Sajhamanch Archive

भारतमा ‘टू डीजी’ नामक औषधि प्रयोग गर्न अनुमति

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा ‘टू डीजी’ नामक औषधि प्रयोग गर्न अनुमति.

काठमाण्डौ । भारतमा विकास गरिएको नयाँ औषधिले अनुमति पाएको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा विकास गरिएको नयाँ औषधिले अनुमति पाएको हो । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टूडीजी नामक औषधिलाई सङ्क्रमितको उपचारमा प्रयोगका लागि आपत्कालीन अनुमति दिएको छ । कोभिडबाट अति प्रभावित दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो […]

गाजा क्षेत्रको युद्ध रोक्न गर्न अमेरिकी राष्ट्रपति बाइडेनको अपिल

Published: in विश्व समाचार by . Leave a Comment on गाजा क्षेत्रको युद्ध रोक्न गर्न अमेरिकी राष्ट्रपति बाइडेनको अपिल.

काठमाण्डौ । गाजा क्षेत्रको युद्धविराम गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले अपिल गरेका छन् । उनले गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनीबीच भैरहेको संघर्ष रोक्न अपिल गरेका हुन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायल र अन्य देशसँगको दुस्मनी रोक्ने प्रयासमा अमेरिका लागि परेको पनि राष्ट्रपति बाइडेनले बताएका छन् । गाजा क्षेत्रमा भइरहेको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ […]

चक्रवातका कारण भारतको जनजीवन प्रभावित

Published: in विश्व समाचार by . Leave a Comment on चक्रवातका कारण भारतको जनजीवन प्रभावित.

काठमाडौं । अरब सागरमा विकसित चक्रवातका कारण भारतको जनजीवन प्रभावित भएको छ । तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने एक लाख ५० हजार जना विस्थापित भएका छन् । सबैभन्दा धेरै मुम्बई प्रभावित भएको छ । नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बईमा […]

कोरोनाबाट सबैभन्दा ‘आहत’ भारतमा शक्तिशाली ‘टोकटे’ चक्रवातको खतरा

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on कोरोनाबाट सबैभन्दा ‘आहत’ भारतमा शक्तिशाली ‘टोकटे’ चक्रवातको खतरा.

नयाँदिल्ली । कोरोना भाइरसबाट हाल विश्वमा सबैभन्दा ग्रस्त बनेको भारतमा फेरि अर्को समस्या सिर्जना भएको छ । भारतमा ‘टोकटे’ चक्रवादको खतरा बढेको बीबीसी हिन्दीले जनाएको छ । हाल यो चक्रवात दक्षिण–पूर्वी र पूर्वी–मध्य अरब सागरमा छ । भारतीय मौसम विभागका अनुसार यो चक्रवाद भारतर्फ अगाडि बढिरहको छ । यो चक्रवात आउँदो सोमबारसम्म जारी रहने छ […]

नेपालको अवस्था चिन्ताजनक : डब्ल्यूएचओ

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपालको अवस्था चिन्ताजनक : डब्ल्यूएचओ.

काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको जनाएको छ । डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएका हुन् । निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्ड लगायतका देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग चाहिएको बताए । नेपालमा अस्पताल भर्ना […]

चीनको आफ्नो यान मङ्गल ग्रहमा अवतरण

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on चीनको आफ्नो यान मङ्गल ग्रहमा अवतरण.

काठमाण्डौ । चीनले आफ्नो यान मङ्गल ग्रहमा अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यो सँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा […]

भारतको गंगा नदीमा लाश बग्ने क्रम रोकिएन

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतको गंगा नदीमा लाश बग्ने क्रम रोकिएन.

काठमाण्डौ । भारतको गंगा नदीमा लाश बग्ने क्रम रोकिएको छैन । हिजो पनि ७१ जनाको लाश भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारको बक्सर जिल्लाको सिमरी क्षेत्रमा गंगा नदीमा लाशहरु भेटिएका हुन् । योबाहेक गंगा नदीका विभिन्न घाटहरुमा तैरिरहेको अवस्थामा लाशहरु देखिएका स्थानीयले बताएका बीबीसीले जनाएको छ । भेटिएका लाश पोस्टमार्टम पछि गाडिएको त्यहाँको जिल्ला […]

इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा १३ तले भवन ध्वस्त, २८ को मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा १३ तले भवन ध्वस्त, २८ को मृत्यु.

एजेन्सी । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधि उत्कर्षमा पुगेको छ । पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरुलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरिएको बताइएको छ । प्यालेष्टाइनी लडाकु समुह हमास […]

भारतको गंगा नदीमा ४० शव तैरिरहेको अवस्थामा फेला, कोरोना संक्रमितको भएको शंका

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on भारतको गंगा नदीमा ४० शव तैरिरहेको अवस्थामा फेला, कोरोना संक्रमितको भएको शंका.

एजेन्सी । भारतको बिहार स्थित गंगा नदीमा ४० वटा शव तैरिरहेको अवस्थामा फेला परेपछी सनसनी मच्चिएको छ । बिहारको चौसा प्रखडं स्थित चौसा शमशान गंगा नदीमा तैरिरहेको शवलाई जनावरहरुले लुछिरहेको दृश्य सार्वजनिक भएपछी सनसनी मच्चिएको हो । स्थानीय प्रशासनले शवका बारेमा आफुहरु बेखबर रहेको जनाउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । चौसा प्रखडं बिकास पदाधिकारी […]

चीनले सगरमाथाको चुचुरोमा सीमा रेखा कोर्दै

Published: in विश्व समाचार, समाज by . Leave a Comment on चीनले सगरमाथाको चुचुरोमा सीमा रेखा कोर्दै.

काठमाण्डौ । नेपाल र चीनबीचको सगरमाथाको चुचुरोमा सीमा विभाजन रेखा कोर्न टोलीलाई शिखरतर्फ पठाएको छ । नेपाल तर्फ रहेको सगरमाथाको आधारशिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि चीनले कोरोना सङ्क्रमण फैलनबाट रोक्न भन्दै सीमा रेखा कोर्नको लागि आरोहीहरुलाई पठाएको बीबीसीले जनाएको छ । चीनले यस वर्ष आफ्नोतर्फबाट सगरमाथा आरोहणका लागि विदेशी आरोहीलाई अनुमति दिएको छैन । सङ्क्रमण […]