Sajhamanch Archive

अफगानिस्तानमा भूकम्प, २५० जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on अफगानिस्तानमा भूकम्प, २५० जनाको मृत्यु.

काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका […]

अग्निपथ योजनाको विरोधमा भारत बन्दको आह्वान

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on अग्निपथ योजनाको विरोधमा भारत बन्दको आह्वान.

नयाँ दिल्ली । सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्व सन्ध्यामा आज बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् । हालै सरकारले ल्याएको […]

आइसिए महासभामा भाग लिन सहकारी अभियन्ताहरु स्पेनतिर

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, समाज, सहकारी by . Leave a Comment on आइसिए महासभामा भाग लिन सहकारी अभियन्ताहरु स्पेनतिर.

झापा । हरेक २–२ वर्षमा हुँदै आएको अन्तर्राष्ट्रिय सहकारी महासंघको महासभामा भाग लिन नेपालबाट दर्जनौं सहकारी अभियन्ताहरु स्पेन गएका छन् । स्पेनको सेभिल्लेमा यही जुन २० तारिख (असार ६) देखि महासंघको महासभा आयोजना गरिएको छ । स्पेनिश कन्फेडरेशन अफ वर्कर कोअपरेटिभको आतिथ्यमा सञ्चालन हुने महासभामा भाग लिन नेपालबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा […]

विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि.

झापा । विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकिपक्सबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभर अहिलेसम्म दुई सयभन्दा धेरैमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्। “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु […]

साउदीमा रोजगारदातालाई कडाइ गर्न नयाँ नियम

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on साउदीमा रोजगारदातालाई कडाइ गर्न नयाँ नियम.

झापा । साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो । यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारबाहीको भागिदार हुनुपर्नेछ। पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख […]

सिन्धुलीका डोरबहादुर विश्वकै होचा किशोर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विश्व समाचार, समाज by . Leave a Comment on सिन्धुलीका डोरबहादुर विश्वकै होचा किशोर.

काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् । ७३ दशमलव ४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको हो […]

युक्रेनमा युद्धका कारण संसारभरी खाद्य संकट आउन सक्ने संयुक्त राष्ट्रको जिकिर

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on युक्रेनमा युद्धका कारण संसारभरी खाद्य संकट आउन सक्ने संयुक्त राष्ट्रको जिकिर.

काठमाडौं । संयुक्त राष्ट्रले अबका केही महिनामा विश्वले खाद्य संकटको सामना गर्नुपर्ने जिकिर गरेको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले युद्धले खाद्य संकटलाई थप बढाइदिएको छ । मूल्यवृद्धि अत्यधिक छ र यसले सबैभन्दा धेरै गरिब देशलाई प्रभावित पारिरहेको छ । उनले आफ्नो सम्बोधनमा युक्रेनको खाद्य निर्यातलाई हमला अघिको स्थितिमा पुर्याउन नसके विश्वले धेरै वर्षसम्म […]

अल जजिराकी पत्रकार शिरिनको इजरायली सेनाद्वारा गोली हानी हत्या

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अल जजिराकी पत्रकार शिरिनको इजरायली सेनाद्वारा गोली हानी हत्या.

काठमाडौं । अल–जजीराकी एक पत्रकारलाई बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उनको मृत्यु भएको बताइएको छ । जेरुसेलममा […]

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on युक्रेनमा युद्ध, सगरमाथामा मित्रता.

झापा । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् । सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् । युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना अहिले दुवै मित्रवत् व्यवहारसहित विश्व […]

चीनमा हुने भनिएको एसियाली खेलकुद स्थगित

Published: in खेलकुद, मुख्य समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनमा हुने भनिएको एसियाली खेलकुद स्थगित.

काठमाडौं । चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। ओसिएका अनुसार चाइनिज ओलम्पिक कमिटी र हाङझाउ एसियन गेम्स आयोजक कमिटीको कार्यकारी बोर्डसँगको छलफलपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो। […]