काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम जोडीको आवाज नहुन सक्छ । यो पनि हुनसक्छ कि यो आवाज एउटा विशाल नर कछुवाको हुन सक्छ । नरकछुवाको त्यो आवाजले मान्छेले मात्रै यौन सम्पर्कमा आनन्द लिँदैनन् भन्ने कुरालाई पुष्टि गर्छ […]
एजेन्सी । पुस्तकालयमा पुस्तक लगायतका पाठ्यसामाग्रीहरु हुनुपर्ने हो । मुसाले किताब नष्ट गरिदिने डरका कारण बिरालो पनि पाल्न सकिएला । तर युरोपेली मुलुक पोर्चुगलको एउटा पुस्तकालयमा चाहिँ चमेरा पालिएको छ । युरोपको सबैभन्दा पुरानोमध्येको एक देश पोर्चुगलको स्थापना सन् ११२८ मा भएको हो । यो ऐतिहासिक मुलुकमा दर्जन बढी विश्व सम्पदा स्थलहरु रहेका छन् । […]
एजेन्सी । कोरोना भाइरस संक्रमित मानिसहरु अस्पताल वा घरमै आइसोलेसनमा बस्दछन् प्रायः । उनीहरुका लागि संक्रमणमुक्त नहुन्जेल घुमफिर गर्ने कुरा सम्भव हुँदैन । तर ब्राजिलमा एउटा यस्तो मनमोहक टापु छ जहाँ कोरोना संक्रमित मानिसहरु घुम्न जान पाउँछन् । कोरोना भाइरस संक्रमणको संख्याका हिसाबले अमेरिका पछि दोश्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म ३९ लाखभन्दा धेरै मानिस संक्रमित […]
मलेसियामा तमिल समुदायहरुले थइपुसम नामक पर्व निकै धुमधामसँग मनाउँदछन् । लाखौँ श्रद्धालुहरु उक्त पर्वमा सहभागी हुन्छन् । सो पर्वमा भगवान मुरुगनलाई खुसी पार्नका लागि भन्दै भक्तजनले आफ्नो सरीरमा तिखो सुइरोहरुले खोपेर सयौँ प्वाल पार्दछन् । भगवान मुरुगनका भक्तहरुका लागि यो पर्व सबैभन्दा महत्वपूर्ण पर्व हो । दक्षिण भारत, श्रीलंका र सिंगापुरमा समेत यो पर्व मनाइन्छ […]
काठमाडौं । अहिले संसारमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण करोडौँ मानिसहरुले आफ्नो जागिर तथा व्यवसाय गुमाएर बेरोजगार बनिरहेका छन् । तर मानिसहरुले रोजगारी गुमाइरहेको यो मौकामा अष्ट्रेलियामा चाहिँ एउटा बिरालोले गज्जबको जागिर पाएको छ । कसैकोमा पनि नपालिएको अर्थात् भुस्याहा वा छाडा अवस्थामा रहेको एक बिरालोलाई अष्ट्रेलियाको एपवर्थ अस्पतालले सुरक्षा गार्डको जागिर दिएको हो । […]
विश्वकै महँगो भेडाको मूल्य कति होला ? भर्खरै ३ लाख ६७ हजार ५ सय पाउन्डमा लिलामी भएको एक भेडालाई विश्वकै सबैभन्दा महंगो मानिएको छ । स्कटिस नेशनल टेक्सल प्रदर्शनीका क्रममा यो भेडा बिक्री भएको हो । तीनजना किसानहरुले मिलेर यो भेडा किनेका छन् । भेडा किन्नेमध्येका एक जेफ एईकेनका अनुसार यस भेडालाई धेरैले आँखा लगाएका […]
श्रीमानले माया नगरेको, झैझगडा तथा कुटपिट गर्ने गरेको भन्दै महिलाहरुले सम्बन्ध विच्छेद गर्ने गरेको त देखेसुनेकै हो । तर छिमेकी मुलुक भारतमा एकजना पुरुषले आफ्नी पत्नीलाई बढि माया गर्नु वा पत्नीसँग झगडा नगर्नु नै डिभोर्स मागिनुको कारक बनेको छ । भारतको उत्तरप्रदेशस्थित सम्भाल जिल्लामा एकजना महिलाले बिहेको १८ महिनापछि पतिसँग डिभोर्स मागेकी छिन् । लोग्नेसँग […]
हामीले सही समय थाहा पाउनका लागि घडी प्रयोग गर्छौं। यद्यपि अहिले डिजिटल ग्याजेटको समयमा हातमा घडी लगाउनेहरुको संख्या घटिरहेको छ । तथापि संसारमा समयको प्रवाह चलुन्जेलसम्म घडीको अस्तित्व सदैव रहिरहन्छ । प्रविधिको विकाससँगै अत्याधुनिक घडीहरुसमेत बनेका छन् जो हजारौँ वर्षसम्म एक सेकेण्ड पनि छिटो वा ढिलो हुँदैनन् । तर यो दुनियामा एउटा यस्तो घडी पनि […]
मन अति चञ्चल छ । एकछिन पनि नियन्त्रणमा छैन । हावाजस्तै बहन्छ । पानीभन्दा सुक्ष्म हुन्छ मन । कहिले मन भूतकालमा जान्छ भने कहिले भविष्य कालमा जान्छ । हाम्रो मनभित्र असंख्य विचारहरु आइरहेका हुन्छन् । कतिपय ती विचारहरुले गर्दा हाम्रो मनमा तनाव उत्पन्न गराउँछ । ध्यान भनेको सजकतापूर्वक श्वासमा हेर्ने विधि हो । सबै प्रयत्न्नहरु […]
एजेन्सी । अमेरिकामा एकजना पुरुषलाई यस्तो समस्या थियो कि रक्सी नखाइकन पनि उनलाई रक्सीको नशा लाग्दथ्यो । ती व्यक्ति एउटा दुर्लभ स्वास्थ्य समस्याबाट पीडित थिए । गट फर्मेन्टेसन सिन्ड्रोम अर्थात् अटो ब्रुअरी सिन्ड्रोम भनिने उक्त रोग भएका मानिसले खाएका खानेकुराहरु पेटमा पुगेपछि आफै फर्मेन्टेड भएर अल्कोहलको उत्पादन हुने गर्दछ । त्यस्ता व्यक्तिहरुको पेटमा अत्यधिक मात्रामा […]