Sajhamanch Archive

सन् २०२२ का लागि डीभीको नतिजा प्रकाशित, धेरै नेपालीको अमेरिका जाने सपना साकार हुँदै

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, समाज by . Leave a Comment on सन् २०२२ का लागि डीभीको नतिजा प्रकाशित, धेरै नेपालीको अमेरिका जाने सपना साकार हुँदै.

काठमाडौँ । सन् २०२२ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी)को नतिजा प्रकाशित भएको छ । अमेरिकी समयानुसार शनिबार राति पौने १० बजे डिभीको नतिजा सार्वजनिक गरिएको नेपालस्थित अमेरिकी दूतावसले जनाएको छ । नतिजा हेर्न आवेदन दिएका बखत उपलब्ध गराइएको कन्फर्मेसन नम्बर चाहिने जनाइएको छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा […]

चीनद्वारा सुखभोगी जीवन शैली अपनाउने कम्युनिष्ट नेतामाथि कारबाही

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनद्वारा सुखभोगी जीवन शैली अपनाउने कम्युनिष्ट नेतामाथि कारबाही.

काठमाडौं । भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ । यस वर्षको सुरुदेखि हालसम्म त्यस्ता २७० जना नेतामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले जानकारी दिएको छ । प्रत्येक १० वटा मुद्दामध्ये नौ वटा मुद्दा भड्काउ र सुखभोगसँग सम्बन्धित रहेका […]

ब्राजिलमा तस्कर र प्रहरीबीच गोली हानाहान २५ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ब्राजिलमा तस्कर र प्रहरीबीच गोली हानाहान २५ जनाको मृत्यु.

काठमाडौं । ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा एक सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ। राजधानी रियो दि जेनेरियोमा भएको गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ। गोली हानहानमा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन्। लागुऔषध तस्करहरुले आफ्नो गिरोहमा बालबालिकाको प्रयोग गरिरहेको गुप्तचर निकायको […]

भारतमा अक्सिजन अभाव हुँदा थप १२ कोरोना संक्रमितको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on भारतमा अक्सिजन अभाव हुँदा थप १२ कोरोना संक्रमितको मृत्यु.

नयाँदिल्ली । भारतको कर्नाटक राज्यको एक अस्पतालमा अक्सिजन अभाव हुँदा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । चामाराजानगर जिल्लास्थित एक शिक्षण अस्पतालमा उपचाररत १२ संक्रमितको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । मृत्यु हुने सबै संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको थियो । चिकित्सकहरुको तमाम प्रयाशका बाबजुद उनीहरुको अक्सिजन लेवल सामान्य बनाउन नसकिएकाले मृत्यु भएको बताइएको छ […]

अमेरिकाले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक अर्ब ३० लाख अनुदान दिने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकाले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक अर्ब ३० लाख अनुदान दिने.

काठमाडौं । अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड १९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप रकम प्रदान गर्ने बताएका हुन् । उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग यूएसएआइडी मार्फत रकम […]

मजदूर आन्दोलनको सम्झनामा अन्तर्राष्ट्रिय श्रमिक दिवस

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on मजदूर आन्दोलनको सम्झनामा अन्तर्राष्ट्रिय श्रमिक दिवस.

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड […]

भारतमा भएका नेपालीहरूका लागि हटलाइन टेलिफोन सेवा सुरु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा भएका नेपालीहरूका लागि हटलाइन टेलिफोन सेवा सुरु.

झापा । गैरआवासीय नेपाली संघले भारतमा भएका नेपालीहरुको सहयोगार्थ हटलाइन (टेलिफोन) सेवा सुरु गरेको छ । भारतमा तीव्र रुपमा बढ्दै गएको कोभिड १९ को प्रकोपबाट ठूलो संख्यामा नेपाली प्रभावित भएपछि संघले स्वास्थ्य सेवा दिने उदेश्यले सो सेवाको सुरुवात गरेको हो । कोरोना भाइरससम्बन्धी कुनै समस्या भए भारतमा भएका नेपालीहरुले फोन, टेक्ट, भाइवर, ह्वाट्सएप, इमेलमार्फत त्यहाँ […]

संयुक्त राष्ट्रसङ्घले भारतलाई कोरोनाविरुद्ध लड्न सघाउने

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on संयुक्त राष्ट्रसङ्घले भारतलाई कोरोनाविरुद्ध लड्न सघाउने.

काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घले कोभिड १९ विरुद्ध लड्न भारतलाई सघाउने सङ्घ प्रवक्ताले बुधवार जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार कोभिड १९ को सङ्क्रमणका कारण अहिले भारतको अवस्था निकै जटिल भएकाले संयुक्त राष्ट्रसङ्घले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो । संयुक्त राष्ट्रसङ्घका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह अहिले भारत पुगेका छन् । साथै संयुक्त राष्ट्रसङ्घले पनि […]

कतार प्रवेश गर्नेलाई क्वरेण्टीन अनिवार्य

Published: in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on कतार प्रवेश गर्नेलाई क्वरेण्टीन अनिवार्य.

काठमाण्डौ । नेपालसहित ६ देशबाट कतार जानेले अनिवार्य क्वरेण्टीन बस्नेपर्ने भएको छ । कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट भोलिदेखि कतार प्रवेश गर्नेहरुलाई अनिवार्य क्वरेण्टीनको नियम लागु गरेको हो । पछिल्लो समय भारतमा देखा परेको कोरोनाको नयाँ भेरिएण्टका कारण सतर्कता अपनाउन कतारको जनस्वास्थ्य मन्त्रालयको सोमबार बसेको बैठकले अप्रिल २९ अर्थात भोलिदेखि यो […]

भारतको असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on भारतको असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प.

 काठमाडौं । भारतको उत्तर पूर्वी राज्य असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । असामको ठूलो सहर गुहाहिटीबाट १ सय ४० किलोभिटर उत्तरमा रहेको धेकियाजुली भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको […]