Sajhamanch Archive

ताइवानमा सुरुङभित्र रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, by . Leave a Comment on ताइवानमा सुरुङभित्र रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो.

काठमाडौं । ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको छ भने ७२ जना घाइते भएका छन् । ताइवानको ह्वालियन सहरको सुुरङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको छ । ट्रकमा ठोक्किएको रेल लिगबाट चिप्लिएर सडकमा पुगेको थियो । दुर्घटनाबाट रेलको आठ ओटा डब्बामध्ये पाँच ओटा डब्बा क्षतिग्रस्त भएको छ । ताइवानमा सुरु भएको लामो […]

पश्चिम बंगालमा चुनाव: हिंसात्मक झडपमा दुई जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on पश्चिम बंगालमा चुनाव: हिंसात्मक झडपमा दुई जनाको मृत्यु.

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ। पश्चिम बंगालमा विधानसभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ। ठूला भेला हुन प्रतिबन्ध लगाइए पनि बंगाल राज्यको सत्तारूढ तृणमूल कांग्रेस र भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ताहरूबीच ठाउँठाउँमा झडप भएका छन्। राजनीतिक हिंसा र हत्या जस्ता […]

भारतमा ७२ हजार बढी कोरोना संक्रमित एकैदिन थपिए

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by . Leave a Comment on भारतमा ७२ हजार बढी कोरोना संक्रमित एकैदिन थपिए.

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ […]

फ्रान्समा चार हप्ता लकडाउन, स्कुल पनि बन्द

Published: in विश्व समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on फ्रान्समा चार हप्ता लकडाउन, स्कुल पनि बन्द.

काठमाण्डौ । फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिवारदेखि चार हप्ता लकडाउनको घोषणा गरेका छन् । एक टेलिभिजनमा सम्बोधन गर्दै उनले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएका छन् । लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम […]

म्यानमार शरणार्थीलाई सहयोग नगर्ने निर्णयबाट पछि हट्यो भारतीय राज्य सरकार

Published: in विश्व समाचार, by . Leave a Comment on म्यानमार शरणार्थीलाई सहयोग नगर्ने निर्णयबाट पछि हट्यो भारतीय राज्य सरकार.

नयाँ दिल्ली । म्यानमार शरणार्थीलाई सहयोग नगर्ने निर्णयबाट भारतीय राज्य मणिपुर पछि हटेको छ । मणिपुर सरकारले मार्च २६ तारिखमा अवैधानिक तबरले भारत प्रवेश गरेका शरणार्थीलाई खाना र बास नदिन जिल्ला प्रशासन र नागरिक समाजलाई आग्रह गर्दै आदेश जारी गरेको थियो । उक्त निर्णयको चौतर्फी विरोध भएपछि मणिपुर सरकारले सोमबार अर्को सूचना जारी गर्दै पहिलेको […]

म्यानमारमा सडकमा फोहोर फालेर विरोध प्रदर्शन

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा सडकमा फोहोर फालेर विरोध प्रदर्शन.

काठमाडौं । म्यानमारमा सेनाको ज्यादतीविरुद्ध प्रदर्शनकारीले सडकमा फोहोर फालेर विरोध प्रदर्शन गरेका छन् । सडकमा फोहोर फालेर भइरहेको प्रदर्शनका फोटोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । अवज्ञा आन्दोलनअन्तर्गत प्रदर्शनकारीले आजदेखि सडकमा फोहोर फालेर विरोध जनाउन थालेका बीबीसीले जनाएको छ । म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा नेतृ आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा […]

सबै राज्यमा स्वास्थ्य मापदण्ड पालना गर्न बाइडेनको अपिल

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on सबै राज्यमा स्वास्थ्य मापदण्ड पालना गर्न बाइडेनको अपिल.

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले सबै राज्य र सहरहरुमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरहरुलाई अपिल गरेका छन् । कोेरोना महामारीबारे भएको पत्रकार सम्मेलनमा उनले महामारी पूर्णरुपमा उन्मूलन भइनसकेकाले अनिवार्य मास्क लगाउन आवश्यक रहेको र त्यसका लागि प्रोत्साहित गर्न आग्रह गरेका हुन् । मानिसहरुको लापरबाहीका कारण कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको भन्दै […]

भारतमा ६८ हजारभन्दा बढी कोरोना संक्रमित एकैदिन भेटिए

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा ६८ हजारभन्दा बढी कोरोना संक्रमित एकैदिन भेटिए.

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु […]

भारतमा २४ घण्टामा २९५ जनाको मृत्यु, ६८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा २४ घण्टामा २९५ जनाको मृत्यु, ६८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण.

झापा । भारतमा कोरोना भाइरसको सङ्क्रमण संख्या थप बढ्दै गएको छ । गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने यही अवधिमा २९५ जनाको ज्यान गएको छ । भारतमा ५ लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ । सम्भावित […]

म्यानमारमा अन्तिम संस्कार गरिरहेकाहरू माथि सेनाले चलायो गोली

Published: in विश्व समाचार, समाज by . Leave a Comment on म्यानमारमा अन्तिम संस्कार गरिरहेकाहरू माथि सेनाले चलायो गोली.

काठमाडौं । म्यानमारको सेना नागरिकविरूद्ध दिनप्रतिदिन झनै क्रुर रूपमा प्रस्तुत हुन थालेको छ। शनिबार एकैदिन ११४ जना नागरिकको ज्यान लिएको सेनाले आइतबार अन्तिम संस्कार गर्न जम्मा भएका नागरिकमाथि पनि गोली चलाएको छ। समाचार संस्था रोयटर्सका अनुसार आर्थिक राजधानी यंगुननजिकैको बागो भन्ने ठाउँमा शनिबार सेनाको गोलीले मृत्यु भएका एक प्रदर्शनकारीको अन्तिम संस्कार भइरहेका बेला सुरक्षाकर्मी पुगेर […]