म घरमा काम गर्ने भएकाले मलाई शुक्रबार बाहेक कुनै दिन फुर्सद हुँदैन । मेरो प्रत्येक दिन बिहान ५ बजेदेखि साँझ ८ बजे सम्म बीचबीचमा आराम गर्दै सानोतिनो काम गर्दै दिन बित्छ । त्यसैले मलाई बोर हुने चान्स नै छैन । हिजोआज कोरोना भाइरसले गर्दा सबैको निन्द्रा हराएको छ । जीवनशैली बदलिएको छ । खानपिनमा ध्यान […]
हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले गर्दा धेरै देशहरु लकडाउनमा छन् । सरकारले अति आवश्यक वस्तुमा समस्या नपर्ने भनेता पनि बजारमा युरियाको अभाव छ । यसले किसानलाई समस्या परेको छ । अहिले हरेक कृषक खेतमा मकैबाली लगाइएको छ । गोबर मल नपाउने किसानले मकैमा युरिया मल नै लगाउनु पर्छ । तर पसलमा युरिया नै छैन […]
म अमेरिकाको आर्लिंटन, भर्जिनियाँमा करिव ७ वर्षदेखि निरन्तर बसिरहेको छु । भर्जिनियाको नजिकै रहेको राज्य वासिंटन डिसी हो । वासिंटन डिसीमा रहेको अमेरिकी राष्ट्रपति भवन पुग्न यहाँबाट करिब १०–१२ मिनेटको ड्राइभिंग दूरीमा छ । यहाँबाट मेट्रो ट्रेन, मेट्रो बसबाट अधिकांश मानिस वासिंटन डिसी जानसक्ने भएकोले भर्जिनियाँमा आवासीय क्षेत्र बढी छन् । डिसीभन्दा भर्जिनियाँ बस्न र […]
लकडाउन मात्र हो, संकटकाल होईन तिमी बाच भनेर सरकारले घरभित्र बस्नु भनेको मात्र हो । हामी संकटमा छैनौं घरमा छौं । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला मानवीय क्षति ब्यहोर्नु परेको छ शक्ति रास्ट्रहरु जनतासंग आश्रित भएका छन् । जनताको सहयोगले मात्र आफ्नो अस्तित्व जोगाउन सक्ने देखिन्छ।उनिहरु अहिले एकअर्कालाई आरोपप्रत्यारोप लगाउन उद्द्दत देखिन्छन् । भोली […]
म अमेरिका आएको चार वर्ष भयो । म्यारिल्यान्ड राज्यको बाल्टिमोरमा श्रीमती र एक छोरीका साथ बस्छु । म्यारिल्यान्ड धेरै नेपालीहरुको बसोबास भएको ठाउँँ हो । अन्यत्रजस्तै यहाँँ पनि कोरोनाको त्रास छ । लकडाउन भने छैन । हामी घर भित्रै बसेको एक हप्ता भयो । एक महिना चल्ने रासन पानी राखेर बसेका छौं । स्कूलहरु बन्द […]
म युएइको एक इन्टेरियर डिजाइन कम्पनीमा अफिस मेनेजरको पोस्टमा कार्यरत छु । कम्पनीका मालिक स्वीडेनका हुन् । १५ वर्षको युएई बसाइँमा मैले यति राम्रो कम्पनी र यति राम्रो मालिक कहिल्यै पाएको थिइनँ । यो कम्पनीमा काम गरेको ५ वर्ष पूरा भयो । मेरो जिन्दगीले ४० वसन्त पार गरिसक्यो । मैले आजसम्म यसरी संसारमै तहल्का मचाउने […]
माता नरमाया बस्नेत र पिता श्रीध्वज बस्नेतका सुपुत्रका रुपमा उपेन्द्र पागलको जन्म २००३ साल वैशाख २३ गते सुनसरी जिल्लाको मधेसा गाविस वडा नं १ मा भएको हो । २०२० सालमा सम्पूर्ण मध्यमा, २०३२–३३ सालमा शास्त्रीको परीक्षा प्राइभेट परीक्षार्थीका रुपमा सहभागी भई उच्च शिक्षालाई अघि बढाएका हुन् उपेन्द्र पागलले । २०४७ सालमा नेपालीमा स्नातकोत्तर र २०५४ […]
हिजोआज चलिरहेको कोरोनाको त्रासदिपूर्ण अवस्थामा हामी आफ्नै आवासमा कैद भएका छौँ । यो एउटा कठिन परिस्थितिमा मानव अस्तित्वको रक्षार्थ विश्व समुदाय नै एकान्तबासमा रहेको छ। यो एक अवसर पनि हो। यो समय सकारात्मक सोच, विचारको समय हो। पास्कल भन्छन, ‘हाम्रो आजको उपलब्धी हाम्रो हिजोको विचारको जम्मा पुँजी बाहेक केही होइन । तपाईं आज त्यहीँ हुनुहुन्छ, […]
पश्चिमा मुलुक भन्दा अलि सुरक्षित भएको जस्तो देखिन्छ पूर्वीय मुलुकहरू नेपाल लगायतका बिकासोन्मुख देशलाई निक्कै कठिन स्थिति शृजना भएको छ । नेपाल सरकारले घोषणा गरेको एकसाता लामो लकडाउन सकिनु पुर्व संन्ध्यामा पुन अर्को एकसाता लकडाउन थप्ने निर्णय गरेको छ। लकडाउन थप्नेसँगै अन्य निर्णयले जनतामा राहतको महशुस गरेका छन् । बिजुली, ईन्टरनेट खाद्यान्न लगायतका सेवा प्रदायक […]
लकडाउन अवधिभर घरमै बस्नु, बाहिर नहिड्नु भन्ने सरकारको आदेश हामीले मानेका छौं । परिस्थिति यस्तो आउँदो रहेछ, जुन हामीले कल्पनासम्म गरेका थिएनौं । प्रकृतिसँग खेल्न र पारिवारिक हुन बाध्यता नै भयो । तिमी प्रकृति कै हो यो यथार्थ पनि हो । तनावग्रस्त जीवन परिवार, ब्यापार, साथीभाई, राजनीति, समाज र भूगोल मानवीय जीवनमा निरन्तर जोडिने शब्द […]