Sajhamanch Archive

सिलगढीमा अधिकारीको प्रभुचरणमा लोकार्पण

Published: in विविधा, समाज, साहित्य by . Leave a Comment on सिलगढीमा अधिकारीको प्रभुचरणमा लोकार्पण.

भारत । भारतको सिलगढी देवकोटा संघको सभाहलमा आज गायक तथा संगीतकार जीवन अधिकारीको प्रभु चरणमा भाग–२ भजन संग्रहको एक कार्यक्रमक बिमोचन गरिएको छ। नेपाल भारतका साहित्यिक, सांगीतिक तथा कलाक्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको गरिमाामय उपस्थितिमा साहित्य चौतारी विर्तामोड झापाका संस्थापक संरक्षक श्री देवीभक्त श्रेष्ठको मुख्य आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सांगीतिक क्षेत्रका शिखर व्यक्तित्वहरु शान्ति ठटाल, […]

पाथिभरा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on पाथिभरा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित पाथिभरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की र वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले संयक्त रुपमा न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेका हुन् । विद्यालयमा स्थानीय प्रसाई परिवारले स्थापना गरेको धर्म बछला अक्षयकोषबाट उक्त कपडा […]

मनमोहन प्राविधिक र आसाम डाउन टाउन युनिभर्सिटीबीच सम्झौता

Published: in विविधा, समाज by . Leave a Comment on मनमोहन प्राविधिक र आसाम डाउन टाउन युनिभर्सिटीबीच सम्झौता.

मेचीनगर, । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा हालै आयोजित कार्यक्रममा मनमोहन प्राविधिक विश्व विद्यालयका रजिस्ट्रार डा.दिलनाथ फुयल र डाउन टाउन युनिभर्सिटीका भिसी डा.एन.सी तालुकदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा मनमोहनका तर्फबाट डा.फुयल, विषयविज्ञ […]

कही कसैले पनि जवरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैनः मन्त्री सरावगी

Published: (Updated: ) in विविधा, विविधा, समाज by . Leave a Comment on कही कसैले पनि जवरजस्ती धर्म परिवर्तन गराउँन मिल्दैनः मन्त्री सरावगी.

शिवसताक्षी । प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओम सरावगीले कसैले कसैको जवरजस्तीमा धर्म परिवर्तन गर्न नपाउने बताएका छन् । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा जनकल्याण प्रतिष्ठानको एकल अभियान नेपालले आयोजना गरेको दक्षता वर्गको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सरावगीले सबैलाई आ–आफ्नो धर्म मान्न पाउने अधिकार दिएको बताउँदै मन्त्री सरावगीले […]

ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधामको नेतृत्वका लागि तीन जनाको रोचक प्रतिश्पर्धा

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by . Leave a Comment on ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधामको नेतृत्वका लागि तीन जनाको रोचक प्रतिश्पर्धा.

शिवसताक्षी । झापाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामको धार्मिक तथा पर्यटन विकास समितिमा तीन जनाको प्रतिश्पर्धा हुने भएको छ । झापाको शिवसताक्षी ११ मा रहेको पूर्वकै पौराणिक इतिहास बोकेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा तुला बोखिम, रुद्रमणी भट्टराई र प्रसाद सुब्बा रहेका छन् । […]

पारिजात बहुदेश्यीय सहकारीको साधारणसभा, ६१ प्रिन्ट रगत संकलन

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on पारिजात बहुदेश्यीय सहकारीको साधारणसभा, ६१ प्रिन्ट रगत संकलन.

शिवसताक्षी । झापा शिवसताक्षी ८ झिलझिले स्थित पारिजात बहुदेश्यीय सहकारी संस्थाले रक्तदान गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंगलबार झिलझिले स्थित संस्थाको कार्यालय परिसरमा प्रथम वार्षिक साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन गरिएको छ । जसमा ६ महिला र पुरुष ५५ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष सागर राईले जानकारी […]

दूधे आयुर्वेद औषधालयद्वारा १ सय ४० जना ज्येष्ठ नागरिकलाई निशुल्क औषधी वितरण

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on दूधे आयुर्वेद औषधालयद्वारा १ सय ४० जना ज्येष्ठ नागरिकलाई निशुल्क औषधी वितरण.

शिवसताक्षी । झापा शिवसताक्षी वडा नं. ३ का ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा रसायनिक औषधी वितरण गरिएको छ । सोमबार दूधे आयुर्वेद औषधालयले वडाकार्यालयमा एक कार्यक्रम गरी वडाका १४० जना ज्येष्ठ नागरिकहरुलाई सुगर प्रेसरको निशुल्क जाँच र रसायन औषधी वितरण गरेको हो । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई […]

सताक्षीधाम जाने सडक कालोपत्रे बनेसँगै पर्यटकको संख्यामा बृद्धि

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on सताक्षीधाम जाने सडक कालोपत्रे बनेसँगै पर्यटकको संख्यामा बृद्धि.

शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जाने सडक कालो पत्रेको काम सम्पन्न भएको छ । प्रदेश सरकारको ३५ करोड २६ लाख १३ हजार बजेटबाट शिवसताक्षी न.पा. ११ को सताक्षीधामदेखि होकलबारीसम्म सडकमा कालोपत्रे लगाउने काम सम्पन्न भएसँगै सताक्षीधाममा पर्यटकको संख्यामा बृद्धि भएको धाम विकास समितिले जनाएको छ । सडक निर्माण सँगै शिवसताक्षी नगरपालिकाले […]

शिवसताक्षीको दूधेमा चासोक तङ्नाम भव्यताकासाथ मनाइने

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीको दूधेमा चासोक तङ्नाम भव्यताकासाथ मनाइने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम तथा न्वागीपुजा मनाइएको छ । शिवसताक्षीको दूधे स्थित याक्थुङ नालिफुङ्वा चुम्भोको आयोजनामा शिवसताक्षी ११ दुधे स्थित निर्माणाधिन दूधे रंगशालामा पौष २१ र २२ मनाइने भएको हो । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई विषेश गरी प्रकृति पूजक मानिने किराँत समुदायले मनाउने गर्दछन् । चासोक […]

शिवसताक्षीमा विपन्न परिवारका ८ महिला सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा विपन्न परिवारका ८ महिला सम्मानित.

शिवसताक्षी । झापाको शिवसताक्षीमा ८ विपन्न परिवारका महिलाहरुलाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ र ३ का ८ महिलालाई ३१ औं लैंगिक हिंसा विरुद्धको अभियानका क्रममा न्यानो कपडा (सुईटर) प्रदान गरेको सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वडा नं. ३ डम्बरकुमारी बस्नेत, अम्बिकादेवी बस्नेत, सर्मिला श्रेष्ठ र मनमाया राई, वडा नं. ३ […]