Sajhamanch Archive

शिवसताक्षी २ का मनोरोगीहरुलाई घरमै गएर उपचार र औषधी वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी २ का मनोरोगीहरुलाई घरमै गएर उपचार र औषधी वितरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं.२मा आइतबार मानसिक रोगीहरुको घर घरमै गएर उपचार तथा औषधि वितरण गरिएको छ। मनमोहन मेमोरियल हस्पिटल बिर्तामोडका मनरोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारी ,शिवसताक्षी नगरपालिका वडा नं२ स्वास्थ्य चौकी प्रमुख धनबहादुर विक,मेडिकल सेल्स अफिसर रोशन धिमालको सहयोगमा सामाजिक, आर्थिक विपन्न भई उपचारको पहुँचबाट बन्चित मनोरोगीहरुको घर घरमै पुगी सेवा प्रदान गरिएको […]

शिवसताक्षीको बच्चाबगरमा मुक्तानको गाई गोठमा आगलागी

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको बच्चाबगरमा मुक्तानको गाई गोठमा आगलागी.

शिवसताक्षी । शिवसताक्षी न.पा. ११ स्थित बच्चाबगरमा प्रेम मोक्तानको गाई गोठमा आगलागी भएको छ । अहिले भर्खरै भएको आगलागी स्थानीय बासी, इलाका प्रहरी कार्यालय झिलझिले र कमल गाउँपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा आएको हो । गाईको खोले पकाउने क्रममा आगो सल्किएको हुन सक्ने घर धनी प्रेम मोक्तानले बताए । मोक्तानका अनुसार गाई गोठको केही धान […]

रारआमावि दूधेमा प्रअ विवादः नियमानुसार प्रअ छनौट गर्न नगरको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on रारआमावि दूधेमा प्रअ विवादः नियमानुसार प्रअ छनौट गर्न नगरको निर्देशन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले विद्यालय विकास प्रस्ताब माग गरी प्रधानाध्यापक नियुक्ति प्रकृया बढाउन श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयलाई परिपत्र गरेको छ । शिवसताक्षी ११ स्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्रअ नियुक्ति विवाद चुलिदै जाँदा आज नगर कार्यपालिकाको बैठकले सात दिन भित्र नियमानुसार प्र.अ. नियुक्ति प्रकृया अगाडी बढाउन विद्यालय व्यवस्थापन समितिलाई परिपत्र गरेको हो […]

गरिवीले गर्दा खुट्टाको स्टिल निकाल्न नसक्दा घस्स्रिनु पर्ने सपनाको बाध्यता, स्टिल निकाल्न नगरपालिकाले सहयोग गर्ने

Published: in विविधा, समाज by . Leave a Comment on गरिवीले गर्दा खुट्टाको स्टिल निकाल्न नसक्दा घस्स्रिनु पर्ने सपनाको बाध्यता, स्टिल निकाल्न नगरपालिकाले सहयोग गर्ने.

शिवसताक्षी । झापा शिवसताक्षी १० की सपना ऋषिदेवको उपचारमा शिवसताक्षी नगरपालिकाले सहयोग गर्ने भएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण निकाल्न नसक्दा स्टल बोकेरै घस्स्रिनु पर्ने बाध्यता हट्ने भएको हो । शिवसताक्षी १० माइधारकी सपना ऋषिदेवको एक वर्ष अघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा स्टिल हाल्नु परेको थियो […]

शिवसताक्षीको धरमपुर चौकमा इमानसिंह चेम्जोङको शालिकको शिल्यान्यास

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको धरमपुर चौकमा इमानसिंह चेम्जोङको शालिकको शिल्यान्यास.

शिवसताक्षी । झापाको शिवसताक्षीमा इतिहासबिद इमानसिंह चेम्जोङको शालिक निर्माण गर्न लागिएको छ । शिवसताक्षी १ स्थित धरमपुर चौकमा इमानसिंह चेम्जोङको शालिक निर्माणका लागि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले शनिबार शिल्यान्यस गरेका हुन् । किरात याक्थुङ चुम्लुङ शिवसताक्षी १ वडा समिति धरमपुरले चेम्जोङको १२० औँ जन्म जयन्तीको अवसर पारेर शालिका निर्माण कार्य शुरु गरेको हो […]

सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु श्रीमान घाइते

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा श्रीमतीको मृत्यु श्रीमान घाइते.

शिवसताक्षी । गएराति जंगली हात्तीको आक्रमणबाट शिवसताक्षीमा एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी ११ स्थित बच्चाबगरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ६५ वर्षीय कृष्णमाया भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । कृष्णमाया र उनका श्रीमान सुतिरहेका अवस्थामा हात्तीले घरको वाल भत्काएको थियो । गाउँलेहरुले कृष्णमायालई कङक्रिटको वालले थिची रहेको अवस्थामा उद्धार […]

जंगली हात्तीको आक्रमणबाट शिवसताक्षी ११ मा एक महिलाको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on जंगली हात्तीको आक्रमणबाट शिवसताक्षी ११ मा एक महिलाको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । गएराति २ बजे जंगली हात्तीले घर भत्काउने क्रममा शान्तिाराम भण्डारीकी श्रीमती कृष्णमाया भण्डारीको मृत्यु भएको हो । भण्डारीलाई घाइते अवस्थामा उपचारका लागि दमक स्थित आम्दा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रेम भण्डारीले बताए । […]

शिवसताक्षी ४ मा बाटो ग्राभेलको कामलाई तिब्रता

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ४ मा बाटो ग्राभेलको कामलाई तिब्रता.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले बाटो ग्राभेलको कामलाई तिब्रता दिइएको छ । आ.वा. २०७९÷८० को सिलिङ्गबजेटबाट ३ वटा बाटाहरु ग्राभेल भइसकेका छन् भने, ४ वटा बाटोहरु ग्राभेलको तयारीमा रहेको ४ नं. वडा कार्यालयले जनाएको छ । वडा नं. ४ को पाथिभरा आधारभूत विद्यालयबाट साहु टोल, झापा इनर्जीहुँदै बोलोचाक बजार जाने  १३ सय […]

वर्तमान साहित्य प्रतिष्ठानको २५ औं सभा सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on वर्तमान साहित्य प्रतिष्ठानको २५ औं सभा सम्पन्न.

भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २५ वार्षिक साधारण सभाको अवसर पारेर दमकका कवि धनकुटे कान्छाको एकल कविता वाचन सम्पन्न गरिएको छ । प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा आख्यानकार पुन्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा चन्द्रगढीमा सम्पन्न सभामा कवि कान्छाले समसामयिक विषय झल्कने विभिन्न कविता सुनाएका थिए । कार्यक्रममा लेखक कृष्ण वराल, संगीतकार हस्त […]

नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताः बालनिकुञ्ज मावि प्रथम

Published: (Updated: ) in विविधा, विविधा, शिक्षा, समाज by . Leave a Comment on नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताः बालनिकुञ्ज मावि प्रथम.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बालनिकुञ्ज मा.वि. प्रथम भएको छ  । आज भगवती माध्यमिक विद्यालयमा भएको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी १० को बालनिकुञ्ज मावि प्रथम भएको हो । त्यस्तै प्रतियोगितामा  शिवसताक्षी ७ लालझोडा स्थित भानु माध्यमिक विद्यालय दोस्रो, चेतना मावि तेस्रो र भगवती मा.वि.ले चौथो स्थान प्राप्त […]