मेचीनगर । मंगलबार मेचीनगरमा दुई सुरक्षाकर्मीसहित चारजना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन वरालका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट काँकरभिट्टामा कार्यरत २५ र २७ वर्षका पुरुष सरक्षाकर्मी तथा मेचीनगर २ नम्बर वडाका १० वर्षीया बालिका र वडानम्बर ९ का ३७ वर्षीय पुरुष निको भएर […]
शिवसताक्षी। नेटवर्किङ व्यवसाय ओरियन्स कम्पनीको सामान इलाका प्रहरी कार्यालय झिलझिलेले बराबद गरेको छ । भन्सार छली अबैधरुपमा ल्याउँदै गरेको नेर्टवर्किङ ब्यवसाय ओरियन्स कम्पनीको सामान सहित ६ जनालाई झिलझिले प्रहरीले पक्राउ गरेको छ । झिलझिले प्रहरीले ओरियन्स कम्पनीका ६ लाख ७६ हजार ९४५ रुपैयाँ मूल्य बराबरको सामानसहित ६ जनालाई सोमबार नियन्त्रणमा जनाएको छ । उनीहरुको साथबाट […]
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । सिराहको मिर्चैया ३ का ६५ वर्षीय पुरुषको सोमबारराति ८ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए । पुरुषलाई विराटनगरस्थित विराट शिक्षण अस्पतालबाट भदौ १० गते धरान रेफर गरिएको थियो । मृतकमा ज्वरो आउने, अत्याधिक […]
विराटनगर। विराटनगर शसस्त्र प्रहरीले ठूलो परिमाणमा टक्याक्टर सहित गाँजा बरामद गरेको छ । सुरक्षा कर्मीलाई छल्दै गाँजा सहित को २ त ६०५७ नम्बरको टक्याक्टर भारततर्फ लैजादै गर्दा शसस्त्र प्रहरीले १ सय ४६ केजी गाँजा बरामद गरेको हो । सुनसरीको गढी गाउँपालिका ३ बस्ने ३४ वर्षीय सुरेशकुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएर खानतालिसका क्रममा उक्त गाँजा बरामद […]
कमल । कमल गाउँपालिकामा आज ४ जना कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु ३३, र २५ वर्षका २ जना पुरुष र ७० र ११ वर्षका २ जना महिला रहेको कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिए । संक्रमित सबै कमल गाउँपालिकाका स्थानिय बासी हुन् । गाउँपालिकाले ७५ जना स्वाब संकलन गरी […]
बिर्तामोड । कोरोनाको संक्रमणको समयमा फ्रन्टलाइनमा रहेर काम गर्नेहरु बढी जोखिममा रहेका छन् । कोरोनाको महामारीमा स्वास्थ्यकर्मी, संचारकर्मी र सुरक्षाकर्मीहरु जोखिम सबै जोखिममा रहेका छन् । उनीहरु मध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको सुरक्षाका लागि त सरकारले केही प्रवन्ध गरिरहेको छ । यता संचारकर्मीहरु, जो अहोरात्र सुचनाको संबाहक बनेर खटिरहेका हुन्छन् । उनीहरुका बारेमा न सरकार, न […]
शिवसताक्षी । शिवसताक्षी ९ निवासी एक जना असक्त युवालाई १२ हजार सहयोग प्रदान गरिएको छ । शिवसताक्षी ९ को दूधेमा रहेको वेलकम मोबाइल जोनका सञ्चालक शिव आङ्गवोले उक्त रकम प्रदान गरेका हुन् । वैदेशिक रोजगारीको क्रममा मलेशिया पुगेका शिवसताक्षीका नरबहादुर राई केही समयपछि स्वास्थ्यमा समस्या आएपछि उनी नेपाल फर्किएका थिए । हाल उनको दाहिने पट्टीको […]
कचनकवल । कचनकवल गाउँपालिका नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको स्थानीयले विरोधमा आन्दोलनको घोषणा गरेका छन् । रकम विनियोजन विभेद र स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको विरोधमा स्थानीय युवाहरू र गाउँपालिकाका वडाध्यक्षहरुले ले आन्दोलनको घोषणा गरेका हुन् । वडाहरुले भोलिबाट वडा नम्बर २,४,६ र ७ का वडामा राजस्व नलिने निर्णय […]
विर्तामोड । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि विभिन्न दाताबाट आइतबार सहयोग गरेका छन् । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापित पीसीआर ल्याबका लागि आइतबार दुईलाख ५५ हजार […]
कनकाई । कन्काई नगरपालिकाका आठ जना स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएको छ । कनकाई नगरपालिका दुर्गापुर क्षेत्रका ८ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । कन्काई नगरपालिका वडा नं ३,७ र १ का दुई महिला र छ पुरुष गरि आठ जना स्थानीयमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । […]