Sajhamanch Archive

शिवसताक्षीका ५३ जनाको रिर्पोट नेगेटिभ, २ जनाको रिर्पोट आउन बाँकी

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका ५३ जनाको रिर्पोट नेगेटिभ, २ जनाको रिर्पोट आउन बाँकी.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा पछिल्लो ५३ जनाको कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।जसमा दुई जनाको रिर्पोट आउँन बाँकी रहेको स्वाथ्यकर्मी संजय ठकुरीले जानकारी दिए । कोरोना संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङ ३३ र सतासी प्राविको क्वारेन्टाइन्का २२ गरी ५५ जनाको स्वाव संकलन गरी पठाइएको थियो । सतासी प्राविको क्वारेन्टाइनका २ जनाको रिर्पोट आउन बाँकी रहेको जनाइएको […]

गौरीगञ्जमा छोरा कोरोना जितेर घर फर्किदै गर्दा आमा संक्रमित

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on गौरीगञ्जमा छोरा कोरोना जितेर घर फर्किदै गर्दा आमा संक्रमित.

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा थप एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ वस्ने ५४ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो । गाउँपालिकाले पहिलो चरणमा समुदायस्तरमा ७४ जनाको पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएका मध्ये एक महिलामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य शाखा गौरीगंजका प्रमुख रामचन्द्र मिश्रले […]

सरकार कम्युनिष्टका लागि मात्र भएको कांग्रेस नेता सिटौलाको आरोप

Published: in राजनीति, विविधा by . Leave a Comment on सरकार कम्युनिष्टका लागि मात्र भएको कांग्रेस नेता सिटौलाको आरोप.

भद्रपुर। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार कम्युनिष्ट पार्टीका लागि मात्र भएको बताएका छन् । चन्द्रगढी स्थित डेमोक्रेटिक लयर्स एसोसियसनका प्रतिनिधिहरूसित कुराकानी गर्दै नेता सिटौलाले देश विदेशमा श्रम गर्न खटिएका नेपालीको पीडा सुनुवाई गर्नुको सट्टा सरकार कम्युनिष्ट हो कि होइन खोजिगरेर बसेको आरोप लगाउँदै नेपाली नागरिकको सरकार बन्न नसकेको बताएका हुन् । राष्ट्रिय स्वाधिनताको […]

कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न झापा टेलरिङ व्यवसायी संघको माग

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न झापा टेलरिङ व्यवसायी संघको माग.

बिर्तामोड । झापा टेलरिङ व्यवसायी संघले टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न माग गरेको छ । समुदायमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि टेलरिङ व्यवसायी संघले विर्तामोड उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण पत्र वुझाउँदै टेलरिङ व्यवसायमा आवद्ध कटिङ मास्टरहरुको पीसीआर परिक्षण गर्न माग गरेको हो । झापा टेलरिङ व्यवसायी संघका उपाध्यक्ष श्याम वस्नेत , महासचिव […]

टर्की पालन व्यवसायमा रमाउँदै युवा

Published: in विविधा, समाज, by . Leave a Comment on टर्की पालन व्यवसायमा रमाउँदै युवा.

कमल । नेपालमा कृषि पेशातर्फ युवाहरुको आकर्षण बढ्न थालेको छ । जागिर र व्यवसायमा भन्दा कृषि पेशामा राम्रो आम्दानी हुने देखेर पछिल्लो समय युवाहरुको आकर्षण कृषि पेशा तर्फ बढ्न थालेको हो । यसकै उदाहरण हो झापाको कमल गाउँपालिका वडा नम्वर ३ सानो केर्खामा सञ्चालित भिसोदा कृषि फर्म । नेपाल प्रहरीको जागिर छाडेर जुत्ता चप्पल व्यवसायमा […]

विदेश अध्ययन गर्न जानेलाई ‘नो अब्जेक्सन लेटर’ दिने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विदेश अध्ययन गर्न जानेलाई ‘नो अब्जेक्सन लेटर’ दिने सरकारको निर्णय.

काठमाडौं । सरकारले उच्च शिक्षा अध्ययनका लागि विदेशमा जानेहरुका लागि अध्ययन अनुमति पत्र ९नो अब्जेक्सन लेटर० दिने निर्णय गरेको छ । विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय स्रोतले जानकारी […]

कोरोना महामारीकाबीच पर्यटन मन्त्रालयको ६० प्रतिशत प्रगति

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on कोरोना महामारीकाबीच पर्यटन मन्त्रालयको ६० प्रतिशत प्रगति.

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड–१९ महामारीकाबीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले आज सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ । मन्त्रालयले आब २०७६/०७७ संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा केही महत्वपूर्ण कार्य गरेको छ […]

कनकाईका एक स्थानीयमा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कनकाईका एक स्थानीयमा कोरोना संक्रमण पुष्टि.

कनकाई । झापाको कनकाई नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ देखिएको छ । कनकाई नगरपालिकामा दोस्रो पटक समुदायमा कोरोना देखिएको हो । कनकाई नगरपालिका वडा नं. १ निवासी ४० वर्षीय एक व्याक्तिमा आज कोरोना संक्रमण पुष्टि भएको नगरप्रमुख राजेन्द्र पोखरेलले बताए । उनका अनुसार सक्रमित व्यक्ति कनकाई १ का स्थानीय बासी हुन् । संक्रमित व्यक्तिलाई मेची […]

कमल गाउँपालिकामा थपिए दुई जना कोरोना संक्रमित

Published: (Updated: ) in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा थपिए दुई जना कोरोना संक्रमित.

कमल । झापाको कमल गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण थपिएका छन् । चार दिन अघि संक्रमण देखिएको व्यक्तिको सम्पर्कमा रहेका स्वाव परीक्षणका क्रममा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले संक्रमित व्यक्तिको सम्पर्कमा रहेका २१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाएको थियो । जसमा कमल […]

विर्तामोड नगर भित्र लाग्ने साप्ताहिक हाट बन्द

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोड नगर भित्र लाग्ने साप्ताहिक हाट बन्द.

बिर्तामोड । कोरोना भाइरस संक्रमण समुदायमा देखिएपछि विर्तामोड नगरपालिकाले साप्ताहिक हाडबजार बन्द गर्ने भएको छ । आज बसेको नगर कार्यपालिकका बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि नगर क्षेत्रभित्र लाग्ने सबै साप्ताहिक हाटबजार अर्को सूचना प्रकाशित नहुन्जेल बन्द गर्ने निर्णय गरेको हो । अन्य बजार स्वास्थ्य माप दण्ड पुरा गरेरमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ […]