Sajhamanch Archive

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिने

Published: in विश्व समाचार by . Leave a Comment on बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिने.

काठमाण्डौँँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएकाछन् । प्रधानमन्त्री जोनसनले आज पार्टीको नेताबाट राजीनामा दिने र आउँदो शरद् ऋतुसम्म प्रधानमन्त्री पदमा रहने बीबीसीले जनाएको छ । ‘प्रधानमन्त्रीले देशवासीका नाममा आज केहीबेरमा सम्बोधन गर्नुहुनेछ’, बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटका एक जना प्रवक्ताले भने । यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व […]

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे.

काठमाडौं । बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा ८ सय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी मलेसियामा २ हजार ९ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने ३ […]

भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा आजदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध.

झापा । भारतले आज (शुक्रबार्र) देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामाग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हो। भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामाग्रीको सूची जारी गरेको छ । जसमा ७५ म्याक्रोन […]

भारतमा २४ घण्टामा भेटिए १७ हजारभन्दा बढी कोरोनाका संक्रमित, २३ को मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा २४ घण्टामा भेटिए १७ हजारभन्दा बढी कोरोनाका संक्रमित, २३ को मृत्यु.

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् । जबकी २३ बिरामीको मृत्यु भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन् । भारतमा पाँच राज्यमा सबैभन्दा बढी संक्रमित भेटिएका […]

कोलम्बियामा रङ्गशाला भत्किँदा चार जनाको ज्यान गयो, ३० जना घाइते

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोलम्बियामा रङ्गशाला भत्किँदा चार जनाको ज्यान गयो, ३० जना घाइते.

झापा । कोलम्बियामा साँढे जुधाइ प्रतियोगिता हेर्न रङ्गशालामा भेला भएका दर्शक बस्ने कक्ष भत्किँदा चार जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् । कोलम्बियाको एल एस्पिनल रङ्गशालामा प्रतियोगिता चलिरहँदा काठको तीन तले दर्शकदीर्घा भत्किएको बीबीसीले जनाएको छ । कोलम्बियामा बर्सेनि आयोजना हुने गरेको सान पेड्रो फेस्टिबलमा साँढेले हानेर कयौँको ज्यान जाने गरेको […]

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’मा के छ ?

Published: in विश्व समाचार, शिक्षा, समाज, साहित्य by . Leave a Comment on नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’मा के छ ?.

काठमाडौं । नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’को आइतबार लोकार्पण गरिएको छ । राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यमा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. […]

अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने समस्या

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने समस्या.

काठमाडौं । अफगानिस्तानको भूकम्प प्रभावित ठाउँमा खाने र बस्ने ठाउँको समस्या भएको छ । भूकम्पबाट बच्न सफल भएका नागरिकले आफूहरुलाई खानेकुरा र बस्ने बासको समस्या भएको गुनासो गरेका बीबीसीले जनाएको छ । पाक्तिका प्रान्त भूकम्पबाट सबैभन्दा धेरै प्रभावित छ । त्यहाँ एक हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । तीन हजारभन्दा धेरै मानिस घाइते भएको […]

पोखरीभित्रै बेहोस भइन् अमेरिकी स्वीमर अनिता अल्भारेज

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on पोखरीभित्रै बेहोस भइन् अमेरिकी स्वीमर अनिता अल्भारेज.

काठमाडौं । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धाकै दौरान पोखरीभित्रै बेहोस भएकी छन् । भाग्यबस प्रशिक्षकले समयमै उद्धार गरेपछि उनको ज्यान जोगिएको छ । बुधबार हंगेरीको बुढापेष्टमा एकल सोलो फ्री इभेन्टको फाइनलका दौरान २५ वर्षीया अमेरिकी सिंक्रोनाइज्ड स्वीमर अल्भारेज प्रतिस्पर्धाकै क्रममा बेहोस भएपछि पोखरीको पीँधमा पुगेकी थिइन् । तत्कालै उनकी प्रशिक्षक एन्ड्रिया फ्युन्टेस […]

एसीसी महिला टी–२० च्याम्पियनसिपः फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on एसीसी महिला टी–२० च्याम्पियनसिपः फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै.

झापा । एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि […]

अफगान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो.

काठमाडौँ । अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महसुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर […]