Sajhamanch Archive

भारत जाँदा पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्न अनिवार्य

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारत जाँदा पीसीआर रिपोर्ट अनलाइनमा अपलोड गर्न अनिवार्य.

काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् । […]

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन.

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा हजारौँ मानिसहरु सहभागी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालसँगै व्यापार र व्यवसाय बन्द गरिएका छन् भने श्रमिकहरु सडकमा आएका छन् । सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर यसअघि नै […]

भारत कोरोना महामारीको चपेटामा, महाराष्ट्रमा सार्वजनिक भेला गर्न नपाइने

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारत कोरोना महामारीको चपेटामा, महाराष्ट्रमा सार्वजनिक भेला गर्न नपाइने.

काठमाण्डौ । कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिन थालेपछि भारतमा निगरानीमा कडाइ गरिएको छ । महाराष्ट्रमा सार्वजनिक भेलामा नै रोक लगाइएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कोरोनाको जोखिम बढेको भन्दै भीडभाडमा प्रतिबन्धको घोषणा गरेका हुन् । राजनीतिक, धार्मिक तथा सामाजिक कार्यको नाममा भेला गर्न नपाइने उनको भनाइ छ । एक टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गर्दै […]

कोरोना संक्रमण : राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमण : राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक.

एजेन्सी । कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘महामारीले हाम्रो राज्यमा फेरि टाउको उठाउँदै छ । लकडाउनबाट […]

उड्दै गरेको विमानमा आगलागी

Published: in विश्व समाचार by . Leave a Comment on उड्दै गरेको विमानमा आगलागी.

एजेन्सी । अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण […]

विश्वभर २० करोडभन्दा धेरै कोरोनाविरुद्धको डोज खोपको प्रयोग

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वभर २० करोडभन्दा धेरै कोरोनाविरुद्धको डोज खोपको प्रयोग.

काठमाडौं । हालसम्म विश्वभरका २० करोड मानिसहरुले कोरोनाविरुद्धको डोज खोप लगाएका छन् । सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतका आधारमा सङ्कलन गरिएको तथ्याङ्कको आधारमा अहिलेसम्म २० करोड डोज खोपको प्रयोग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १०७ देश र क्षेत्रमा खोप अभियानलाई तीव्र पारिएको र ती देशहरुमा अहिलेसम्म २० करोड १० लाख […]

म्यानमार सैन्य ‘कू’ : विराेध प्रदर्शनमा एक जनाकाे ज्यान गयाे

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on म्यानमार सैन्य ‘कू’ : विराेध प्रदर्शनमा एक जनाकाे ज्यान गयाे.

एजेन्सी । म्यानमारमा भएको सैन्य ‘क’ पछि जारी विरोध प्रदर्शनमा २० वर्षीया महिला म्या त्वे त्वे काइङ्गको ज्यान गएको छ । गएको केही हप्तादेखि जारी विरोध प्रदर्शनमा पहिलो पटक कुनै प्रदर्शनकारीको ज्यान गएको हो । गएको हप्ता विरोध प्रदर्शनका भाग लिएकी म्या त्वे त्वे काइङ्ग प्रहरीले चलाएको गोली टाउकोमा लागेर घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई […]

कोरोनाविरुद्धको खोप ढुवानी गर्ने विश्वका ठूला १५ वटा एअरलाइन्सको प्रतिबद्धता

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्धको खोप ढुवानी गर्ने विश्वका ठूला १५ वटा एअरलाइन्सको प्रतिबद्धता.

काठमाण्डौ । कोभ्याक्स सुविधाको खोप ओसार्न विश्वका ठूला एअरलाइन्सले प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफको अगुवाइमा विश्वका कम आय भएका देशलाई प्राथमिकतामा राखेर खोप ओसार्न ठूला एअरलाइन्स कम्पनी सहमत भएका छन् । कोरोनाविरुद्धको खोप, अत्यावश्यक औषधि, मेडिकल सामग्री तथा अन्य महत्त्वपूर्ण वस्तुहरू प्राथमिकताका आधारमा आपूर्तिमार्फत युनिसेफलाई सहयोग गर्नका लागि विश्वका १५ […]

चिनियाँ चार सैनिकको गल्वान झडपमा मृत्यु भएको खुलासा

Published: in विश्व समाचार by . Leave a Comment on चिनियाँ चार सैनिकको गल्वान झडपमा मृत्यु भएको खुलासा.

बेइजिङ । गत वर्षको जुनमा भारत र चीनका सैनिकबीच गल्वानमा भएको झडपमा परी चार जना चिनियाँ सैनिकको मृत्यु भएको खुलेको छ। चीन सरकारले उक्त झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई शुक्रबार मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको हो। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चेन होङजुन, चेन सियाङरोङ, सिआओ सियुआन र वाङ चौरानले सहमतिलाई […]

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण

Published: in विश्व समाचार by . Leave a Comment on नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण.

एजेन्सी । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मंगल […]