Sajhamanch Archive

साप्ताहिक हाट लाग्ने दूधे बजारको टहरा स्तरोन्नती

Published: in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on साप्ताहिक हाट लाग्ने दूधे बजारको टहरा स्तरोन्नती.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका दूधेमा साप्ताहिक हाट लाग्ने टहराको स्तरोन्नती गरिएको छ । शिवसताक्षी ११ दूधेमा हाडबजार लाग्ने टहरा बर्षौ पछि स्तरोन्नती गरिएको हो । हाल सो स्थानमा ५ ओटा टहरा निर्माण गरिएको छ । संसद विकास कोष र वडा नं. ११ को लगानीमा दूधे बजार विकास समितिले उपभोक्ता समिति मार्फत टहरा निर्माण गरेको […]

पहिरोले थुनिएको तामाकोसी खुलाउँदै चिनिया टोली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on पहिरोले थुनिएको तामाकोसी खुलाउँदै चिनिया टोली.

दोलखा । पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो । पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । […]

मनाङको हुम्लेमा पहिरो, मर्स्याङ्दी नदी थुनियो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on मनाङको हुम्लेमा पहिरो, मर्स्याङ्दी नदी थुनियो.

काठमाडौं । मनाङमा मर्स्याङ्दी नदी २ घण्टादेखि थुनिएको छ । निसेङ गाउँपालिकाको हुम्लेस्थित तिब्बतियन स्कुल नजिकै आएको पहिरोले मर्स्याङ्दी नदी थुनिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानले जानकारी दिए । नदी थुनिएको खबर आफूहरूलाई दुई घण्टा अघि प्राप्त भएको लामिछानेले बताए। नदी थुनिएको खबर प्राप्त हुनेबित्तिकै तटीय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा रहनको लागि आग्रह गरिएको छ […]

तामाकोसी थुनिएपछि तटीय क्षेत्रमा `हाइ एलर्ट`

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on तामाकोसी थुनिएपछि तटीय क्षेत्रमा `हाइ एलर्ट`.

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले कुनै पनि समयमा तामाकोसी नदीमा बाढी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । हिजो राति एक सूचना जारी गरेर प्रशासन कार्यालयले नेपाल चीन सीमा क्षेत्रमा पर्ने टिङ्ग्री कोन्टीको रोङ्छिया सहर र त्यसको आसपासमा भारी वर्षासँगै पहिरो गएपछि नदीको थुनिएकाले कुनै पनि समयमा तामाकोसी नदीमा पानीको बहाव बढेर आउनसक्ने […]

पहिलो पाइलाद्वारा सडकमा आश्रित व्यक्तिहरुलाई खाना खुवाइदै

Published: in विविधा, समाज by . Leave a Comment on पहिलो पाइलाद्वारा सडकमा आश्रित व्यक्तिहरुलाई खाना खुवाइदै.

झापा । कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि गरिएको निषेधाज्ञाका कारण सडकमा आस्रित व्यक्तिहरुलाई झापाका केही सामाजिक संस्थाहरुले सहयोग गरेका छन् । पहिलो पाईला नेपाल बिर्तामोड शाखा, पहिलो पाईला नेपाल बुद्धशान्ति प्रस्तावित शाखा र ह्युमानिटी फर्स्ट संस्थाको संयुक्त आयोजनामा गत बैशाख २१ गते देखि निरन्तर खाना बितरण कार्यक्रम भैरहेको छ । संस्थाहरुले बुद्धशान्ती हुँदै चारआली, बिर्तामोड, […]

हात्तीसँग सेल्फी खिच्दा युवकको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on हात्तीसँग सेल्फी खिच्दा युवकको मृत्यु.

उर्लाबारी । हात्तीसँग सेल्फी खिच्दा एक जनाको ज्यान गएको छ । मोरङको सुनवर्षी नगरपालिका वडा नं. ८ का २१ वर्षीय मनोहर मियाको हात्तीसँग सेल्फी खिच्दा आज विहान मृत्यु भएको हो । उनले जंगली हात्तीको नजिक गएर सेल्फी खिच्ने दुस्साहस गरेका थिए । प्रहरीका अनुसार आज विहान ७ बजे भारतबाट नेपाल प्रवेश गरेको एउटा जंगली हात्तीको […]

प्रदेश १ मा आज १७ सय ४० संक्रमण मुक्त, ३७१ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आज १७ सय ४० संक्रमण मुक्त, ३७१ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज १ हजार ७४० जनाकोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रमित थपिएका […]

शिवसताक्षी वडा नं. ४ को संक्रमितलाई औषधि वितरण

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षी वडा नं. ४ को संक्रमितलाई औषधि वितरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ का कोरोना संक्रमितलाई एलोपेथिक औषधी तथा परामर्श दिइएको छ । वडा नं. ४ का कोरोनाका कारण मृत्यु भएका पूर्णप्रसाद सिटौला र रचना आङ्गदेम्बे ओलीको परिवारलाई आवश्यकीय एलोपेथिक औषधि वितरण गरिएको हो । कोरोनाबाट मृत्यु भएका परिवारमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई ज्वरो औषधि,भिटामिन सी, भिडामिन डि एटिबाइटी भिटामिन जिङ्क, […]

पत्रकार सम्मेलनमा पेयपदार्थको बोतल हटाए जरिवाना हुने

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार, by . Leave a Comment on पत्रकार सम्मेलनमा पेयपदार्थको बोतल हटाए जरिवाना हुने.

काठमाडौं । पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले गएको सोमबार कोकाकोलाको बोतल हटाएर पानी पिउन आग्रह गरे । उनले ‘वाटर नट अ कोकाकोला’ भन्दै पत्रकार सम्मेलनमा राखिएको बोतल हटाएका थिए । रोनाल्डोको उक्त क्रियाकलाप निकै चर्चामा रह्यो । त्यसको चर्चा सेलाउन नपाउँदै फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल त्यसैगरी हटाएका थिए । उनकै सिको गर्दै […]

प्रदेश १ मा १,२ सय ९९ संक्रमण मुक्त, ३९३ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १,२ सय ९९ संक्रमण मुक्त, ३९३ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ माआज १ हजार २९९जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५२हजार ३७३ पुगेको छ । प्रदेश १ मा आज ३९३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, […]