Sajhamanch Archive

प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन अमेरिकाले गर्ने

Published: in विश्व समाचार by . Leave a Comment on प्रजातन्त्र सम्बन्धी विश्व शिखर सम्मेलन अमेरिकाले गर्ने.

काठमाडौं । संसारभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् । सो सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई आमन्त्रण गर्ने र प्रजातन्त्र र यसका मूल्य मान्यताप्रति अमेरिकी र विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । सो सम्मेलन आयोजना गरेर […]

म्यानमारमा क्षेत्रीय तथा स्थानीय मुख्यमन्त्रीहरु रिहा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on म्यानमारमा क्षेत्रीय तथा स्थानीय मुख्यमन्त्रीहरु रिहा.

काठमाडौं । म्यानमारको सेनाले हिरासतमा लिएको एक दिनपछि मंगलबार क्षेत्रीय तथा स्थानीय राज्यका मुख्यमन्त्रीहरुलाई रिहा गरेको छ । म्यानमारको सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार मंगलबार मुख्यमन्त्रीहरु रिहा भएका हुन् । सोमबार म्यानमारको सेनाले सरकार सञ्चालन गर्ने नेताहरु, क्षेत्रीय र राज्यका मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका केन्द्रीय कार्यकारी सदस्यहरुलाई […]

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यान्मार सेनालाई कडा चेतावनी

Published: (Updated: ) in मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यान्मार सेनालाई कडा चेतावनी.

एजेन्सी । म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिले संसारको ध्यानाकर्षण बढेको छ । विभिन्न देशले सेनाको उक्त कदमको विरोध गरिरहेका छन् । यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि म्यान्मारको सेनाले गलत गरिरहेको भन्दै चेतावनी दिएका छन् । बाइडेनले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको […]

आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Published: in विश्व समाचार by . Leave a Comment on आज विश्व सिमसार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै.

काठमाण्डौ । विभिन्न कार्यक्रम गरी आज विश्व सिमसार दिवस मनाइँदै छ । यो वर्ष ‘सिमसार र पानी’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर भएको दिनलाई आधार मानेर नेपालले हरेक वर्षको फेब्रुअरी २ मा यो दिवस मनाउँदै आएको छ। सिमसारको विश्वस्तरमै संरक्षण गर्न सन् १९७१ मा जलपक्षीको वासस्थानसम्बन्धी सिमसार […]

भारतमा किसानको धर्ना भइरहेको स्थानमा इन्टरनेटमा प्रतिबन्ध

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on भारतमा किसानको धर्ना भइरहेको स्थानमा इन्टरनेटमा प्रतिबन्ध.

एजेन्सी । किसानले भोक हड्तालको सुरु गरेपछि भारतको दिल्लीमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको छ । शान्ति सुरक्षाका लागि भन्दै किसानले पक्कड जमाएका दिल्लीका तीन क्षेत्रलाई लक्षित गरी इन्टरेनटमा प्रतिबन्ध लगाइएको भारतीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भोक आन्दोलनरत किसानहरुलाई लक्षित गरेर दिल्लीको सिङ्घु, गाजीपुर र टिक्रीमा मोबाइल इन्टरनेटमा बन्द गरिएको हो । आज […]

राष्ट्रसंघका महासचिवले लगाए कोरोनाविरुद्धको खोप

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on राष्ट्रसंघका महासचिवले लगाए कोरोनाविरुद्धको खोप.

एजेन्सी । संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । संयुक्त राष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले यसको जानकारी दिएको छ । गुटेर्रेसले आफ्नो ट्वीटरमार्फत आफू भाग्यशाली र कृतज्ञ भएको बताउँदै यस कुराको जानकारी दिएका हुन् । साथै उनले अन्तर्राष्ट्रिय समुदायलाई खोप सबैका लागि यथोचित रूपमा उपलब्ध […]

भारतले छिमेकी राष्ट्रहरुलाई दियो ५५ लाख खोप

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतले छिमेकी राष्ट्रहरुलाई दियो ५५ लाख खोप.

एजेन्सी । भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५५ लाख डोज खोप सहयोग गरेको छ । एक करोड खोप अफ्रिकी देशहरुलाई दिने योजना रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीलाई दिन लागिएको पनि मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । ओमन, तथा क्यारेबियाका १५ देश, निकारागुवा, अफ्रिकी […]

१० करोड नाघे कोरोना संक्रमित

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on १० करोड नाघे कोरोना संक्रमित.

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या विश्वभर १० करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट १० करोड दुई लाख ४८ हजारभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् । कोरोना भाइरसको उत्पत्ति भएको एक वर्षमा संक्रमितको संख्या पनि १० करोड नाघेको हो । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पनि २१ […]

सिक्किममा भारत–चीन सेनाबीच झडप

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on सिक्किममा भारत–चीन सेनाबीच झडप.

एजेन्सी । भारतको सिक्किमस्थित भारत–चीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको छ । टाइम्स अफ इन्डियाका अनुसार तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप भएको हो । समाचारमा उल्लेख गरिएअनुसार उक्त झडपमा दुवै पक्षका सेनाहरु घाइते भएका छन् । झडपमा चीनका २० सैनिक  र भारतका चार जवान घाइते भएका छन् । यद्यपि, भारतीय सेनाले घाइतेको कुनै […]

भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी मुख्यमन्त्री बन्दै

Published: in विश्व समाचार by . Leave a Comment on भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी मुख्यमन्त्री बन्दै.

एजेन्सी । भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो । राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेकी हुन् ‌। उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएअनुसार गोस्वामी आज (आइतबार) एक दिनका लागि मुख्यमन्त्री नियुक्त हुनेछिन्‌ । […]