Sajhamanch Archive

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध.

एजेन्सी । सैन्य ‘कू’भएपछि भागेर भारत छिरेका प्रहरीलाई फिर्ता गर्न भारत सरकारलाई म्यानमारले आग्रह गरेको छ । म्यानमारका केही प्रहरी, परिवारसहित भारत गएपछि म्यानमारले भारत सरकारलाई पत्र पठाएर फिर्ता गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ । म्यानमारका अधिकारीले भारतलाई पठाएको पत्रमा मैत्रीपूर्ण सम्बन्ध कायम राख्न पनि म्यानमारका प्रहरी अधिकारीलाई फर्काउन सहयोग गर्न भारतलाई आग्रह गरिएको […]

चीनमा कोरोनाविरुद्धको हजारौँ डोज नक्कली खोप बरामद

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनमा कोरोनाविरुद्धको हजारौँ डोज नक्कली खोप बरामद.

बीबीसी । चीन र दक्षिण अफ्रिकामा प्रहरीले कोभिड–१९ विरुद्धको हजारौँ डोज नक्कली खोप बरामद गरेको छ । दर्जनौँ पक्राउ परेका छन् । चीनमा मात्र प्रहरीले ८० जनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई एक उद्योगमा तीन हजार डोज नक्कली खोपसहित फेला पारिएको थियो । अफ्रिकामा तीन चिनियाँ र एकजना जामिबियनलाई एउटा वेयरहाउसबाट पक्राउ गरिएको हो । […]

अमेरिकाको प्रतिष्ठित पुरस्कार मुस्कान खातुनलाई

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकाको प्रतिष्ठित पुरस्कार मुस्कान खातुनलाई.

काठमाडौं । अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा एसिड आक्रमण गरेका थिए । अमेरिकी प्रथम […]

कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोभिड–१९ बाट अत्यधिक प्रभावित इटलीमा गरिबीको दर उच्च.

काठमाडौं । कोरोना भाइरस महामारीले ग्रसित इटलीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरिबीको दर पनि १५ वर्ष यताकै उच्च देखिएको छ। इटलीमा सन् २००५ पछि गत वर्ष गरिबीको दर बढेर उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ। करिब छ करोड जनसङ्ख्या रहेको यस यूरोपेली मुलुकमा पूर्ण गरिबीमा रहेका मानिसहरूको सङ्ख्यामा सन् २०२० मा […]

म्यानमार : सेनाकाे विरुद्ध फेरि सडकमा निस्किए प्रदर्शनकारी

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on म्यानमार : सेनाकाे विरुद्ध फेरि सडकमा निस्किए प्रदर्शनकारी.

एजेन्सी । म्यानमारमा बुधवार एकैदिन ३८ प्रदर्शनकारीको ज्यान गएको भोलिपल्ट बिहीवार पनि निकै ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा निस्किएका छन् । म्यानमारको सबैभन्दा ठूलो सहर याङ्गोनमा प्रदर्शनकारीहरुले सडकमा टायर, तारबारको ब्यारिकेड्स बनाएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अशृग्यास र गोली चलाएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले याङ्गोनका साथै केन्द्रीय सहर मोन्यावामा पनि प्रहरीले प्रदर्शनकारीमाथि गोली […]

बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

Published: in विश्व समाचार by . Leave a Comment on बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द.

नयाँदिल्ली । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको जनाइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका छन् । साथै, सो ताजमहलभित्र रहेका विभिन्न विदेशी तथा स्वदेशी पर्यटकलाई बाहिर निस्किन स्थानीय सुरक्षा अधिकारीहरुले सूचना जारी गरेका […]

म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने अमेरिकाको चेतावनी

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने अमेरिकाको चेतावनी.

काठमाण्डौ । म्यानमारमा हिजो सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको ज्यान गएपछि संयुक्त राष्ट्रसंघले यसलाई ‘रक्तपातपूर्ण’ दिन भनेको छ । राष्ट्रसंघले म्यानमारमा सैन्य ‘कू’ यताकै रक्तपातपूर्ण दिन भनेको हो । हिजो प्रदर्शनका क्रममा त्यहाँ ३८ जनाको ज्यान गएको थियो भने कयौँ घाइते भएका छन् । हिजोको घटनापछि बेलायतले राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको […]

म्यानमार : प्रदर्शनकारी माथिको प्रहरी दमनमा ९ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमार : प्रदर्शनकारी माथिको प्रहरी दमनमा ९ जनाको मृत्यु.

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’विरुद्धको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेअनुसार प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार ९ जनाको मृत्यु भएको उल्लेख गरेको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो । […]

९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते.

काठमाडौं । विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् । वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै व्यक्ति कोरोनामुक्त भइसकेका हुन् । अहिलेसम्म कोरोनाका कारण विश्वभर २५ लाख ५८ हजार जनाको ज्यान गएको छ । कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमित हुनेको संख्या बढ्न थालेको छ […]

अपहरणमा परेका सयाैँ छात्रा रिहा

Published: in विश्व समाचार by . Leave a Comment on अपहरणमा परेका सयाैँ छात्रा रिहा.

एजेन्सी । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका झण्डै तीन सय छात्रा रिहा भएका छन् । त्यहाँको प्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गर्दै नजिकको जङ्गलमा लिएर गएका थिए । अधिकारीहरूले कुल २७९ छात्रालाई रिहा गरिएको र यसअघि प्रहरीले अपहरणमा परेको छात्राको सङ्ख्या ३१७ बताए पनि त्यो सही नभएको […]