिक कारबाही, ११ तालिबानीको मृत्यु.

काबुल । अफगानिस्तानको उत्तरी बडाखसान प्रान्तमा शनिबार राति सेनाले गरेको कारबाहीमा कम्तीमा ११ जना तालिबानी लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रान्तका विभिन्न भागमा भएका ती कारबाहीमा अरु १७ जना लडाकू घाइते भएका छन् । मन्त्रालयले स्थानीय प्रतिरोध समूहसँग मिलेर सेनाले तिस्कान, बाहाराक, तगाब, किसिम र जुर्म जिल्लामा आइतबार राति कारबाही […]