Sajhamanch Archive

बीबीसीको नयाँदिल्ली कार्यालयमा छापा, कर्मचारीको मोवाइल कब्जामा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on बीबीसीको नयाँदिल्ली कार्यालयमा छापा, कर्मचारीको मोवाइल कब्जामा.

नयाँदिल्ली । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को नयाँदिल्लीस्थित कार्यालयमा छापा हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत आन्तरिक राजस्व कार्यालयले कब्जामा लिएको जनाइएको छ । केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको […]

टर्की र सिरिया भूकम्प : मृतकको संख्या २० हजारभन्दा बढी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on टर्की र सिरिया भूकम्प : मृतकको संख्या २० हजारभन्दा बढी.

झापा । गत सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या २० हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पमा परेर टर्कीमा मात्रै कम्तीमा १७ हजार ६७४ जनाले ज्यान गुमाएको उपराष्ट्रपति फुआत ओक्तेलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । त्यस्तै सिरियामा कम्तीमा ३ […]

मलेसियाका गृहमन्त्री आज नेपाल आउँदै

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on मलेसियाका गृहमन्त्री आज नेपाल आउँदै.

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीन दिने नेपाल भ्रमणका लागि आज बिहीबार नेपाल आउँदै छन् । उनी साँझ ७ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर […]

हेलिकप्टर दुर्घटनामा युक्रेनका मन्त्रीसहित १८ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on हेलिकप्टर दुर्घटनामा युक्रेनका मन्त्रीसहित १८ जनाको मृत्यु.

झापा । युक्रेनको राजधानी किभस्थित हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । बुधबार किभस्थित एक स्कुलमा क्षति पुग्ने गरी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा मन्त्री डेनेस मोनास्टिर्स्कीसहित ९ जना सवार थिए । जहाँ तीन बालबालिकाको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । साथै दुर्घटनामा १५ जना घाइते […]

राष्ट्रपति भण्डारीले नपठाएको शुभकामना म्यानमारको पत्रिकामा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारीले नपठाएको शुभकामना म्यानमारको पत्रिकामा.

काठमाडौं । सैनिक शासन चलिरहेको म्यानमारको एउटा दैनिक पत्रिकामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा प्रेशित नै नभएको शुभकामना सन्देश प्रकाशित भएको छ । म्यानमारको सरकारपक्षीय दैनिक पत्रिका ‘म्यान्मा अलिनो’ मा बुधबार म्यानमारको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भनेर शुभकामना सन्देश प्रकाशित भएको हो । म्यानमारको सञ्चार मन्त्रालयले प्रकाशित गर्ने ‘म्यान्मा अलिनो’ पत्रिकामा नेपालका राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री […]

आज पेलेको अन्त्येष्टि गरिंदै

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on आज पेलेको अन्त्येष्टि गरिंदै.

झापा । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन […]

आसाम डाउन टाउन युनिभर्सिटी र मनमोहन प्राविधिक विश्वविद्यालयबीच सम्झौता

Published: (Updated: ) in राष्ट्रिय समाचार, विश्व समाचार, शिक्षा, समाज by . Leave a Comment on आसाम डाउन टाउन युनिभर्सिटी र मनमोहन प्राविधिक विश्वविद्यालयबीच सम्झौता.

झापा । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र बिराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा. एनसी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट […]

विश्वकप फुटबल : सर्वियाविरुद्ध क्यामरुनको रोमाञ्चक बराबरी

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on विश्वकप फुटबल : सर्वियाविरुद्ध क्यामरुनको रोमाञ्चक बराबरी.

दोहा । कतार विश्वकपमा क्यामरुन र सर्बियाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘जी’ अन्तर्गत सोमबारको खेलमा दुई टोलीले ३–३ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि क्यामरुनले फिफा विश्वकप अन्तर्गतसमूह ‘जी’ को खेलमा सोमबार सर्बियासँग ३–३ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा अग्रता भने क्यामरुनले नै लिएको थियो […]

विश्वकप फुटबल २०२२ इरानमाथि इंग्ल्यान्डको सहज जीत

Published: in खेलकुद, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on विश्वकप फुटबल २०२२ इरानमाथि इंग्ल्यान्डको सहज जीत.

दोहा । उपाधिको बलियो प्रत्यासी रहेको इंग्ल्यान्डले सोमबार विश्वकप २०२२ को समूह ‘बी’ मा सजिलो जीत निकालेको छ । उसले इरानमाथि ६–२ को एकपक्षीय जीत निकालेको हो र यससँगै तीन बहुमूल्य अंक बटुल्न पनि सफल रह्यो । यो जीतसँगै इंग्ल्यान्डले समूहको शीर्ष स्थान ओगटेको छ । इंग्ल्यान्ड पहिलो हाफमै तीन गोलले अगाडि रहेको थियो । […]

आजदेखि फुटबल महाउत्सव

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on आजदेखि फुटबल महाउत्सव.

दोहा । हमाद विमानस्थलबाट बाहिर निस्कने बित्तिकै सडकको दायाँतिर विश्वकप फुटबलमा सहभागी ३२ देशका राष्ट्रिय झन्डाको रङमा कंक्रिटका ठुल्ठूला फुटबल सजाइएका छन् । बत्तीको खम्बामा फिफा विश्वकप र कतार विश्वकप लेखिएका झन्डा फहराइएका छन् । सडकमा गुडेका सार्वजनिक बस र हालै सञ्चालनमा ल्याइएका मेट्रोरेल विश्वकपकै लोगो र फुटबलसम्बन्धी तस्बिरले रंग्याइएको छ । दोहाका मुख्य स्थानहरूमा दर्शकलाई रंगशाला बाहिरै […]